Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Wednesday, April 6, 2011

पशुपतीको चिरापरेको आस्था :

On : 9:35 AM
In :

विश्व सम्पदा सुचीमा अंकित समस्थ नेपाल र नेपालीको गौरव र शैवहरुको एक पवित्र र विश्व प्रख्यात तिर्थस्थल पशुपतिनाथ सम्पूर्ण हिन्दु धर्मावलम्वीको आस्थाको धरोहर हो। हिन्दु धर्म मान्ने बाहेक अन्यलाई पशुपतिको दर्शन गर्न वन्चित गरिएको छ। त्यसैले अन्य धर्म मान्ने मानिसहरुले उनको दर्शन गर्ने इच्छा गरे पनि अनुमति पाउ‘दैनन्। गैर हिन्दु कतिले उनको दर्शन गर्न पाए भनेर सोच्नु भन्दा पनि अनुहार नेपाली र भारतीय भएका तर गैर हिन्दुले उनको दर्शन गरेका छन कि छैनन् भनेर सोच्दा बढी बुद्धिमानी होला। मलाई लाग्छ उनीहरुले पनि पशुपतिनाथको दर्शन अवश्य पनि गरेका छन किनभने उनको आकृती हेर्ने लालसा सबैको मनमा छ चाहे त्यो हिन्दु होस् चाहे त्यो गैर हिन्दु नै किन नहोस। मानिसको आस्था र रहरलाई छेक्न धेरै गाह्रो हुन्छ।


धेरै गोरो र धेरै कालो छाला भएका विदेशी पर्यटकले पशुपतिनाथको परिसरमा प्रवेश गर्र्न रु.५०० तिर्नु पर्छ। उनीहरुलाई पशुपतिनाथको दर्शन गर्ने अनुमति नभएकालेे उनीहरु परिसर वरिपरि घुमेर र केही आवश्यक फोटाहरु खिचेर फर्किने गर्दछन्। उनीहरुले विशेष हेर्न रुची देखाउने भनेको नेपाली दाहसंस्कारको शैली, बा‘दरका चर्तिकला , अनेक प्रकारका नमुना अनुहार र हाउभाउ लाउ‘दै हि‘ड्ने भिखारी, जोगी , पशुपतिनाथको मन्दिर, तथा त्यहा अवस्थित बिभिन्न मठ–मन्दिरहरु आदि आदि। सा‘झ घुम्न आउने पर्यटकले भने आरतीको पनि रसास्वादन गर्न पाउ‘छन जसले उनीहरुलाई थोरै भए पनि हिन्दु परम्परा र धर्मलाई बुझ्न सहयोग गर्छ। बागमती नदीको  तीरमा दैनिक आयोजना गरीने आरतीले उनीहरुलाई हिन्दु धर्मको हलुका ज्ञान दिलाए पनि, पवित्र मानिएकी माता बागमती गङ्गाको दयनीय हालत देख्दा उनीहरुको मनमा कस्तो कुरा खेल्छ त्यो उनीहरुलाई नै थाहा होला।

पशुपतिनाथको सिङ्गो अस्तीत्व बोकेर उभिएको त्यो भुमि रमणीय छ र त्यहा‘ जाने हरेकको ह्दयले पक्कै पनि आनन्द महशुस गर्छ होला तर टाढाबाट हेर्दा पशुपतिनाथको क्षेत्र जति रमणीय र आकर्षक देखिन्छ। नजिक गएर हेर्दा त्यति नै पिडा बोकेर उभिएको छ। पशुपतिनाथले भक्तहरु निकै पाएको छ तर सेवक कोही पनि भेटाउन सकेको छैन, शुभचिन्तक करोडौं पाएको छ तर ब्यथा बुझिदिने साथी कोही पाएको छैन्।
त्यहा‘को शान्त वातावरणमा जो कोही पनि रमाउ‘छ, कैलाश डा‘डाको टाउकामा टेकेर काठमाडौंको कुरुपता हेर्न पाउ‘दा रमाइलो कसलाई नलाग्ला र?।  तर त्यो डाडा पनि कहिले खुल्छ र कहिले बन्द हुन्छ कसैलाई थाहा हु‘दैन। केही महिना अगाडी कैलाश डा‘डाका सबै गेटमा ताला लगाईएको थियो र कुरा बुझ्दा थाहा भएको थियो प्रेमी प्रेमिकाको क्रिडास्थल बन्यो भनेर ताला लगाईएको रहेछ। यो समस्या केवल कैलाश डाँडामा देखिएको समस्या होईन पशुपतिनाथको अरु भागमा पनि बेला मौकामा यस्ता घटना हुने गर्दछन् तर अन्त कतै ताला लागेको वा जान निषेध गरीएको बारेमा थाहा थिएन। सायद त्यो ताला अझैं पनि खुलेको हुदैनथ्यो होला यँहा महायज्ञहरु नलागेको भएमा।

