
विविधताबीच सबैलाई एउटै सुत्रमा बाध्न सहयोग पुर्याउँदै आपसी सद्भावलाई मजबुद पार्ने पर्वका रुपमा दशै–तिहारलाई चित्रण गरिन्छ, नेपाली समाजमा। अरुप्रति समर्पित र सकारात्मक शुभेच्छा प्रकट गर्दै मनाइने यो पर्वको शुरुवाती कथनमा केहि फरकपना देखाइएपनि, यसको सकारात्मक पाटो लिन सक्दा कम महत्वको छैनन्, यी पर्व। घरभन्दा टाढा रहेकाहरू घर फिरेपछि र आफन्तको आउँ–जाऊँले बर्षदिनदेखि नभेटिएकाहरुलाई भेट गराउँदै दशैं हाम्रो घरआगँनबाट बाहिरिएको छ । अधिकांश नेपालीले मनाउँने र हिन्दुहरुको महान पर्व दशैंमा एउटा शब्दावली खुब प्रयोगमा आउँछ – कोशेली...