Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, August 26, 2011

लुम्बिनी क्षेत्रको पर्यटकीय अबस्था र महत्व

On : 10:52 AM
In :

पर्यटकीय दृष्ट्रिकोणले नेपाल बिश्वमै  सर्बाधिक महत्व राख्ने  देशहरुमध्येमा पर्दछ। बिशेषगरी  नेपालमा रहेका अतुलनीय प्राकृतिक र सांस्कृतिक सम्पदाहरुले पर्यटकलाई सधै आकर्सीत  पार्ने गरेकाछन्। तर बिगतको जनयुद्ध र राजनैतिक अस्थिरताले उव्जाएको बन्द, हडताल लगायतका कारण पर्यटकीय गतिबिधिमा नकरात्मक प्रभाव परे पनि हालैका दिनहरुमा  भएको राजनैतिक परिवर्तन पछि पर्यटक आगमनमा उत्साहजनक बृद्धि हुन थालिसकेको छ। 

लुम्बिनी प्रबेशद्वार
यसै सर्न्दभमा  थप पर्यटकीय आकर्षणका लागि नयाँ सोच बिचारका साथ बिभिन्न नयाँ उपायहरु समयमा नै अबलम्बन गर्न  त्यस्ता पर्यटकीय बस्तुहरुको संरक्षण, व्यबस्थापन, र व्यापक प्रचार प्रसार हुनु जरुरी छ। जसबाट नेपालको आन्तरिक र बाह्य पर्यटनलाई बृद्धि गराई त्यसबाट सम्बन्धित पर्यटन व्यबसायी र राज्यले समेत प्रचुर फाइदा उठाउन सक्दछ।

लुम्बिनीक्षेत्र नेपालको आन्तरिक र बाह्य पर्यटनको त्यस्तै सदाबहार पर्यटकीय बस्तु हो। तर यसकालागि नेपालको प्रचलित अबधारणा र शैलीले कुनै परिबर्तन तत्काल ल्याउन सक्दैन।  यसका लागि पर्यटनको सैद्धान्तिक आधारमा अर्न्तराष्ट्रिय वा उच्च बिधि वा नयाँ सोच, बिचार र अबधारणाको प्रयोग हुनु  नितान्त आबश्वक भै  सकेको छ।

पर्यटकीय दृष्टिकोणमा लुम्बिनी क्षेत्रको भ्रमण हालका दिनहरुमा पनि  प्याकेजमा तीन दिन देखि पाँच दिनसम्मका लागि सजिलै तय गर्न सकिन्छ। हुनत नेपाल सरकार, लुम्बिनी बिकास कोष र स्थानीय सरकार तथा स्थानीय स्तरका पर्यटन व्यबसायीहरुले यसको पर्यटकीय बजारका रूपमा उचित व्यबस्थापनलाई ध्यान दिएको पाइदैन। तर पनि लुम्बिनी गुरुयोजनाको कार्यक्रमले लुम्बिनीलाई केन्द्रमानी गौतमबुद्ध लगायत अन्य बुद्धहरु र उनीहरुसंग सम्बन्धित क्षेत्रहरुमा पर्यटकीय गतिबिधि गराउन सकिने अवधारणा भने बनाएको छ।

मायादेवी मन्दिर
नेपालको पश्चिम क्षेत्रको चुरीया पर्वतको फेदी हालको रुपन्देही जिल्ला भारतीय सीमा ककरहवासंगै लुम्बिनी अबस्थित छ। तराई भएकाले यहाँ केही गर्मी हुन्छ। यहाँ नेपालको जुनसुकै भागबाट पनि जान सकिन्छ। बिशेष गरी काठमाण्डौंबाट  बस र हबाइजहाजबाट लुम्बिनी पुग्न सकिन्छ। राजधानी काठमाण्डौबाट करीब ३०० कि.मि. दुरीमा रहेको लुम्बिनी पुग्न बसबाट  झण्डै छ देखि दश घण्टा र हबाइजहाजबाट लुम्बिनी नजिकको भैरहवा बिमान स्थल पुग्न ४५ मिनेट जति लाग्दछ। भैरहवाबाट करिब २० किलोमिटर मोटर बाटो भएर लुम्बिनी जान सकिन्छ।

रूपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका क्षेत्र बिश्वव्यापी प्रचार पाएका गौतम बुद्धसंग सम्बन्धित छन्। तीनको सही व्यबस्थापन भए पर्यटकीय रूपमा यसको बिश्वव्यापी नै महत्व बढ्दै जानेछ।

