आफैंले अस्पताल खोलेर राम्रोसँग चलाइरहेका डा. गुप्तबहादुर श्रेष्ठलाई जन्मथलो पूर्वी पहाडी जिल्ला संखुवासभाको बेलाबेलामा याद आईरहन्थ्यो।
संखुवासभाको वानामा २०१७ सालमा जन्मिएका श्रेष्ठले गाउँमै पढे। सानैदेखि पढाइमा अब्बल उनी गाउँमै एसएलसी सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौ भित्रिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट हेल्थ असिष्टेण्टको अध्ययन पूरा गरे। उनी चिकित्साशास्त्र नै अध्ययन गर्न चाहन्थे। केही समय हेल्थ असिष्टेण्टको जागिर गरेर उनले त्रिवि शिक्षण अस्पतालमै चिकित्साशास्त्र अध्ययन गर्न थाले। पढाइ पूरा गरेर केही समयपछि क्लिनिक खोले। 'त्यसलाई प्रवर्द्धन गर्दै जाँदा आजको यो हेल्पिङ ह्याण्ड बनेको हो', सेतोपाटीसँग कुरा गर्दै डा.श्रेष्ठले भने।




