दीन–दीनै फेर्यो प्राधीकरणले समय तालीका
दिनको १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको काठमाडौंमा झण्डै एकहप्तासम्म बत्ती नै गएन । बत्ती नहुँदा आजित भएकालाई बत्ती आईरहँदा समेत कता कता के नमिलेको जस्तो अनुभव भयो ।लोडसेडिङको तालिका हेरेर काम गर्ने बानी भएकालाई पटक्कै लोडसेडिङ नहुँदा नौलो लाग्नु स्वभाविक नै थियो । माग अनुसार बिजली पुर्याउन सकिएन भन्ने प्राधिकरणले हप्ता दिनभरी चाहिं कसरी पुरै समय बत्ती दिन सक्यो त ? प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख चिरञ्जीवि शर्मा भन्छन् -’नदीमा पानीको बहाब बढ्यो, पोखरा लगायतका ठाउँमा बिद्युत्त अवरोध हुँदा त्यता दिने बिजुली यतै गाभ्यौं ।’
लोडसेडिङ बढेको तालिका जहिले पनि गोरखापत्रको भित्री पेजमा आउँथ्यो । तर घटेको सूचना चाहिं लगातार गोरखापत्रको पहिलो पेजमा आयो । केही अवधि भएपनि लोडसेडिङ घटेको सुखद जानकारी उपभोक्तालाई दिन यस्तो काईदा गरिएको प्राधिकरणको भनाई छ । प्राधिकरणले सर्वसाधारण ग्राहकलाई लोडसेडिङबाट थप राहत पुर्याउने उदेश्यले लोडसेडिङको अवधि कम गरिएको उल्लेख गरेको छ ।
लोड सेडिङ घटाउन के गर्ने ?
दिनको १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको काठमाडौंमा झण्डै एकहप्तासम्म बत्ती नै गएन । बत्ती नहुँदा आजित भएकालाई बत्ती आईरहँदा समेत कता कता के नमिलेको जस्तो अनुभव भयो ।लोडसेडिङको तालिका हेरेर काम गर्ने बानी भएकालाई पटक्कै लोडसेडिङ नहुँदा नौलो लाग्नु स्वभाविक नै थियो । माग अनुसार बिजली पुर्याउन सकिएन भन्ने प्राधिकरणले हप्ता दिनभरी चाहिं कसरी पुरै समय बत्ती दिन सक्यो त ? प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख चिरञ्जीवि शर्मा भन्छन् -’नदीमा पानीको बहाब बढ्यो, पोखरा लगायतका ठाउँमा बिद्युत्त अवरोध हुँदा त्यता दिने बिजुली यतै गाभ्यौं ।’
पटकपटक फेरिने लोडसेडिङको तालिका भित्ता र टेबलमा टाँस्दाटाँस्दा उपभोक्ता हैरान भएका छन् । पहिले एकपटक सार्वजनिक भएको तालिका कम्तीमा पनि हप्तादिनसम्म कायम रहन्थ्यो । तर यसपटक अचम्मै भएको छ । केही दिनसम्म लगातार बत्ती आईरहेको बेला शुक्रबारदेखि फेरि लोडसेडिङ शुरु भएको छ । तर पहिलेजस्तो १४ घण्टा होईन । हप्तामा चार दिन ११ घण्टा र तीन दिन १२ घण्टाको दरले लोडसेडिङ हुने गरी बिहीबार प्राधिकरणले तालिका सार्वजनिक गर्यो । तर यो नयाँ तालिका दुई दिनलाई मात्र रहेछ । शुक्रबार फेरि अर्को तालिका सार्वजनिक गर्दै प्राधिकरणले आईतबारदेखि लोडसेडिङको अवधि घट्ने जनाएको छ ।
नयाँ तालिका अनुसार आईतबारदेखि हप्तामा तीन दिन १० घण्टा, तीन दिन साढे ११ घण्टा र एक दिन ९ घण्टाको दरले लोडसेडिङ हुनेछ । झण्डै एक हप्ता लोडसेडिङ नै गर्न नपर्ने, दुई दिनको लागि फेरि बढाउनुपर्ने, अनि फेरि घटाउनुपर्ने यस्तो किन त ? भार प्रेषण केन्द्रका प्रमुख शर्माको जवाफ छ -’वर्षाले नदीमा पानीको बहाब बढेपछि उत्पादन घट्यो र लोडसेडिङ कम भयो । पानी पर्न कम भयो, लोडसेडिङ कायम गर्नुपर्यो । फेरि अध्ययन गर्दै जाँदा घटाउन सकिने स्थिति देखियो, त्यही अनुसार तालिका आयो ।’ अध्ययन र विश्लेषणको आधारमा फेरि पनि तालिका परिवर्तन हुन सक्ने उहाँको भनाई छ ।
लोडसेडिङ बढेको तालिका जहिले पनि गोरखापत्रको भित्री पेजमा आउँथ्यो । तर घटेको सूचना चाहिं लगातार गोरखापत्रको पहिलो पेजमा आयो । केही अवधि भएपनि लोडसेडिङ घटेको सुखद जानकारी उपभोक्तालाई दिन यस्तो काईदा गरिएको प्राधिकरणको भनाई छ । प्राधिकरणले सर्वसाधारण ग्राहकलाई लोडसेडिङबाट थप राहत पुर्याउने उदेश्यले लोडसेडिङको अवधि कम गरिएको उल्लेख गरेको छ ।
लोड सेडिङ घटाउन के गर्ने ?
