Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, April 29, 2011

राजेश हमालले विहे गर्ने पक्का


एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा, 
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा' 
नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल हिजोआज यही गीत गुनगुनाउन थालेका छन् । जीवन र वैवाहिक सम्बन्धका बारेमा सधैं पृथक् दृष्टिकोण राख्दै आएका यी नायकले स्वर सम्राट नारायण गोपालले गाएको यो गीत गाउनुमा रहस्य लुकेको अनुमान लगाउन कसैलाई गार्‍हो पर्दैन। 'जीवन चलाउन विवाह आवश्यक छैन, तर त्यसो भन्दैमा सबै अविवाहित नै हुनुपर्छ भन्नेचाहिँ होइन, म आफैंले विवाह गर्नैपर्छ भन्ने सोच्दिनँ, तर मेरो विवाहको सम्भावना नै छैन पनि भन्दिनँ' केही समय अघिसम्म यस्तै मान्यता राख्ने नायक हमाल ४८ वर्षको उमेरमा आइपुग्दा भने विवाह गर्ने मनस्थितिमा पुगेका हुन ।

Thursday, April 28, 2011

पार्किङ शुल्क कति हो ??



काठमाडौं उपत्यकामा गाडी र मोटरसाइकल पार्किङ गर्दा तपाईं कति रुपैयाँ तिर्नुहुन्छ ? पाँच १०–२० अथवा त्योभन्दा बढी । तर धेरैलाई निश्चित पार्किङ शुल्क कति हो भन्ने थाहा नभएकै कारण पार्किङ शुल्क मनपरी ढंगले असुली गर्ने प्रवृत्ति मौलाएको छ । आखिर काठमाडौ महानगरपालिकाले तॊकेको खास पार्किङ दर चाहि कति हो त ? 

Tuesday, April 26, 2011

हिरोको भाउ बढ्यो


नेपाली फील्ममा कुनै कलाकारको रेट बढ्न कारण चाहिन्छ । 'फस्टलभ' यस्तो कारण बन्यो जुन सिनेमाको डेढकरोड ग्रसले नै लभरव्वाइ आर्यन सिग्देलको भाउ एकाएक अग्लाइदियो । अपकमिङ प्रोजेक्ट 'काठमाण्डू नाइट'मा थानकोट घर भएका हिरोले आफ्नो पारिश्रमिक ६ लाख तोकिदिए । सो रेटले अब केही समयसम्म निरन्तरता पाउलाजस्तो छ । नत्र निर्मात्री कृषा चौलागाईंलाई नै सोधौं । कृषाको आगामी प्रोजेक्ट 'के तिम्रो साथी बन्न सक्छु'का लागि आर्यनले आइतबार ६ लाख रेटमा साइन गरेका छन् ।

Saturday, April 23, 2011

मेलामा एसीयाकै होची महिला


काठमाण्डौका भृकुटीमण्डपमा जारी घरेलु तथा साना उद्योग महासघंको आयोजनामा भएको औंधोगिक ब्यापार मेलाको स्टल नं. १५० मा अन्य स्टल भन्दा भिन्दै भिड देखिन्छ। किनभने त्यहाँ कुनै समान बेच्न राखिएको छैन। यो स्टलको विचमा त्रिपालले छोपेको छ। सो त्रिपाल भित्र अरु कुनै समान बेच्न नभएर एसीयाकै होची महीलाको रुपमा गिनिज बुकमा नाम लेखाउन तयारी गरिरहकी इश्वरी मायाँ छिनाललाई राखिएको छ। इश्वरीका बाबु धनबहादुरले सबैलाइ जानकारी होस भनि यस्ता महोत्सबहरुमा राखिएको जानकारी दिए। यस अघि पुर्वाञ्चल महोत्सब इटहरी, नेपालगञ्ज,महेनद्रनगर,कैलाली,बनेपा,दोलालघाट, दाङ लगायका ठाउँमा पनि उनलाई राखिएको थियो।

अनुजाको 'पिपली लाइभ' संस्करण

बुधबार अकस्मात् एउटा समाचार आयो- अनुजा बानियाँ नामकी २२ वर्षीया युवतीले बसमा हिराको हारसहित ९१ लाख रुपियाँको पोको भेट्टाइन्। अनि घर लगिन् र जसको हो खोजेर उसैलाई फिर्ता गरिन्। अझ अचम्मको कुरा- ती पैसावालले उनलाई यसरी फिर्तावापत दिएको २ लाख रुपियाँ वा हिराको हार लिन मानिनन् । हावासरी फैलिएको समाचारसँगै उनलाई बधाइ दिनेको भिड नै लाग्यो। हुँदाहुँदा राष्ट्रपति र जागिरको अन्तिम समय बिदास्वरुप मनाइरहेका प्रधान न्यायाधीशसमेतले उनलाई बधाई दिए। राष्ट्रपतिले त आफूलाई भेट्न आउने निम्तोसमेत दिएको उनका सहायकलाई उदृत गर्दै खबर सार्वजनिक भयो। 

Friday, April 22, 2011

कोरीया क्रेज......


म  त अहिले कोरीया भाषाको कक्षा लिनमै ब्यस्त छु यार । राजधानीको बानेश्वरमा भेटीएका दुई युवाहरु विच भएको एक सानो सम्बादको अंश हो यो। यस्ता युवा युवती अहिलेको समयमा पुतलीसडक,बागबजार,नयाँ बानेश्वर,चावहिल लगायत उपत्यकाका हरेक जसो ठाँउ र उपत्यका बाहिरका प्रमुख शहरहरुमा  छ्यास–छ्यास्ती पाइन्छ। काठमाण्डौं लगायत प्रमुख शहरहरुमा यतिखेर बढि नै चर्चाको विषय बनेको छ कोरीयन भाषा। विभीन्न सञ्चार माध्ययमहरुमा पनि कोरीयन भाषाकै चर्चा,चिया पसलमा गयो कोरीयाली भाषा र कोरीया जाने विषयमा नै चर्चा,शहरका विभीन्न भित्ता तिर फर्को जताततै कोरीया नै कोरीया मानौ नेपाल नै कारीयामय भएको छ।

Tuesday, April 19, 2011

खै कहाँ छन् नागरिक अगुवा ?


 बसन्तपुरमा आयोजीत शान्ती र्‍यालीमा सहभागिहरू  तस्विर : नागरिक
सुने जानेको कुरा हो, तानाशाहिले टाउको उठायो, नागरिक स्वतन्त्रता बर्जित भयो भनेर बिभिन्न पेशाकर्मी, सामाजिक अगुवा एक ठाउ“मा भेला भए। नाममा नै निक्कै ठुलो विवाद पछि नागरिक समाजको जन्म भयो र शाहि हुकुमीतन्त्रको बिरुद्ध नागरिक आन्दोलनको घोषणा गरे। आन्दोलनका क्रममा बसन्तपुर डवलीमा एउटा रोमाञ्चक र सनसनीपूर्ण कर्मको मञ्चन भयो। डबली सामु शाहि तानाशाह ज्ञानेन्द्रको श्रीपेच खोसीयो र निजलाई पाता फर्काई पिंजरामा कैद गरियो।