Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Wednesday, October 19, 2011

नेपाल ९ स्थान तल झर्‍यो

On : 8:11 AM
In :
गत साता फीलीपीन्समा भएको मैत्रीपूर्ण फुटबलमा आयोजक फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाली टोली विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनीक गरेको वरियतामा  ९ स्थान तल झरेको छ। नेपाल १३५औं स्थानबाट १४४औं स्थानमा झरेको छ। एसीयाली देशहरुमा २३ औं स्थानमा भएको नेपाल दक्षिण एसीयाली मुलुकमा दोश्रो स्थानमा छ। नेपालको १ सय ७६ अंक छ।

अघिल्लो दुई महिना  सम्म नेपाल दक्षिण एसियाली राष्ट्रमध्ये शीर्ष स्थानमा थियो। पछिल्लो वरियतामा नेपाललाई पछि पार्दै बंगलादेश दक्षिण एसियाको शीर्ष स्थानमा पुगेको छ। वरियतामा बंगलादेश १४१, भारत १६०, माल्दिभ्स १६२, पाकिस्तान १७३, श्रीलंका १७७, अफगानिस्तान १८४ र भुटान १९९औं स्थानमा छन्। 
गत असोज २४ गते सम्पन्न खेलमा नेपालमाथि फराकिलो जित दर्ता गराएको फिलिपिन्सले आफ्नो वरियतामा सुधार गरेको छ।यो सँगै फिलीपिन्स ८ स्थान माथि चढ्दै १५८ औं स्थानमा पुगेको छ। त्यस्तै मलेसीया सँग २–० ले हारेको थियो। जीतका साथ मलेसीया १५५ मा रहेको आफ्नो बरियतामा सुधार गरि १५१ औं स्थानमा आइपुगेको छ।

फिफा वरियताको शीर्ष चारमा कुनै परिवर्तन भएको छैन। स्पेन १६२४ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको १४२४ छ , तेस्रोमा भएको जर्मनीको १३५२ र चौथोमा  भएको उरुग्वेको १२३० छ। 

0 comments:

Post a Comment