लोड सेडिङ घटाउन पहिला चुहावट रोक्नु पर्छ
हे भगवान यो लोड सेडिङ्गको समस्याबाट कहिले मुक्ति पाईएला ? भन्ने भनाई कहिले कसैको मुखबाट सुन्न नपाए कस्तो हु न्थ्यो होला ।
जलस्रोतको दोश्रो धनी मानिएको हाम्रो देश नेपाल अनि सधैं यहि कुरालाई गर्व गर्दै बस्ने हामी नेपाली। कहि कतै कत्ति पनि नलजाई भन्छौ अथाहा जल श्रोतको देश, हिमाल पहाड अनि तराई गासिएको हाम्रो देश नेपाल। हामीलाई थाहा छैन जलश्रोतको देश भन्न विदेशीहरु सामु कत्तिको लजाउनु पर्छ भनेर अनि शिर ठाडो पारेर भन्छौ लडाई नै नगरेको पहलमानले बलको तुजुक देखाए झैं। कहाँ कस्को के कमजोरी भइरहेको छ कसैले देखाउन सकेको छैनौं।
यत्तिका जलश्रोत भएको देशमा न खानेपानी पर्याप्त उपभोग गर्न पाईएको छ न सिचाईमा त न विद्युत उत्पादनमा नै छ कतै पनि सदुपयोग गर्न नसकिने जल प्रशस्त छ भनेर नाक फुलाउनु त वेकार होईन र ?
सुविधा पाएर पनि अझै दुविधामा रहेका हामी नेपाली मध्ये कतिपयको त विजुली घर आँगनमा विजुली पुगेको नै छैन । न त पुग्नेहरुले बिना लोड सेडिङ विजुली उपभोग गर्न पाएका छन्। नियम बनाउने र मिच्नेहरु दुधको साक्षी बिरालो झैं हुन्छन् कसरी हुन्छ विकास अनि निर्माणको कामहरु। अरुको देखासिखि गर्न चतुर हामी नेपालीको बुद्धिनै नभएको हो कि जस्तो लाग्न थालिसक्यो अब ।
बुद्धि भएको भए विदेशीहरुले आफ्नो देशलाई बिकाश गरेर कहाँबाट कहाँ पुर्याइ सके तर हामी नेपाली राम्रो कुराहरुको सिको गर्न छाडेर विकृति र विसंगतिको सिको गर्दै दौडीरहेका छौं।
विद्युत चुहावट नेपाल विद्युत प्राधिकरणको ठुलो समस्याको रुपमा खडा भईरहेको छ। न त प्राधिकरण जोड तोडका साथ चुहावटको विरुद्द लागेको छ न रोक्ने उपाएनै खोजिरहेको छ न कुनै पार्टीको सरकारले यो विषयमा आवाज उठाउने जमर्कै गरेको छ। लुटेको र चोरेको धनको कसलाई माया हुन्छ र जति खर्च गरे पनि मतलब हुँदैन।
सित्तैमा पाए अलकत्रा खाई पचाउने मानिशहरु पनि बास गर्ने गरेको यो देशमा चोरेर बत्ति बाल्न पाए कसले बाल्दैन र जस्ले जति विजुली खपत रोकौ सि.एफ.एल. प्रयोग गरौं भने पनि ती आवाजहरु नेपत्थ्यमा मात्र सुनिन्छन्। एक कानले सुने पनि अर्को कानबाट बाहिर निस्कि सक्छ। भनिन्छ नि निदाएको मानिसलाई मात्र विउझाउन सजिलो हुन्छ जो निदाएको नाटक गरेर सुतेको छ उसलाई विउझाउन सजिलो हुँदैन।
