Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, July 7, 2015

किन हुन्छ स्कूटर दुर्घटना?

टाउकोदेखि कुर्कुच्चासम्मको पहिरन संहिता चाहियो !

२०६७ मा चाबहिलमा ट्रकले ठक्कर दिँदा बौद्धकी रशु शाक्य दुवै खुट्टा गुमाइन्। 

अघिल्लो वर्षको चैतमा राजधानीकै व्यस्त सडक मध्येको एक गल्कोपाखामा स्कुटर दुर्घटनामा नेपालकै चर्चित गायिका मञ्जु महतको मृत्यु भयो।
घटना हुन्छन्। घटना घट्नासाथ हाम्रा सामाजिक सञ्जालहरू यसरी सक्रिय हुन्छन् कि हामी पत्रकारले पनि घटना विवरण सामाजिक सञ्जालबाट पाएका हुन्छौं।

डा.गुप्तबहादुर श्रेष्ठ, दीन दुःखीका जीवनदाता

आफैंले अस्पताल खोलेर राम्रोसँग चलाइरहेका डा. गुप्तबहादुर श्रेष्ठलाई जन्मथलो पूर्वी पहाडी जिल्ला संखुवासभाको बेलाबेलामा याद आईरहन्थ्यो।
संखुवासभाको वानामा २०१७ सालमा जन्मिएका श्रेष्ठले गाउँमै पढे। सानैदेखि पढाइमा अब्बल उनी गाउँमै एसएलसी सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौ भित्रिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट हेल्थ असिष्टेण्टको अध्ययन पूरा गरे। उनी चिकित्साशास्त्र नै अध्ययन गर्न चाहन्थे। केही समय हेल्थ असिष्टेण्टको जागिर गरेर उनले त्रिवि शिक्षण अस्पतालमै चिकित्साशास्त्र अध्ययन गर्न थाले। पढाइ पूरा गरेर केही समयपछि क्लिनिक खोले। 'त्यसलाई प्रवर्द्धन गर्दै जाँदा आजको यो हेल्पिङ ह्याण्ड बनेको  हो', सेतोपाटीसँग कुरा गर्दै डा.श्रेष्ठले भने।

Friday, July 3, 2015

हाम्रो राजनीति, हाम्रो अदालतःअमित ढकाल


सर्वोच्च अदालतले संविधान निर्माण प्रक्रिया सम्बन्धी आदेश दिएको आज दुई साता पुरा भयो। न सरकारले सर्वोच्वको आदेश मानेको छ, न आदेश पुनरावलोकनका लागि अहिलेसम्म निवेदन नै दिएको छ।
अदालतको अन्तरिम आदेश आएको बेला अरू नै विषयमा बालुवाटारमै छलफल गर्दै गरेका दलले एउटा वक्तव्य निकाले। बक्तव्यको सार थियो-‘अदालतले आफ्नो दायरा नाघ्यो, शक्ति पृथकीकरणको सिद्धान्त लत्यायो, संविधान लेख्न प्रक्रिया रोकिन्न अघि बढ्छ।’ 

त्यो पुरा वक्तव्यमा अदालतप्रति सम्मान जनाउने कुनै शब्द परेका छैनन्। संविधान लेखन प्रक्रिया रोकिन्न, अघि बढ्छ भनेर बक्तव्य लेखिँदा, हामी पुनरावलोकन माग गर्छौ भन्ने लेखिनु जरूरी हुन्थ्यो। त्यसले थोरै भए पनि अदालतको आदेश लत्याएको मानिन्न थियो।

Monday, March 24, 2014

क्रिकेटमा बिना उपलब्धिको यो कस्तो उल्लास?

भावनामा कुनै पनि खेल खेलिन्न। तर, स्पर्धा गर्दाचाहिँ खेलभावना विपरीत जान पाईंदैन।

खेलको नियम नै यही हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले ट्वेन्टी ट्वेन्टी विश्वकपमा गरेको प्रदर्शनलाई लिएर अहिले नेपालीजन पनि भावनामा बग्ने काम भइरहेको छ। क्रिकेटमा हामीले सधैंलाई पुग्ने उपलब्धि बंगलादेशमा हासिल गर्‍यौं भनेजस्तो भान भएको छ सबैमा।

Sunday, March 9, 2014

रमेश खरेलले भने, ‘ढुंगा हानेर अराजकता मच्चाउँदैमा बिहान तीन बजे पेस्तोलसहित भेटिएकालाई म छाड्दिन’

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले कसैले ढुंगामुढा गरेर अराजकता मच्चाउँदैमा वा कसैको दबाबमा आएर गैरकानुनी हातहतियारसहित पक्राउ परेका नेविसंघका नेताहरुलाई नछाड्ने बताएका छन्।

Thursday, October 20, 2011

Qaddafi Is Dead, Libyan Officials Say

Al Jazeera television showed gruesome footage of what it said was Colonel Qaddafi, alive but wounded and bloody, being dragged around by armed men in Surt. The television also broadcast a separate clip of his half-naked corpse, with lifeless open eyes and an apparent gunshot wound to the side of the head, as jubilant fighters fired automatic weapons in the air.

Wednesday, October 19, 2011

नेपाल ९ स्थान तल झर्‍यो

गत साता फीलीपीन्समा भएको मैत्रीपूर्ण फुटबलमा आयोजक फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाली टोली विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनीक गरेको वरियतामा  ९ स्थान तल झरेको छ। नेपाल १३५औं स्थानबाट १४४औं स्थानमा झरेको छ। एसीयाली देशहरुमा २३ औं स्थानमा भएको नेपाल दक्षिण एसीयाली मुलुकमा दोश्रो स्थानमा छ। नेपालको १ सय ७६ अंक छ।