Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, April 29, 2011

राजेश हमालले विहे गर्ने पक्का


एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा, 
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा' 
नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल हिजोआज यही गीत गुनगुनाउन थालेका छन् । जीवन र वैवाहिक सम्बन्धका बारेमा सधैं पृथक् दृष्टिकोण राख्दै आएका यी नायकले स्वर सम्राट नारायण गोपालले गाएको यो गीत गाउनुमा रहस्य लुकेको अनुमान लगाउन कसैलाई गार्‍हो पर्दैन। 'जीवन चलाउन विवाह आवश्यक छैन, तर त्यसो भन्दैमा सबै अविवाहित नै हुनुपर्छ भन्नेचाहिँ होइन, म आफैंले विवाह गर्नैपर्छ भन्ने सोच्दिनँ, तर मेरो विवाहको सम्भावना नै छैन पनि भन्दिनँ' केही समय अघिसम्म यस्तै मान्यता राख्ने नायक हमाल ४८ वर्षको उमेरमा आइपुग्दा भने विवाह गर्ने मनस्थितिमा पुगेका हुन ।

Thursday, April 28, 2011

पार्किङ शुल्क कति हो ??



काठमाडौं उपत्यकामा गाडी र मोटरसाइकल पार्किङ गर्दा तपाईं कति रुपैयाँ तिर्नुहुन्छ ? पाँच १०–२० अथवा त्योभन्दा बढी । तर धेरैलाई निश्चित पार्किङ शुल्क कति हो भन्ने थाहा नभएकै कारण पार्किङ शुल्क मनपरी ढंगले असुली गर्ने प्रवृत्ति मौलाएको छ । आखिर काठमाडौ महानगरपालिकाले तॊकेको खास पार्किङ दर चाहि कति हो त

Tuesday, April 26, 2011

हिरोको भाउ बढ्यो


नेपाली फील्ममा कुनै कलाकारको रेट बढ्न कारण चाहिन्छ । 'फस्टलभ' यस्तो कारण बन्यो जुन सिनेमाको डेढकरोड ग्रसले नै लभरव्वाइ आर्यन सिग्देलको भाउ एकाएक अग्लाइदियो । अपकमिङ प्रोजेक्ट 'काठमाण्डू नाइट'मा थानकोट घर भएका हिरोले आफ्नो पारिश्रमिक ६ लाख तोकिदिए । सो रेटले अब केही समयसम्म निरन्तरता पाउलाजस्तो छ । नत्र निर्मात्री कृषा चौलागाईंलाई नै सोधौं । कृषाको आगामी प्रोजेक्ट 'के तिम्रो साथी बन्न सक्छु'का लागि आर्यनले आइतबार ६ लाख रेटमा साइन गरेका छन् ।

Saturday, April 23, 2011

मेलामा एसीयाकै होची महिला


काठमाण्डौका भृकुटीमण्डपमा जारी घरेलु तथा साना उद्योग महासघंको आयोजनामा भएको औंधोगिक ब्यापार मेलाको स्टल नं. १५० मा अन्य स्टल भन्दा भिन्दै भिड देखिन्छ। किनभने त्यहाँ कुनै समान बेच्न राखिएको छैन। यो स्टलको विचमा त्रिपालले छोपेको छ। सो त्रिपाल भित्र अरु कुनै समान बेच्न नभएर एसीयाकै होची महीलाको रुपमा गिनिज बुकमा नाम लेखाउन तयारी गरिरहकी इश्वरी मायाँ छिनाललाई राखिएको छ। इश्वरीका बाबु धनबहादुरले सबैलाइ जानकारी होस भनि यस्ता महोत्सबहरुमा राखिएको जानकारी दिए। यस अघि पुर्वाञ्चल महोत्सब इटहरी, नेपालगञ्ज,महेनद्रनगर,कैलाली,बनेपा,दोलालघाट, दाङ लगायका ठाउँमा पनि उनलाई राखिएको थियो।

