Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, September 30, 2011

अस्वीकार्य कोशेली नल्याऊ

विविधताबीच सबैलाई एउटै सुत्रमा बाध्न सहयोग पुर्‍याउँदै आपसी सद्भावलाई मजबुद पार्ने पर्वका रुपमा दशै–तिहारलाई चित्रण गरिन्छ, नेपाली समाजमा। अरुप्रति समर्पित र सकारात्मक शुभेच्छा प्रकट गर्दै मनाइने यो पर्वको शुरुवाती कथनमा केहि फरकपना देखाइएपनि, यसको सकारात्मक पाटो लिन सक्दा कम महत्वको छैनन्, यी पर्व। घरभन्दा टाढा रहेकाहरू घर फिरेपछि र आफन्तको आउँ–जाऊँले बर्षदिनदेखि नभेटिएकाहरुलाई भेट गराउँदै दशैं हाम्रो घरआगँनबाट बाहिरिएको छ । अधिकांश नेपालीले मनाउँने र हिन्दुहरुको महान पर्व दशैंमा एउटा शब्दावली खुब प्रयोगमा आउँछ – कोशेली।

टीकाको शुभ साइत असोज १९ गते बिहान १०: ३५ बजे

यस वर्षको विजयादशमीको टीकाको शुभ साइत असोज १९ गते बिहान १०: ३५ बजे रहेको छ। विजया दशमीको दिन बिहान ९:४५ बजे देवी विसर्जन गर्ने साइत जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विजया दशमीको टीकाको साइत १०:३५ बजे भए पनि उक्त दिन दिनभरि नै टीका प्रसाद लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव ज्योतिष सूर्यप्रसाद ढुङ्गेल बताउनुभयो । यसैगरी असोज १६ गते फूलपातीका दिन बिहान ९: २७ बजे तुलजा भवानीको यात्राको साइत रहेको छ ।

Tuesday, September 27, 2011

नेपालको जनसंख्या २ करोड ६६ लाख

  • पुरुषभन्दा महिला ७ लाख बढी, विदेशमा १९ लाख
  • विदेश जानेको सङ्ख्यामा वृद्धि
  • घट्दो वृदीदर
  • १० वर्षमा १४ लाख परिवार थपिए ।
  • कुल जनसंख्याको आधा तराइमै 

केन्द्रीय तथ्यांक विभाग-


केन्द्रीय तथ्यांक विभागले ललितपुरमा गरिएको एक कार्यक्रममार्फत राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतीजा प्रकाशित गरेको छ । उक्त नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी देखिन्छ । यसरी दश वर्षमा नेपालको जनसङ्ख्या १४.९९ प्रतिशत बढेको देखिन्छ । विगत दश वर्षको सरदर बार्षिक वृद्धिदर १.४० प्रतिशत देखिन्छ । वि.सं. २०४८ देखि २०५८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो ।

Sunday, September 25, 2011

Buddha Air crash near Kathmandu kills all 19 aboard

तस्विर सौजन्य : नागरिकन्यूजडटकम
बुद्ध एयरको बीचक्राफ्ट विमान ललितपुरको कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु भएको छ । माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्ध एयरको नाइन एन-एइके कलसाइनको १९०० डी विमान विशंखुनारायण र लामाटार गाविसको बीचमा पर्ने कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको हो । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनलाई स्थानियवासी र प्रहरीको टोलीले जिबितै उद्धार गरि बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

Sunday, September 18, 2011

९० साल यताकै शक्तिशाली भुकम्प, ६ को मृत्यु

आइतबार साँझ देशका विभिन्न स्थानमा गएको शक्तिशाली भूकम्पमा परि काठमाडौंमा ३, सुनसरीको धरानमा दुई र ताप्लेजुङमा एक गरि ६ जनाको मृत्यु भएको छ । साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूगर्भ तथा खानी विभागले जनाएको छ ।

Saturday, September 17, 2011

Charles Shobraj’s wife Nihita Biswas in Bigg Boss 5

Charles Shobhraj nicknamed the bikini killer was ordered a life imprisonment sentence by the Supreme Court of Nepal.And now, a year later, his 22-year-old wife Nihita Biswas is all set to take her first step towards stardom. Thanks to the reality television show Bigg Boss 5. Nihita has already confirmed her presence on the show known for its controversial content and will be arriving in India by the end of September. The show goes on air in October.

Thursday, September 15, 2011

डा. बाबुराम भट्टराई

गणतन्त्र नेपालका ३५ औं प्रधानमन्त्री
डा. बाबुराम भट्टराई संघीय गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुनुहुन्छ । २०६८ साल भदौ ११ गते ब्यबस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि उहाँ मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । एकीकृत नेकपा माओवादीका उपाध्यक्षसमेत रहनुभएका भट्टराई यसअघि २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठितसरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । क्षेत्रीय बिकाशमा बिद्याबारिधि गरेका र इतिहासकै सफल अर्थमन्त्रीका रुपमा दरिएका भट्टराईबाट धेरैले नयाँ नेपालको रेखा कोरिने आशा गरेका छन् ।