Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, July 7, 2011

कुन बार के गर्दा राम्रो?

On : 11:44 AM
In :
के कामगर्न कुन बार उपयुक्त होला अथवा सफलता मिल्ला भन्ने विषयमा कहिलै सोच्नुभएको छ? यदि छैन भने अब सोच्न थाल्नुहोस। बारले तपाईको काममा असर गर्न सक्ने एउटा सर्वेक्षणले देखाएको छ। 

आईतवार : बाहिर खाना खाने दिन

सर्वेक्षणमा प्रश्न सोधीएका पाँचमा एकजनाको जवाफ आईतबार परम्परागत रुपमा घरमा खाना बनाउनु भनेको डेन्टिस्ट (दन्त विषेसज्ञ)कोमा जानु भन्दा पनि पीडादायी हुन्छ भन्ने थियो त्यसैले त्यो दिन यो पीडाबाट मुक्ती पाउन आफ्नो पार्टनरसँग मिलेर बाहिर खाना खानु उचित हुने कुरा पत्ता लाग्यो।


सोमबार : तनाब मुक्ती

वि्रटीस मेडिकल जर्नलको एक अध्ययनले भन्छ ,रमाइलो गर्ने समयको खोजी गर। सोमबार हृदयघातबाट मानिसको मृत्यु हुने समभावना उच्च हुन्छ। काममा फर्कनुपर्ने डरका कारण वा साप्ताहन्तमा …टु मच' मदिरा सेबनका कारण यस्तो सम्भावना उच्च रहने गरेको हो।

मंगलबार : योजना अनुसन्सारको काम गर्ने

यो दिन मानिस अरु दिनको तुलनामा बढि उत्पादनशिल हुन्छ युयस सोसाईटी फर इन्डस्ट्रियल अर्गनाइजेसनल साईकोलोजीका अनुसार साताका सुरुआती सिदनहरुमा मानिसको बायाँ दिमागको भाग बढि सक्रीय हुने गर्छ। त्यसैले योजना अनुरुपको काम गर्नु राम्रो हुन्छ।

बुधबार : मायाँको खोजी गर्ने उपयुक्त दिन

करिब आँठ हजार मानिसमा गरिएको सर्बेक्षणमा ४० प्रतीसतभन्दा बढिले दिएको जवाफलाई आधारमान्दा यो दिन पहिलो डेटीङको लागि उपयुक्त हुने बताएका छन्। यो दिन तपाईको डेटिङ सफल भएमा शुक्रबार अर्को डेटिङको लागि पनि उपयोगि बन्न सक्नेछ। तर, यदि तपाई सफल हुनुभएन भने पनि त्यो विषयबाट सफल हुनुभएन भने त्यो विषयबाट आउने तनाबबाट मुक्त हुन आफ्ना अन्य साथीहरुसँग मिलेर गुड फ्राईडे सेलीब्रेट गर्न सस्नु हुने छ। बुधबार तलब बृद्धि गरिमाग्ने मौकाको रुपमा पनि प्रयोग गर्न सकिन्छ। बुधबार निर्णयक तहका अधिकारीहरु तलब बृद्धि गर्ने विषयमा बढि सकारात्मक हुने गरेकोले पाइएको छ। यूकेमा १५ सयमा गरिएको सर्बेक्षणबाट यो तथ्य पत्ता लागेको हो।

विहिबार : यौन कार्य सुरुआत

यौन जनक हार्मोनहरु उच्च बिन्दुमा पुग्ने भएकोले विषेस गरेर सहबासको लागि त्यो दिन धेरै उपयुक्त मानिएको छ। त्यसैले विहीबार घडिको अलालाम मिलाउनुहोस र विहानी समयको सदुपयोग गनुहोस। त्यसबेला पुरुषमा कासबासना जगाउने टेस्टोस्टेरोन र महिलामा यौनेच्छा जगाउने ओएस्ट्रोजेन अरु दिनको तुलनामा पाँच गुणा बढि हुन्छ।

शुक्रबार : धुम्रपान परित्याग

सुर्तीजन्य पदार्थको लत छाड्न चाहनुहुन्छ भने शुक्रबार नै रोज्नुहोला किनकी, साताका सुरुका दिनहरुमा तपाईमा तिब्र इच्छा शक्ति भउपनि पछिल्ला दिनहरुमा त्यसकेा मात्रा विस्तारै कम हुँदै जाने एक अमेरीकी अनुसन्धानदाताहरुले पत्ता लगाएका छन्। शुक्रबारै ठुल–ठुला निर्णय लिने बानी छ भने यसमा परिवर्तन गर्नु श्रेयकर छ। किनभने साताभर नानाथरी कामबाट थकित र चिन्तीत हुँने हुँदा यो दिन मानिसमा सहि निर्णय लिने क्षमता निकै कम हुने गरेको बढि क्लक एक्सपर्ट मार्टिन मुर एड बताउछन्।

शनिबार : सर्बोत्तम जन्मदिन 

सन् १९०० यताका बेलायतका २२ औं प्रधानमन्त्रीमा ६ जनाको जन्म शनिबार भएको पाइयो। त्यसैले सो दिनमा जन्मिएका बच्चाहरु भविस्यमा प्रधानमनत्री बन्ने सम्भावना उच्च हुन्छ। त्यसैले तपाई पनि आफ्नो बच्चा सफल होस भन्ने चाहनुहुन्छ भने शनिबारै सन्तान जन्माउने बारे सोच्ने कि ,???

                                                                                                                                                                        राजधानी अन्तर्राष्ट्रीय साप्ताहीक

0 comments:

Post a Comment