अनुजाको 'पिपली लाइभ' संस्करण

बुधबार अकस्मात् एउटा समाचार आयो- अनुजा बानियाँ नामकी २२ वर्षीया युवतीले बसमा हिराको हारसहित ९१ लाख रुपियाँको पोको भेट्टाइन्। अनि घर लगिन् र जसको हो खोजेर उसैलाई फिर्ता गरिन्। अझ अचम्मको कुरा- ती पैसावालले उनलाई यसरी फिर्तावापत दिएको २ लाख रुपियाँ वा हिराको हार लिन मानिनन् । हावासरी फैलिएको समाचारसँगै उनलाई बधाइ दिनेको भिड नै लाग्यो। हुँदाहुँदा राष्ट्रपति र जागिरको अन्तिम समय बिदास्वरुप मनाइरहेका प्रधान न्यायाधीशसमेतले उनलाई बधाई दिए। राष्ट्रपतिले त आफूलाई भेट्न आउने निम्तोसमेत दिएको उनका सहायकलाई उदृत गर्दै खबर सार्वजनिक भयो। 

Friday, April 22, 2011

कोरीया क्रेज......


  त अहिले कोरीया भाषाको कक्षा लिनमै ब्यस्त छु यार । राजधानीको बानेश्वरमा भेटीएका दुई युवाहरु विच भएको एक सानो सम्बादको अंश हो यो। यस्ता युवा युवती अहिलेको समयमा पुतलीसडक,बागबजार,नयाँ बानेश्वर,चावहिल लगायत उपत्यकाका हरेक जसो ठाँउ र उपत्यका बाहिरका प्रमुख शहरहरुमा  छ्यास–छ्यास्ती पाइन्छ। काठमाण्डौं लगायत प्रमुख शहरहरुमा यतिखेर बढि नै चर्चाको विषय बनेको छ कोरीयन भाषा। विभीन्न सञ्चार माध्ययमहरुमा पनि कोरीयन भाषाकै चर्चा,चिया पसलमा गयो कोरीयाली भाषा र कोरीया जाने विषयमा नै चर्चा,शहरका विभीन्न भित्ता तिर फर्को जताततै कोरीया नै कोरीया मानौ नेपाल नै कारीयामय भएको छ।

Tuesday, April 19, 2011

खै कहाँ छन् नागरिक अगुवा ?


 बसन्तपुरमा आयोजीत शान्ती र्‍यालीमा सहभागिहरू  तस्विर : नागरिक
सुने जानेको कुरा हो, तानाशाहिले टाउको उठायो, नागरिक स्वतन्त्रता बर्जित भयो भनेर बिभिन्न पेशाकर्मी, सामाजिक अगुवा एक ठाउ“मा भेला भए। नाममा नै निक्कै ठुलो विवाद पछि नागरिक समाजको जन्म भयो र शाहि हुकुमीतन्त्रको बिरुद्ध नागरिक आन्दोलनको घोषणा गरे। आन्दोलनका क्रममा बसन्तपुर डवलीमा एउटा रोमाञ्चक र सनसनीपूर्ण कर्मको मञ्चन भयो। डबली सामु शाहि तानाशाह ज्ञानेन्द्रको श्रीपेच खोसीयो र निजलाई पाता फर्काई पिंजरामा कैद गरियो।

Sunday, April 17, 2011

पर्यटन वर्षमा पर्यटकको स्वागत कसरी ?

पर्यटन वर्षको अवसरमा सरकारले गरेको एक कार्यक्रम ।तस्विर बद्रीकुमार
पर्यटन प्रवद्धनार्थ सरकारले सन् १९९८ झै २०११ लाई दोस्रोपटक पर्यटन वर्ष घोषणा गरेको छ। १० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य लिइएको भ्रमण वर्ष सफल पार्न सरकार, व्यवसायी, आमनागरिक तथा राजनीतिक सबैले प्रतिवद्धता जाहेर गरेका छन्। घोषणासँगै व्यवसायी, उद्यमी तथा आम नागरिक सबैमा उत्साह छाएको छ। यही कारण देशैभर विभिन्न महोत्सवसमेत भइरहेका छन्। यद्यपि आवश्यक भौतिक पूर्वाघार अभाव, सम्पूर्ण पर्यटकीयस्थललाई भ्रमण सूचीमा नपार्नु, अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था, नेपाल वायु सेवा निगममा एउटा पनि नयाँ जहाज नथपिनु र बेलाबेला बन्दहडताल भैरहनुजस्ता कारणले भ्रमण वर्षले लक्षीत सफलता हासिल गर्नेमा शंका छ। र पनि राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको पर्यटन वर्षलाई सफल पार्नुको विकल्प छैन।

