Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, May 30, 2011

नवनायिका विनिता आत्महत्या गर्ने मुडमा...

On : 10:20 AM
In :
'विनितालाई आउट गरेकी हुँ'–कृषा 
कृषा आफ्नो काममा अनप्रोफेस्नल महिला हो ।’–अन्य चलचित्रकर्मी
पहिलो गाँसमै ढुङ्गा पर्दा खानुपर्ने बाँकि खानाको बारेमा पिरोलिने जोकोही हुन्छ । त्यस्तै पीरमा परेकी छन् मोडल विनिता बराल । दर्जनौं म्यूजिक भिडियो र विज्ञापनहरूमा दरो उपस्थिति जनाएकी विनितालाई निर्मात्री कृषा चौलागाईं र सविर श्रेष्ठले धोका दिएका छन् । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भैसकेपछि विनितालाई यस्तो गरिनु उनीमाथिको ठाडो अन्याय हो ।


के म तिम्रो साथी बन्न सक्छु ?’ मा हिरोइनको रुपमा डेब्यू गर्न लागेकी नवनायिका विनितालाई सिनेमा युनिटले नराम्ररी धोका दिएपछि विनिता विक्षिप्त छन् । ‘म आत्महत्या पनि गर्न सक्छु !


डाइरेक्टर सबिरको सिफारिसमा मलाई कृषाले निकालेकी हुन् ।’ विनिता यसो भन्छिन्  । तर निर्देशक श्रेष्ठ भने यस्तो प्रतिकृया दिन्छन् मानौं यहाँ केही भएकै थिएन । ‘हामीले विनितालाई निकालेका हैनौं । उनको पर्सनल काम र स्टडीमा विजी हुन्छिन् जस्तो लागेर हिरोइन अर्को खोज्न थालेका हौँ’ श्रेष्ठको कुरामा सत्यताको कति प्रतिशत अशं छ त्यो उनैले जानुन, उनी भन्छन्, ‘तैपनि हिरोइन को राख्ने भन्नेमा छलफल गर्दै छौं ।’ युनिटले नम्रता श्रेष्ठलाई हिरोइन राख्ने चर्चा छ । यसैगरी दिप्ती गिरी पनि हिरोइन छानिन सक्ने सम्भावना रहेको जनाउँछन् सविर ।


सिनेमामा साइन गराएर सुटिङ थाल्ने बेलामा विनितालाई युनिटमा निकालिएको हो । सुटिङ यही हप्ताबाट सुरु हुने पक्का पक्की थियो । कृषाले कलाकारहरुसँग पहिलोपनि यस्तो व्यवहार देखाइसकेकी थिइन् । चलचित्र ‘कसम हजुरको’मा उनले विराजलाई आउट गरेर राजबल्लभलाई इन गराएकी थिइन् । अहिले घानमा विनिता परिन् । आफूलाई सहयोग गर्न विनिताले मिडिया गुहारीरहेकी छन् । नेपाली सिनेमामा सधैं देखिइरहने बासी अनुहारबाट दिक्दार भएका दर्शकलाई निर्माता निर्देशकको यस्तो व्यवहारले पिरोल्छ ।
(श्रोत :मेरो सिनेमा.कम)

कोहुन ? विनीता !!

अहिले धेरैजसो म्युजिक भिडियोमा देखापर्ने मोडल हुन्-विनीता बराल। भर्खरै कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको 'कथा प्रेमको' मा देखापरेकी विनीताले अभिनय गरेको पुष्पा पौडेलको सान्नी, दीप श्रेष्ठको अचानो भो छाती, दीपक लिम्बूको मुटु माग्यौ तिमीले आदि गीतहरू दर्शकले रुचाएका छन्।

तीन दर्जनभन्दा बढी गीतको म्युजिक भिडियोमा अभिनयको अनुभव बटुलेकी विनीतामा सानैदेखि मोडलिङ र चलचित्रमा काम गर्ने रहर थियो। त्यसैले चितवनको लोकल च्यानलमा बाल कार्यक्रम चलाउने विनीता ७ वर्षअघि काठमाडौं आइन्। सुरुमा र्‍याम्प शोहरूमा मोडलिङ गरेकी विनीता अभिनयमै रहर भएकाले म्युजिक भिडियो, विज्ञापन, सर्ट मुभी, सिरियलहरूमा काम गर्न थालेकी हुन्। उनी आफूलाई राम्रो डान्सर मान्छिन्।

१२ वर्षको उमेरमै उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने 'को भन्दा को कम' कार्यक्रममा प्रथम भएकी थिइन्। कत्थक नृत्यमा स्नातक गर्दैछिन्। विनीताले २ वर्षपछि मात्र विवाह गर्ने गर्ने कुरा बताएकी थीइन ।

‘विनितालाई निकालेकै हो’ : कृषा

सिनेमा ‘के म तिम्रो साथी बन्न सक्छु ?’ बाट हिरोइनको रुपमा डेब्यू गर्न लागेकी मोडल विनिता बराललाई निर्मात्री कृषा चौलागाईंले आउट गरेको स्विकारेकी छन् ।  एक अनलाईन सँग भएको कुराकानीमा चौलागाईंले भनिन्, ‘सिनेमाको सम्पूर्ण अधिकार प्रोड्यूसरमा हुने भएकाले उसले आफ्ना कलाकारहरु को राख्ने को नराख्नेबारे छान्न सक्छ ।’


विनितालाई एग्रिमन्ट पेपरमा हस्ताक्षर गराइसकेपछि निकालेकि कृषाले पेपरमा भएको प्रावधान सुनाइन्, ‘प्रोड्यूसरले कुनै पनि बेला केही अप्ठ्यारो स्थिति पैदा भए आपसि सहमतिमा कोही कलाकारलाई आउट गर्न सकिन्छ ।’ उता विनिताले त्यही ‘एग्रिमेन्ट पेपरको सहायतामा कानुनी लडाईं लडेर क्षतिपूर्ति माग गर्ने’ बताउँदै आएकि छन् ।

कृषा भन्छिन् ‘मैले विनितालाई राम्रै गरी बोलाएर सिनेमामा खेल्न पुनर्विचार गर्न भनेको तर विनिता उल्टै एक्कासी ‘मलाई निकाले’ भनि प्रचारवाजी गर्दै हिंडेकाले अहिले चाहिँ विनितालाई आउट गरेकी हुँ ।’

विनिता लगायत अन्य केही चलचित्रकर्मीहरुले पनि ‘कृषा आफ्नो काममा अनप्रोफेस्नल महिला हो ।’ भनि दावी गरे ।  हिजो प्रकाशित समाचारतर्फ इंगित गर्दै कृषा भन्छिन्, ‘भोलि विनिताले ‘मलाई सुटिङको खाना मन परेन मन पर्ने खाना देउ नत्र सुसाइड गर्छु भन्लिन्’ यसो भन्नु त उनै कलाकार नै अनप्रोफेस्नल भयो नि !’


                                                                                                                                                                                

0 comments:

Post a Comment