Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 5, 2011

युवायुवतीबिच लोकप्रिय हुंदै 'साइबर­लभ' ।

On : 10:07 AM
In :

Add caption
पछिल्लो समयमा नेपालले सूचना­प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेकोछ। फलस्वरुप अधिकांस युवायुवती आफ्नै घरमा वा कुनै साइबर क्याफेभित्र छिरेर कम्प्युटरको माउसमा औंला चलाउँदै देशी विदेशी प्रेमी­प्रेमीकाको खोजी गरी आफ्नो प्रेम व्यक्त गर्न थालेका एक अनुसन्धानले देखाएको छ। धेरै युवायुवतीहरु इन्टरनेटलाई नै प्रेमी­प्रेमीका खोज्ने दरिलो माध्यम बनाउन पल्किसकेका छन्। प्रेमी­प्रमिका खोज्न सकिने प्रशस्त वेबसाइटहरुको संख्या हुनाले पनि अहिलेको युवा पुस्ता यसतर्फ आकर्षित भएका छन्। 


                फेसबुक तथा ट्युटर जस्ता सामाजीक सञ्जालमा आ­आफ्ना तस्वीर राख्ने तथा एनिमेसन गरिएका  विभिन्न इकार्ड र प्रेम सन्देश पठाउन पनि जाँगरिलो देखिन्छन्, नेपाली युवायुवती।कुनै बेला इन्टरनेटको यो काम मान्छेले आफैं गर्नुपर्थ्यो। आफ्नो अव्यक्त प्रेम साथी वा कोही आफन्तमार्फ व्यक्त गर्नुपर्थ्यो। तर अहिले प्रेम व्यक्त गर्ने सहरी युवायुवतीहरुको शैलीमा निकै परिवर्तन आएको छ। ती युवायुवतीहरुबिच इन्टरनेटमार्फत मित्रता गराउने उद्देश्यका साथ अहिले प्रशस्तै वेबसाइटहरु खोलिएका छन्। जसले गर्दा कुनै वेबसाइटहरुमा प्रवेश गरेर आफ्नो इच्छानुसार स्वजातिय,विजातिय अथवा स्वदेशीरविदेशी प्रेमी खोज्न सकिन्छ। अहिले प्रेम व्यक्त गर्ने माध्यमहरुको विकास मात्र भएको छैन, वैज्ञानिक संयन्त्र तथा तुलनात्मक रुपमा विगतको भन्दा उदार सामाजिक वातावरणको विकास पनि उक्तिकै उत्साहजनक छ।आजभोलि धेरै युवायुवती फुर्सदको समयमा होस या काम छोडेर नै भएपनि 'च्याट'मा व्यस्त देखिन्छन्। आफ्नो विचार आदानप्रदान गर्न र सस्तो दरमा घन्टौं कुराकानी गर्न यो माध्यम सुचना तथा संचारको सबैभन्दा लोकप्रिय माध्यम भएको छ।

युवायुवतीहरुलाई नै लक्षित गरेर राजधानीभित्र मात्र सयौं 'साइबर क्याफे' खुलिसकेका छन्। ती 'साइबर क्याफे'का अधिकांश ग्राहक टिनएजर नै रहने गरेको क्याफे सञ्चालकहरु बताउँछन्। सूचना सञ्चारको लोकप्रिय माध्यम च्याटले युवायुवतीबिच प्रेम तथा नयाँ सम्बन्ध स्थापित गराउन पनि उत्तीकै ठूलो भूमिका खेलेको देखिन्छ। कतिपय वेबसाइटहरुले त च्याटिङ गरिने 'च्याटरुम' नै राखेका छन्। यस्ता च्याटरुमभित्र परिचित, कम परिचित र अपरिचित नामहरु धेरै हुन्छन्। आफूलाई मन परेको कसैसँग च्याट गर्दा पहिलो आपसी परीचयको साथ साधारण वार्तालाप हुन्छ। अर्को दिन फेरि त्यहीं समयमा अनलाइन भेट हुने बाचासाथ छुट्टीन्छन्। यो बढ्दै गएपछि च्याटिङ गर्ने ती दुई कतै भेट्छन् र अन्त्यमा गएर एउटा असल मित्र वा प्रेमीप्रेमीकामा परिणत हुन पुग्छन्। यस्ता घटनाहरु केही वर्षअघिसम्म विदेशतिर मात्र सुनिन्थें भने अब हाम्रो मुलुकमै पनि यो चलन भित्रिसकेको छ। 

युवायुवतीबिच लोकप्रिय हुंदै गएको 'साइबर­लभ' अचेल नेपाली समाज सुहाउँदो समेत हुन थालेको छ। कतिपय युवायुवतीहरु आफ्नो घरमा कम्प्युटर र इन्टरनेटको सुविधा हुँदाहुँदै पनि साइबर क्याफे धाइरहेका हुन्छन्। घरमा अभिभावकको आँखा आफूले च्याट गरिरहेका केटा वा केटीमाथि पर्ने भएकाले उनीहरु साइबर क्याफेसम्म पुग्छन्। बानेश्वरका का शुरेश दहालका अनुसार इन्टरनेट लोकप्रिय हुनु प्रेमप्रति मानिसको बढ्दो आकर्षण हो। पहिले पहिलेका च्याट इन्जिनहरुभन्दा अहिले उपलब्ध च्याट मेसिनबाट कुनै पनि फाइल, तस्वीर, भिडियो क्लिप तुरुन्तै पठाउन सकिन्छ। युवायुवतीहरुबीच अहिलेसम्म एमएसएन म्यासेन्जर तथा याहु म्यासेन्जर लोकप्रिय छन्।

0 comments:

Post a Comment