Saturday, April 16, 2011

जानी राखे राम्रो

@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@
आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
 @ Iceland
मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@
मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,०००(एक लाख) पल्ट धड्किन्छ ।

Thursday, April 14, 2011

नेपाल फिफा वरियतामा १५०औं स्थानमा


नेपालले एएफसी च्यालेन्जकपको फाइनल चरण प्रवेश सँगै  फिफा वरियतामा २२ स्थान माथि उक्लिएको छ। सोमबार सम्पन्न एएफसी च्यालेन्जकप समूह चरणको प्रदर्शनको गणना यस पटकको वरियतामा नगरेपनि विश्व फुटबल महासंघ (फिफा) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ५० औं स्थानमा आएको हो। यसअघि नेपाल १ सय ७२ औं स्थानमा थियो।

Tuesday, April 12, 2011

'रामनवमी मेला'– भोटेघुम्ती मोरङ

 भोटेघुम्ति स्थित  मन्दिरमा रामजानकीको मुर्ती
ज चैत शुक्ल नवमी। अर्थात रामनवमी पर्व। हिन्दुधर्मावलाम्बीहरुले भगवान श्रीरामको पूजा आराधाना गरेर देशभर यो पर्व मनाउदैं छन्। असत्यमाथी सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने यो पर्वको  अवसरमा भगवान रामको मन्दिरमा पुजापाठ गरिन्छ। भगवान श्रीरामले रामणलाई पराजीत गरेर एउटा विजय पाएको शुसीमा उत्सबको रुपमा मनाइने यो पर्वमा भगवान श्रीरामको पुजा गर्ने गरिन्छ। 
आजको दिन ब्रत बसेर भगवान श्रीरामको पुजा आराधाना गर्नाले स्वर्गमा बास हुने तथा पुण्य पाईने जनविश्वास रहेको छ। आज विहानै देखि काठमाण्डौं उपत्यका लगायत देशभरका प्रमुख राम मन्दिरमा हिन्दु धर्मावलम्भीको विषेश घुइचो लाग्ने गर्दछ।

Sunday, April 10, 2011

भक्तपुरको विस्केट जात्रा

–आफ्नै मौलिक परम्परा र रितिरिवाजनुसार मनाईने बिस्केट जात्राको सुरुआत  धुमधामले भइरहेको छ। भक्तपुर जिल्लाको ठिमी र भक्तपुरमा मनाईने यो जात्रा दशैपछिको दोश्रो ठूलो चाडको रूपमा यहाँका सथानियले लिने गरेका छन्।
देशको संस्कृतिलाई चिनाउने केही महत्वपूर्ण मेला र जात्राहरु मध्ये बिस्केट जात्राको नाम पनि मुख्य रुपमा लिने गरिन्छ। ठिमीमा बालकुमारी देवीको जात्रा गरेर बिस्केट मनाउने चलन छ। भक्तपुरमा लिंगो ठड्याउने, ढाल्ने र रथ जुधाउने परम्परामा आधारित छन्। परम्परागत बिस्केट जात्रामा स्थानीय टोलबासीहरु उत्सुकतापूर्वक सहभागी हुन्छन्।

Saturday, April 9, 2011

" नेपालको सम्मानजनक हार"

आफ्ना खेलाडिलाई हौसाईरहेका कोरीयाली समर्थक
खेल सुरुहुनुभन्दा करिब पाँच मिनेट मात्र अगाडि सहकर्मी साथी मदनको साथमा दशरथ रंगशाला छिरेका थियौ रंगशाला खचाखच भरिएको थियो। अधिकांश ठाँउमा बस्ने ठाउँ खाली थिएन। जताततै नेपाली झण्डा सहित बसेका दर्शकहरु खेलको ब्यग्र पतक्षा गरिरहेका देखिन्थ्ये । भने नेपाल–नपाल भनेर कराइरहेका समर्थकहरु पनि रंगशालामा हजारौ थिए।साथमा विपक्षी टोली उत्तर कोरीयाको समर्थनमा रहेका केही कोरीयाली महिलाहरु आफ्नो देशको झण्डा बोकेर खेलाडिहरुलाई हौसाइरहेका थिए।

