Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, May 30, 2011

नवनायिका विनिता आत्महत्या गर्ने मुडमा...

'विनितालाई आउट गरेकी हुँ'–कृषा 
‘कृषा आफ्नो काममा अनप्रोफेस्नल महिला हो ।’–अन्य चलचित्रकर्मी
पहिलो गाँसमै ढुङ्गा पर्दा खानुपर्ने बाँकि खानाको बारेमा पिरोलिने जोकोही हुन्छ । त्यस्तै पीरमा परेकी छन् मोडल विनिता बराल । दर्जनौं म्यूजिक भिडियो र विज्ञापनहरूमा दरो उपस्थिति जनाएकी विनितालाई निर्मात्री कृषा चौलागाईं र सविर श्रेष्ठले धोका दिएका छन् । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भैसकेपछि विनितालाई यस्तो गरिनु उनीमाथिको ठाडो अन्याय हो ।


‘के म तिम्रो साथी बन्न सक्छु ?’ मा हिरोइनको रुपमा डेब्यू गर्न लागेकी नवनायिका विनितालाई सिनेमा युनिटले नराम्ररी धोका दिएपछि विनिता विक्षिप्त छन् । ‘म आत्महत्या पनि गर्न सक्छु !


Saturday, May 28, 2011

फेरी थपीयो समय

प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेबीच पाँचबुँदे सहमति संविधानसभाको म्याद तीन महिना थपिने भएको छ । माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको केहीबेर अघि सम्पन्न बैठकमा तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधान सभा संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ ।

Friday, May 27, 2011

रेखा थापाको नयाँ जोडी 'निर्मल सेन्चुरी'

नबनायक निर्मल सेन्चुरी र रेखा थापा
समकालिन चल्तीका हिरोहरूले रेखा थापासँग अनस्क्रिन रोमान्स गरे । विराज भट्ट, आर्यन सिग्देल, आयुष रिजाललगायतको सूचि लामो हुनसक्छ ।यो मेसोमा थपिएका छन् –निर्मल सेन्चुरी । जो ‘हिफाजत’स्टार रेखासँगै अपकमिङ एक प्रोजेक्ट ‘आइ लभ यू टु’मा प्रमुख पात्रका रुपमा देखापर्दैछन् । सेन्चुरी फिल्म कम्पनीले निर्माण गर्ने सिनेमामा अभिनेत्री रेखा निर्मलको अपोजिटमा हुनेछिन् । यही सिनेमामार्फत उनले रजतपट डेब्यु गर्दैछन् ।

Thursday, May 26, 2011

शुनिल थापा कांग्रेसी पो भएछन् ।


खुलामञ्चको  कांग्रेसी सभामा शुनीन थापा
राते काइँला उर्फ सुनिल थापा काँग्रेसी बनेको सातदिन भयो । हालैको काँग्रेस आमसभामा यी पाका अभिनेता 'जय नेपाल' उराल्दै थिए । चारतारे झन्डा र काँग्रेसीले भरिएको खुलामन्चबाट यी काइँला माओबादीविरुद्ध धुवाँदार भाषण गर्दै थिए ।अचानक राते काइँला पनि भाषण गर्न मन्चमा पुगेपछि उनी काँग्रेस पसेछन् भन्ने थाहा लाग्यो ।

Tuesday, May 24, 2011

मुन्नी बदनाम होइको गीतले गिनीज रेकड तोड्यो


यस वर्षको सर्वोत्कृष्ट फिल्म बन्न सफल ‘दबङ्ग’ को ‘मुनी बदनाम हुइ’ नामक गितले नयाँ इतिहास रचेको छ । १२ सय भन्दा बढी मानिसहरुले एकैपटक ३ मिनेट लामो उक्त आइटम सङमा नाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमान बनेको हो ।

लोडसेडिङको नयाँ तालीका 'जेठ १० बाट लागुहुने'

नेपाल विद्युत प्राधीकरणाले आज मंगलबार निकालेको नयाँ लोडसेडिङ तालीका

Sunday, May 22, 2011

प्रश्नपत्र आउट भएको ३ विषयको पुन:परिक्षा

उच्च माध्यमिक शिक्षा परिषदले परिक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएको कक्षा १२ का तीन वटा विषयको फेरी जाँच लिने भएको छ। परिषदको आइतबार बसेको बैठकले भौतिक शास्त्र, होटल व्यवस्थापन र कम्प्यूटर विज्ञानको पुनः जाँच लिने निर्णय गरेको हो।