सबैलाई थाहा छ विजुली खपत कम गरे महसुल देखि उर्जा समेत बचत हुन्छ भनेर तर चोरेर बत्ति बाल्नेहरुलाई के को बचतको मतलब होस् सक्दो उपयोग गर्छन् पैसा परेको हो र बचत गर्न। हुन त पैसा नै परे पनि कतिपय २ नम्वरी काम गरेर कमाउनेलाई त खर्चको मतलब भएन तर धेरै कम भने हुने थियो।
देशमा वर्षेनी बेराजगारीको संख्या बढिरहेको छ। दिनै पिच्छे युवाहरु विदेश पलायन भै राखेका छन्। सरकार तथा विद्युत प्राधिकरणले आजका युवाको शक्तिलाई चिनेर चुहावट रोक्ने तर्फ मात्र लागे पनि लोडसेडिङ धेरै हदसम्म कम हुने थियो। सत्तामा जुन सरकार आए पनि लोडसेडिङ्ग नियन्त्रण प्रमुख समस्या भन्छन् तर कुर्सी र सत्ताको मोहमा अल्झी रहन्छन्।
चुहावट रोक्नै नसकिने भने होइन त्यस तर्फ ध्यान नदिएर नै नरोकिएको हो। प्राधिकरणको कतिपय कर्मचारी र त्यस्तै ग्राहक मिलेर देशलाई अन्धकार तर्फ धकेल्दैछन्। कतिपय कर्मचारी नातावाद, कृपावाद र भ्रष्टाचार भनेको मुलतन्त्र हो कहिले भुल्नु हुँदैन भनिलाग्ने र त्यस्तै सोचका जनताहरुले सित्तैमा बत्ति बाल्दै जाने हो भने मुलुक अन्धकारमय हुन धेरै समय लाग्दैन।
त्यसैले अव आजको युवाको शक्तिलाई पहिचान गरेर त्यसको सहि प्रयोग प्राधिकरणले पनि गर्नु जरुरी छ। घर घरको मिटर बक्सलाई पारदर्शी अनि सुरक्षित हुने गरी घर बाहिर राख्ने व्यवस्था गर्नु पर्छ। नियमित चेकजाँच गरिरहनुको साथै छड्के चेकिङ्ग धेरै भन्दा धेरै गर्नु पर्छ। दण्ड जरिवाना सम्बन्धी कुराहरु सञ्चार माध्यमबाट बारम्बार जनतासामु ल्याउनु पर्छ।
विद्युत चोर्नेले पनि मानव भएर मानव कै व्यवहार गर्नु पर्छ। आफ्नो केही स्वार्थले सारा नेपालीलाई मारमा पार्ने काम गर्नु हुँदैन।
युवाले गरे के हुँदैन, प्राधिकरणको लाईन वितरण प्रणालीलाई परिवर्तन गरेर स्थानीय स्तरबाट पनि विद्युत वितरण प्रक्रिया गर्ने हो र त्यसको जिम्मा स्थानीय युवालाई सुम्पिने हो भने त कुन ठाउँमा कति विजुली बितरण भयो, मिटरमा कति उठ्यो भन्ने प्रष्ट थाहा हुँदैन र अनि त कुन इलाकामा चुहावट हुँदोरहेछ थाहा हुनुको साथै चुहावट नियन्ञण पनि त ती युवाजगतले गर्ने भए। मिटर रिडिङ देखि लाईन काट्ने सम्मको अधिकार दिएर स्थानीयलाई परिचालन गराउन अनि त विद्युत चुहावट मुक्त देश नेपाल हुन के गार्हो छ र ?
भएका संरचनाको उचित सम्बर्धन स्याहार, नयाँ निर्माणलाई प्राथमिकता अनि चुहावट नियन्त्रण यति काम गर्न सके विद्युत प्राधिकरण र सरकार पनि यत्तिको लज्जीत हुनु पर्दैनथ्यो र नेपाल जलश्रोतको दाश्रो धनी देश भनी निर्धक्क भन्न सकिन्थ्यो।
0 comments:
Post a Comment