Friday, April 8, 2011

आगलागीबाट १ को मृत्यु, ५० घर जल्यो,लाखौको क्षति



तस्विर :गोपाल भण्डारी
  पिलवस्तु -तौलिहवा, २५ चैत कपिलवस्तुको बहादुरगंज गाविस वडा नं. ३, विजय नगरमा भएको भीषण आगलागीबाट जलेर एक जनाको ज्यान भएको छ भने लाखौ रुपैया बराबरको धनमाल नष्ट भएको छ। आगलागीमा परी स्थानीय ६० वर्षीया रहिमुननिसा धोबीको आफ्नै घरमा जलेर मृत्यु भएको छ।
यसै गरी आगलागीबाट ३ वर्षीय बालिका सफिरुन निसा घाईते भएकी छिन्।

Thursday, April 7, 2011

' स्वास्थ्य र सम्बन्ध दुवै बिगार्न सक्ने खतरामा फेसबुक'


काठमाण्डौ नयाँ बानेश्वरको सडकमा हिडिरहेका दुई साथी एक आपसमा कुरा गर्दै थिए। मलाई त आजकल फेसबुक नभई हुन्न। यो त एउटा सामान्य उदाहरणा मात्र हो । त्यस्तै सुन्धाराका मेरा एक मित्र पनि, उनी फेसबुक खोल्छन् अनि आफ्नो मनमा आएको विचारलाई स्टाटसमा लेख्छन्। अपडेट गरेको स्टाटसलाई उनका परिचित, अपरिचित साथीहरु वा फेसबुक प्रयोगकर्ताहरुले कमेन्ट गर्छन्। स्टाटस अपडेट गर्न, कमेन्ट गर्न र सार्थीहरुले आफ्नो स्टाटसमा गरेको कमेन्ट हेर्नको लागि उनी दिनमा आधा दर्जन पटक फेसबुक खोल्छन्। सम्भब भएसम्म कम्प्युटर तथा नभए मोबाइलमै भएपनि फेसबुकमा ब्यस्त हुन्छन्।

Wednesday, April 6, 2011

पशुपतीको चिरापरेको आस्था :


विश्व सम्पदा सुचीमा अंकित समस्थ नेपाल र नेपालीको गौरव र शैवहरुको एक पवित्र र विश्व प्रख्यात तिर्थस्थल पशुपतिनाथ सम्पूर्ण हिन्दु धर्मावलम्वीको आस्थाको धरोहर हो। हिन्दु धर्म मान्ने बाहेक अन्यलाई पशुपतिको दर्शन गर्न वन्चित गरिएको छ। त्यसैले अन्य धर्म मान्ने मानिसहरुले उनको दर्शन गर्ने इच्छा गरे पनि अनुमति पाउ‘दैनन्। गैर हिन्दु कतिले उनको दर्शन गर्न पाए भनेर सोच्नु भन्दा पनि अनुहार नेपाली र भारतीय भएका तर गैर हिन्दुले उनको दर्शन गरेका छन कि छैनन् भनेर सोच्दा बढी बुद्धिमानी होला। मलाई लाग्छ उनीहरुले पनि पशुपतिनाथको दर्शन अवश्य पनि गरेका छन किनभने उनको आकृती हेर्ने लालसा सबैको मनमा छ चाहे त्यो हिन्दु होस् चाहे त्यो गैर हिन्दु नै किन नहोस। मानिसको आस्था र रहरलाई छेक्न धेरै गाह्रो हुन्छ।

Tuesday, April 5, 2011

२८ वर्षपछि भित्रीयो विश्वकपको 'कप' भारतमा

भारतले २८ वर्षपछि विश्वकप क्रिकेटको उपाधि शनिबार हात राती पारेको छ । मुम्वईमा भएको फाइनलमा उसले श्रीलंकामाथि ६ विकेटले  जितेको हो । भारतले यस अघि पनि सन् १९८३ मा विश्वकप जितेको थियो ।आजको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले महेला जयवद्धर्नेले नटआउट १ सय ३ रन को सहयोगमा ६ विकेट गमाइ २ सय ७४ रन बनायो ।

युवा सभासदको भुमीका खोई ?

