![]() |
आफ्ना खेलाडिलाई हौसाईरहेका कोरीयाली समर्थक |
खेल अत्यान्त रोचक भइरहेको थियो दुबै टोलीले आफ्नो तर्फबाट भरपुर प्रयास जारी रहेको थियो।उत्तर कोरीयाली टोली सन् २०१२ मा हुने एएफसी च्यालेन्ज कपको छनौट चरणको खेल खेल्न नेपाल आएको हो।यो टोलीले २०१० अफ्रीका विश्वकप पनि खेलीसकेको छ। उत्तर कोरीयालाई नेपाली युवा खेलाडिले पुरा दबाबमा राखेका थिए। मैदानमा नेपाली खेलाडिहरु २१ हजारको हाराहारीमा उपस्थित घरेलु दर्शकको भरपुर साथ पाएको थिए। पुरा खेलभर प्रभावशाली प्रदर्शन गरेको नेपाली टोलीका लागि शनिबार एउटै गल्ती ऐतिहासिक सफलताबाट वञ्चित गराउन पर्याप्त रह्यो। गोलकिपर किरणचेम्जोङ र रक्षापंक्तिका खेलाडीबीचको असमझदारीका कारण कोरियाली टोलीले खेलको३२ औं मिनेटमा एउटा सजिलो मौका पायो र त्यसलाई जोङ इल ग्वानले कुनै मौका नगुमाई गोलमा परिणत गरे। पूरा ९० मिनेट मैदानका सबै भागमा हाबी भए पनि विश्वकप २०१० खेलेका सात खेलाडीलाई पहिलो रोजाइमा उतारेको कोरियाली टोली १–० को संघर्षमय नतिजामै सीमित भयो।

आजको जितसगैं उत्तर कोरियाले लगभग अघिल्लो चरणको यात्रा तय गरेको छ । दुई खेलमा सतप्रतिशत नतिजा निकालेको उत्तर कोरिया ६ अंकसहित शीर्ष स्थानमा छ यसअघि सन् २००८मा भएको च्यालेन्ज कपमा पनि नेपाल कोरीयाँग १–० अन्तरलेनै पराजीत भएको थियो।
दशरथ रंगशालामा भेटीएका अधिकांस दर्शकहरु विश्वकप खेलीसकेका खेलाडिसँग नेपाली खेलाडिले कसरी खेल्दा रहेछन भनेर हेर्न आएका भेटीन्थे। यता एकै खेलमा इतिहासमै सबैभन्दा बढि रकम पनि आजकै खेलमा एन्फाले उठाएको थियो।
खेलमा नेपालले हारे पनि नेपाल समर्थक निरास भने थिएनन् किनकी आजको खेलमा नेपालले सम्मानजनक खेल खेलेको थियो। अबको प्रतिक्षा भनेको सोमबारको श्रीलंका बिरुद्धको खेल नै नेपालको लागि निर्णायक खेल बन्ने छ। आजको जस्तै खेल खेल्ने हो भने नेपाली फुटबल टोलीको लागि प्राय असम्भब जस्तो बनेको उपाधि जीत्न धेरै समय कुर्नु पर्दैन होला।
0 comments:
Post a Comment