पशुपतिनाथलाई घेरेर बसेको वनले पनि हृदयलाई शितलता प्रदान गर्छ नै। पशुपतिलाई केवल सुनेको भरमा देख्नेहरुको कल्पना चकनाचुर हुन्छ जब नाङ्गो आँखा अगाडी पशुपतिको वास्तविकता छताछुल्ल हुन्छ। ति जो पशुपतिको सेवा गर्न भनी गएका छन् , तिनले आफ्नो र आफ्नाको सेवा गरे होलान् तर तिनै भगवान पशुपतिको आजसम्म गरेनन्,। उनको नाम बेचेर खानेको जमात ठूलो छ तर उनलाई सधैं सुन्दर र स्वच्छ राख्नेको जमात छैन्। पशुपतिनाथका भक्तहरु जो सधैं बिहान साँझ उनको चरणकमलमा शीर झुकाउन जान्छन् , जाने के के माग्छन् र जीवन सफल बनाइदिन आग्रह गर्दछन्, ति स्वार्थी हृदयहरुले एक पटक आँखा खोल्नु जरुरी छ र पशुपतिको सुधार र सम्बर्द्धनको पक्षमा आवाज उठाउनु जरुरी छ।

पशुपतिनाथको प्राङ्गणमा फोहोर र भिखारीको लर्को बढिरहेको छ। जहाँ गए पनि केही न केही गन्हाउने, कही‘ न कही‘ फोहोर देखा पर्ने। परिसरको व्यवस्थापन र सरसफाईमा परस्पर ध्यान दिएको छैन समितिले, परेवालाई दाना खुवाउने र भिखारीलाई दान दिनेले पुण्य काम त गर्छन् तर परिसर फोहर भएको कसैले देख्दैन। साना बालबालिकाहरुले पशुपतिको परिसरमै दिशा र पिसाब गरेको देखिन्छ कतिपय अवस्थामा। लाग्छ, पशुपति कुनै अर्थ नभएको महत्वहिन ठाउ‘ हो र त्यहा‘ जसले जे गरे पनि हुन्छ। सा‘ढेको गोबरसम्म सफा गर्ने मानिस छैन। धन्य पशुपतिका श्रद्धालु भक्तजन जो जीवन सफल हुने र मनोरथ पूर्ण हुने आशामा दुर्गन्ध सहन तयार छन्।
केहि वर्ष पहिले पहिलो पल्ट पशुपतिको आगन टेकेको जो कोही पनि त्यतिबेला हिजो आज देखिने जति भिखारी देखेको थिएनन् होला , अचम्म लाग्छ, देशमा बेरोजगारी बढेर भिखारीको संख्या बृद्धि भयो भन्नका लागी  तिनका अनुहार स्वदेशी कम र विदेशी बढी लाग्छन्। ति विदेशबाट आएका हुन् भन्नलाई त्यति टाढाबाट हि‘डेर यहा‘सम्म आए कसरी? बसमा आएका होलान् भन्ने हो भने खान पैसा नहुनेले टिकटको पैसा पाए कहा‘?अत :  पक्कै पनि भारत सरकारले नेपाल सरकारलाई उपहार पठाईदिएको हुनुपर्छ, ऊ स‘ग आठ करोड भन्दा बढि भिखारी छन रे र ऊ तिनीहरुबाट मुक्ति चाहन्छ र तितो यथार्थ ओकल्नु पर्दा ति भिखारीले पशुपतिनाथलाई फोहर पारेका मात्र छैनन् , विदेशीको आ‘खामा नेपालको सुन्दरतालाई पनि बिगारेका छन्।
गा‘जा खानेका लागी पनि पशुपतिनाथ एउटा भरपर्दो र सुरक्षित गन्तब्य बन्दै गएको छ। पशुपतिको गा‘जा धेरै नै प्रख्यात छ काठमाडौंमा। अन्त कतै नपाए पशुपतिमा जरुर पाइन्छ।आजभोली त नव आगन्तुकले पनि सजिलै थाहा पाउन सक्छ गा‘जा खान कुन बाबाको आश्रममा जानुपर्छ......आर्यघाटको पुलमा आएर उभिए।