 दिन महिना, वर्ष गन्दै जाँदा ऐतिहासीक जनआन्दोलन सफल भएको पनि आज ५ वर्ष पुरा भयो। दलका केही नेताको आर्थिक हैसियतमा वृद्धि भयो तर जनताले आशा गरेका कुनै पनि क्षेत्रमा परिवर्तन आउन सकेन। राजनीतिक दलहरुले २ वर्षमा संविधान बनाउने भनेपनि तोकिएको मितिमा संविधान नबनेपछि जनतामा झनै निराशा बढ्दै गएको छ। संविधान घोषणा गर्ने भनेका दिन संविधान सभाको भ्याद थप्दा पनि खुशि हुनुपर्ने अवस्था आयो। यसले के देखाउँछ भने हामी दिन प्रतिदिन अधोगति तर्फ गइरहेका छौं। परिवर्तनपछि मुलुकले आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा गति लिदै अगाडि बढ्नु पर्नेमा अधोगति तर्फ लाग्नु अवश्य पनि दुःखद पक्ष हो।

फोहोरलाई बनाऔँ मोहर

काठमाडौँ उपत्यकामा फोहोरमैलाको समस्या कुनै नयाँ खबर होइन। उपत्यकामा भएको फोहोरको डड्गुरले राजधानीलाई दुर्गन्धीत मात्र बनाएको छैन, प्रदूषणको बढोत्तरीले अनेक किसिमका रोगहरु समेत फैलन थालेका छन्। फोहोर व्यवस्थापनमा हुने गरेको राजनीति, आन्दोलन र अवरोधले काठमाडौँ दिनप्रतिदिन प्रदूषित र दुर्गन्धित हुन थालेको छ। राजधानीका गल्लीगल्लीमा छरिएका फोहोरले काठमाडौँवासीलाई नाक थुनेर हिँड्न बाध्य बनाइरहेको छ भने बाह्य पर्यटकका लागि ज्यादै असह्य विषय बनेको छ। काठमाडौँका सडक र नदीहरु हिजोआज फोहोर र ढल थुपार्ने डम्पिङ साइट बन्न थालेका छन्।

मोवाइलको बढ्दो दुरूपयोग ।

मोवाईल एउटा सञ्चार साधनको रुपमा मानवजिवनलाई गतिशलि वनाईरहेको छ। यस अर्थमा हेर्दा मोवाइल एउटा अपरिहार्य वस्तु भएको छ। सामाजिक सञ्जालको रुपमा मोवाइल एउटा संस्कृतिको रुपमा स्थापित भएको छ तर यो सर्वसूलभ वस्तु हाल आएर दुरुपयोग हुन थालेको छ।

युवायुवतीबिच लोकप्रिय हुंदै 'साइबर­लभ' ।


Add caption
छिल्लो समयमा नेपालले सूचना­प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेकोछ। फलस्वरुप अधिकांस युवायुवती आफ्नै घरमा वा कुनै साइबर क्याफेभित्र छिरेर कम्प्युटरको माउसमा औंला चलाउँदै देशी विदेशी प्रेमी­प्रेमीकाको खोजी गरी आफ्नो प्रेम व्यक्त गर्न थालेका एक अनुसन्धानले देखाएको छ। धेरै युवायुवतीहरु इन्टरनेटलाई नै प्रेमी­प्रेमीका खोज्ने दरिलो माध्यम बनाउन पल्किसकेका छन्। प्रेमी­प्रमिका खोज्न सकिने प्रशस्त वेबसाइटहरुको संख्या हुनाले पनि अहिलेको युवा पुस्ता यसतर्फ आकर्षित भएका छन्।