Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, September 27, 2011

नेपालको जनसंख्या २ करोड ६६ लाख

On : 10:05 AM
In :
  • पुरुषभन्दा महिला ७ लाख बढी, विदेशमा १९ लाख
  • विदेश जानेको सङ्ख्यामा वृद्धि
  • घट्दो वृदीदर
  • १० वर्षमा १४ लाख परिवार थपिए ।
  • कुल जनसंख्याको आधा तराइमै 

केन्द्रीय तथ्यांक विभाग-


केन्द्रीय तथ्यांक विभागले ललितपुरमा गरिएको एक कार्यक्रममार्फत राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतीजा प्रकाशित गरेको छ । उक्त नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी देखिन्छ । यसरी दश वर्षमा नेपालको जनसङ्ख्या १४.९९ प्रतिशत बढेको देखिन्छ । विगत दश वर्षको सरदर बार्षिक वृद्धिदर १.४० प्रतिशत देखिन्छ । वि.सं. २०४८ देखि २०५८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो ।


राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजामा जम्मा जम्मी ४७,६७,१९६ वटा घर / भवन वा आवासीय संरचनाहरू देखिएका छन् । ती घर वा आवासीय संरचनामा जम्माजम्मी २०६८ मा ५६,५९,९८४ परिवार बसोबास गरेका देखिन्छन् । दश वर्षअघिको परिवार सङ्ख्या ४२,५३,२२० थियो । यसप्रकार विगत १० वर्षमा कुल १४,०६,७६४ परिवार थप भएको देखिन्छ । २०६८ मा परिवार र घरको अनुपात १ः१.१९ रहेको छ जसको अर्थ प्रत्येक १०० वटा घर/भवन वा आवासीय संरचनामा औसतमा ११९ परिवारहरू बसोबास गर्दछन् ।

कुल जनसंख्यामा पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ अर्थात ४८ दशमलव ५६ प्रतिशत रहको छ भने महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ अर्थात ५१ दशमलव ३४ प्रतिशत रहेको छ । पुरुषको संख्याभन्दा महिलाको संख्या ७ लाख ६५ हजार ९ सय ४७ बढी छ । विभागका अनुसार लैगिक अनुपात ९४ दशमलव ४१ छ । यस्तै जनसंख्या वृद्धिद्धर घटेर १ दशमलव ४ आइपुगेको छ । ५८ सालको जनगणनामा जनसंख्या वृद्धिद्धर २ दशमलव २५ थियो ।

पछिल्लो जनगणना अनुसार प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा औसतमा १ सय ८१ व्यक्त बसोबास गर्छन । देशभरमा जम्मा ५६ लाख ५९ हजार ९ सय ८४ घर परिवार छन् । उनीहरुका लागि ४७ लाख ६९ घर तथा भवन जनगणनाले देखाएको छ ।

भौगोलिक क्षेत्रका अनुसार तराईमा १ करोड ३३ लाख पहाडमा १ करोड १४ लाख र हिमालमा १७ लाखभन्दा बढी जनसंख्या छ । यस्तै विकास क्षेत्रका आधारमा पूर्वाञ्चलमा ५३ लाख, मध्यमाञ्चलमा ८० लाख, पश्चिमाञ्चलमा ४५ लाख, मध्य-पश्चिमाञ्चलमा ३० लाख र सुदूरपश्चिमाञ्चलमा २९ लाखभन्दा बढी जनसंख्या रहेको छ ।

सबैभन्दा बढी काठमाडौंमा १७ लाख ४० हजार भन्दा बढी मानिस स्थायी बसोबास गर्छन भने सबैभन्दा कम मनाङमा ६ हजार ५ सय २७ मानिस बसोबास गर्छन । पछिल्लो जनगणना अनुसार ग्रामिण क्षेत्रमा ८५ दशमलव ३८ र शहरी क्षेत्रमा १४ दशमलव ६२ प्रतिशत मानिस बस्छन् ।

२. राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतीजाको लिफ्लेट


श्रोत :केन्द्रिय तथ्याङ्क विभाग-२०११

0 comments:

Post a Comment