एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा'
नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल हिजोआज यही गीत गुनगुनाउन थालेका छन् । जीवन र वैवाहिक सम्बन्धका बारेमा सधैं पृथक् दृष्टिकोण राख्दै आएका यी नायकले स्वर सम्राट नारायण गोपालले गाएको यो गीत गाउनुमा रहस्य लुकेको अनुमान लगाउन कसैलाई गार्हो पर्दैन। 'जीवन चलाउन विवाह आवश्यक छैन, तर त्यसो भन्दैमा सबै अविवाहित नै हुनुपर्छ भन्नेचाहिँ होइन, म आफैंले विवाह गर्नैपर्छ भन्ने सोच्दिनँ, तर मेरो विवाहको सम्भावना नै छैन पनि भन्दिनँ' केही समय अघिसम्म यस्तै मान्यता राख्ने नायक हमाल ४८ वर्षको उमेरमा आइपुग्दा भने विवाह गर्ने मनस्थितिमा पुगेका हुन ।