वैशाख १० गते प्रहरीले सुन्धारास्थित बेबिलोन डिस्कोबाट ५३ जना किशोरकिशोरीलाई पक्राउ गर्यो।०६६ चैतको पहिलो साता बेबिलोनबाटै रक्सी, चुरोट र लागू पदार्थको नशामा आपत्तिजनक अवस्थामा ३ सयको हाराहारीमा समातिए। उनीहरूका कारण प्लस टु पुस्तासँग जोडिएको एउटा पाटो उदांगियो।
Tuesday, June 28, 2011
Friday, June 24, 2011
क्याम्पसमा तीन एम (3M) प्रतिबन्ध
"मेरो मिनिस्कर्ट त क्या हेरो नि केटाहरुले के म आज साँच्चै सेक्सी देखिएकी छु ?"
पढ्नको लागि बाबुआमाले पैसा दिएर क्याम्पस पठाएका युवायुवतीहरु यसरी फेशन र प्रेमको चक्करमा लाग्न थालेपछि यौन विकृती र अपराधका घटनाहरु साँच्चै बढ्दै गइरहेका छन् । साथीले जे गर्यो, त्यही गर्नुपर्ने र जस्तो सामान चलायो, त्यस्तै नबोके सानो भइने मानसिकताका कारण युवाहरु आपराधिक काममा संलग्न भएरै पनि आफ्नो शौख पुरा गर्ने ध्याउन्नमा हुन्छन् ।
Friday, June 17, 2011
पर्शुराम बस्नेतलेनै मलाई मार्न पठाएको हो
![]() |
| घाइते पत्रकार खिलानाथ ढकाल- |
त्यस रात आक्रमणकारीको हातबाट फुत्किन नसकेको भए यसरी नागरिकमा झुल्किने अवसर सम्भवतः पाउने थिइन। मार्नै लागेका बखत निकालेको एउटा जुक्तिले मैले नयाँ जीवन पाएको छु। मध्यरातमा नेकपा (एमाले) को युथफोर्स कार्यकर्ताबाट पिटिँदा लागेका घाउमा खाटा बस्न थालेको छ। नोबेल मेडिकल अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न बसेको करिब दुई साता पुग्न लागेछ। नाकको शल्यक्रिया सकिएपछि अलि सजिलो लागेको थियो। गाँस टिप्न थालेको एक दिन भयो।
Sunday, June 12, 2011
पेट्रोलको भाउ बढ्यो, लिटरको १०२
आयल निगमले आइतबार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ भाउ बढाएको छ। अब उपभोक्ताले एक लिटर पेट्रोललाई १ सय २ रुपैयाँ तिर्नुपर्छ।निगमले पेट्रोलको मूल्य वृद्धिपछि पनि आफ्नो मासिक घाटा खासै कम नभएको भन्दै नियमित आपूर्तिका लागि सरकारसँग डेढ अर्ब रुपैयाँ मागेको छ। पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हो। तीन वर्षअघि प्रतिलिटर सय रुपैयाँसम्म पुगेको थियो। अन्य पेट्रोलियम पदार्थको भाउमा भने कुनै परिवर्तन गरिएको छैन।
Monday, June 6, 2011
नहेरेमा पाप लाग्ला
मूलधारको भनिने नेपाली फिल्ममा के-के हुन्छन् ? बासी प्रेमकथा, मारकाट अनि गाना-बजाना । शुक्रबारदेखि राजधानीका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको 'छोडी गए पाप लाग्ला'ले भने यही फर्मुलाभित्र केही नयाँ गर्ने कोसिस गरेको छ । कथावस्तु, अभिनय र गीतदेखि प्रस्तुतिसम्मले दर्शकलाई दुई घन्टा १५ मिनेटसम्म हलभित्र बाँधिराख्ने क्षमता सक्छ । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट फिल्मसहित सात विधामा र नेफ्टा अवार्डमा पाँच विधामा पुरस्कृत 'छोडी गए पाप लाग्ला' मोफसलपछि राजधानी पसेको हो ।
Saturday, June 4, 2011
माइकल लर्नस टु रक नेपाल आउने
विश्वविख्यात डेनिस रक ब्याण्ड माइकल लर्नस् टु रकले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । गतबर्ष ब्रायन एडम्सलाई काठमाडौंको दशरथ रंगशालामा कन्सर्ट गराउने ओडिसी नेटवर्कले नै सो व्याण्डलाई नेपाल निम्त्याएको हो । ओडिसीका सिमान्त गुरुङ्ले आगामी अक्टुबर वा नोभेम्बरमा व्याण्डले काठमाडौंमा कन्सर्ट गर्ने जनाएका छन् ।
Monday, May 30, 2011
नवनायिका विनिता आत्महत्या गर्ने मुडमा...
'विनितालाई आउट गरेकी हुँ'–कृषा
‘कृषा आफ्नो काममा अनप्रोफेस्नल महिला हो ।’–अन्य चलचित्रकर्मी
पहिलो गाँसमै ढुङ्गा पर्दा खानुपर्ने बाँकि खानाको बारेमा पिरोलिने जोकोही हुन्छ । त्यस्तै पीरमा परेकी छन् मोडल विनिता बराल । दर्जनौं म्यूजिक भिडियो र विज्ञापनहरूमा दरो उपस्थिति जनाएकी विनितालाई निर्मात्री कृषा चौलागाईं र सविर श्रेष्ठले धोका दिएका छन् । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भैसकेपछि विनितालाई यस्तो गरिनु उनीमाथिको ठाडो अन्याय हो ।
‘कृषा आफ्नो काममा अनप्रोफेस्नल महिला हो ।’–अन्य चलचित्रकर्मी
पहिलो गाँसमै ढुङ्गा पर्दा खानुपर्ने बाँकि खानाको बारेमा पिरोलिने जोकोही हुन्छ । त्यस्तै पीरमा परेकी छन् मोडल विनिता बराल । दर्जनौं म्यूजिक भिडियो र विज्ञापनहरूमा दरो उपस्थिति जनाएकी विनितालाई निर्मात्री कृषा चौलागाईं र सविर श्रेष्ठले धोका दिएका छन् । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भैसकेपछि विनितालाई यस्तो गरिनु उनीमाथिको ठाडो अन्याय हो ।
‘के म तिम्रो साथी बन्न सक्छु ?’ मा हिरोइनको रुपमा डेब्यू गर्न लागेकी नवनायिका विनितालाई सिनेमा युनिटले नराम्ररी धोका दिएपछि विनिता विक्षिप्त छन् । ‘म आत्महत्या पनि गर्न सक्छु !