बागमतीको पानी फोहोर भएको धेरै समय बितिसक्यो। बागमतीको सुन्दर रुप देखेका कतिपय मानिस उनकै काखमा सेलाई सके र जो उनको काखमा पौडी खेल्दथे ठूला भै सके तर बागमतीको पानी आजसम्म सफा हुनसकेको छैन। पानी सफा गर्न धेरै पैसा पनि बगाईसकियो तर सफा हुनुको साटो झन झन फोहर र गन्हाउने हु‘दै गइराखेको छ। धन्य माता बागमतीका ति भक्तलाई जो बाटो हि‘ड्दा नाक र मुख थुनेर हि‘ड्छन तर माता बागमतीको पानी गन्हाएको थाहा पाउन सक्दैनन् , फोहरमा हात हाल्नु हु‘दैन भन्ने मान्यता राख्छन् तर मैली बागमतीको पानीलाई पवित्र जल ठान्छन्, बागमतीको पुजा गर्छन्।

पशुपतिले आफूभित्र अनेक जालझेल र लोभका खेल लुकाएर राखेको छ। कोही आरती सेवा समितीको नाममा भक्तजनको पैसाले आफ्नो दुनो सोझ्याइरहेका छन, कोही विकाश कोषको नाममा त कोही घाट व्यवस्थापन समितिको नाममा र अरु पनि कति छन् जो बाबा पशुपतिनाथ र माता बागमती गङ्गाको नाम लिएर पशुपतिनाथको भलो चाहने र पशुपतिनाथमा आस्था राख्नेलाई मुर्ख बनाइरहेका छन्। बाबा पशुपतिनाथ र माता बागमती गङ्गाको सबैले सम्मान गरेका छन् तर पशुपति भित्रै केही त्यस्ता मानिस पनि छन् जो सम्मानको नाममा अपमान गरीरहेका छन्। पशुपतिको आ‘गनमा उभिएर पशुपतिकै खिल्ली उडाईरहेका छन्।
अन्त्यमा आँखा बन्द गरेर पशुपतिको भक्ति गर्नेहरु आ‘खा खोलेर हेर्नुहोस, तपाईको दान वा अनुदानको दुरुपयोग किन भईरहेको छ? किन पशुपतिनाथलाई माग्ने भा‘डोको रुपमा प्रयोग गरि‘दैछ?किन पशुपतिनाथलाई सुन्दर र व्यवस्थीत बनाउने नाममा झन झन कुरुप पारि‘दैछ? के आस्था मात्रले ईश्वरको मन जित्न सकिन्छ र?ईश्वरलाई पिता ठान्नेहरु , पिताको मात्र सन्तानप्रति उत्तरदायित्व हुन्छ वा सन्तानको पनि पिताप्रति जिम्मेवारी हुन्छ?  जो पशुपतिलाई नि : स्वार्थ ढोग्छन उनीहरुको आस्थामा चिरा परि सकेको छ। जय शम्भो!! जय शम्भो!!  जय शम्भो!!

0 comments:

Post a Comment