अशोक स्तम्भ
 नेपालको कपिलवस्तुको गौटीहवा, निग्लिहवा र रुपन्देहीको लुम्बिनी  तीन मानवबुद्धहरु क्रकुच्छन्द, कनकमुनी र सिद्धार्थ गौतमको जन्मस्थलहरु हुन्। त्यसमध्ये पछिल्ला गौतम बुद्धको सन्देशले मानवहित, कल्याण र शान्ति विश्वभर फैलाउन सफल भयो। उनको दर्शन अहिले पनि त्यत्तिकै सान्दर्भिक छ जति पहिले थियो। विशेषगरी सिद्धार्थ गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी र उनीसंग सम्बन्धित कपिलबस्तु, रुपन्देही र नवलपरासी  क्षेत्रका विभिन्न स्थलहरुले इसापूर्व  सातौं शताब्दी देखिको प्राचीन र मध्यकालीन पुरातात्विक परिचय बोकेका छन्। यस सन्दर्भमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र आफैंमा अनुसन्धान र खोजको लागि अध्ययन केन्द्र,  विश्वभरका बौद्ध धर्मालम्बीहरुको  अति पवित्र तीर्थस्थलका साथै सांस्कृतिक पर्यटनका लागि  बिकल्परहित  महत्व राख्दछ।

 सन् १८९६ डिसेम्बर १ मा ज. खड्ग शमशेर राणा र वि्रटि्रस इण्डियाका पुरातत्वविद् डा.एलोइस् एण्टोनी फुहाररले नेपालको लुम्बिनी गौतमबुद्धको पवित्र जन्मस्थल हो भन्ने आधिकारिकता दिलाए पछि  सन् १९७८ मा लुम्बिनी विकासको गुरु योजनाको निर्माण र कार्यान्वयनमा संयुक्त राष्ट्रसंघको समेत विशेष सहयोग प्राप्त भै लुम्बिनी अन्तरराष्ट्रिय चासो र महत्वको क्षेत्र बन्दै आएको छ।

ई.पू. ६२३ मा  सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो। बैशाख पूर्णीमाका दिन जन्मेका राजकुमार सिद्धार्थले ३५ बर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि शान्तिका दूत एवम् भगवान गौतम बुद्धका नामले विश्वभर फैलिए र  गौतम बुद्धको जन्मस्थलका कारण लुम्बिनीको महत्व बढ्न गयो। बौद्ध धर्माबलम्बीहरुका लागि चार मध्ये एक अति महत्वपूर्ण पबित्र तीर्थ स्थलका रुपमा यसको गणना भएको छ। यहा बुद्ध जन्मदाका पोखरी र बुद्ध जन्म स्मारकको संरक्षण भयो। बिभिन्न चैत्य र बिहारहरु बने। मौर्य सम्राट अशोक आफ्ना गुरु उपगुप्तसंग ई.पू. २४९ मा लुम्बिनी आए र गौतमबुद्धको जन्मस्थलमा हिदबुधेजाते सक्यमुनीति भनी उल्लेख भएको अशोकस्तम्भ स्थापना गरे।


सन् ४०३ मा प्रख्यात चिनीया यात्री फा—हियान लुम्बिनी पुगेको कुरा उनको यात्रा बृतान्तमा उल्लेख छ। त्यस समयमा उनले त्याँहा बुद्ध जन्मदा मायादेबीले समातेको बृक्ष, बुद्धलाई स्नान गराइएको पबित्र पोखरी लगायतका बिषयमा उल्लेख गरेका छन्। त्यस्तै सन् ६३६ मा अर्का चिनीया यात्री हुयन साङले पनि तेलार नदी, लुम्बिनी, अशोकस्तम्भ लगायतका बारेमा उल्लेख गरेका छन्। सन् १३१२ मा पश्चिम नेपालका राजा रिपू मल्ल त्यहाँ पुगेको कुरा उनले अशोक स्तम्भको माथिल्लो भागमा  लिखोट बनाइ दिएकोबाट प्रष्ट हुन्छ।

सन् १८९६ मा बिटि्रश इण्डियाका कार्यरत पुरातत्वबिद् डा.अलोइस् फुहररले तत्कालीन पाल्पाका बडाहाकिम खड्ग शमशेरको सहयोगमा पडेरिया गाउँस्थित लुम्बिनी जंगलको भित्र  खडारहेको उक्त ढुङ्गा अशोक स्तम्भ हो भनी प्रमाणित गरे पछि गौतम बुद्धको पबित्र जन्मस्थल लुम्बिनी नेपालको रुपन्देही जिल्लामा पर्दछ भन्ने  कुरा बिश्वव्यापी फैलियो। त्यसपछि लुम्बिनी बिश्व सम्पदाकै एक हिस्साको रुपमा महत्वपूर्ण तीर्थस्थलको रुपमा बिश्वपरिचित हुन थाल्यो।

सन् १९६७ मा संयुक्त राष्ट्र महासंघका तत्कालीन महासचिब उ  थान्त् लुम्बिनीको भ्रमणमा आए र नेपालका तत्कालीन राजा महेन्द्रसंग भएको सहमति र सहयोगको बातावरणले लुम्बिनीले नयाँ जीवनप्राप्त गर्‍यो। जसानुसार सन् १९७० मा लुम्बिनीका लागि अन्तर्राष्ट्रय सहयोग समिति बन्यो। जापानका बास्तुबिद् स्व.प्रो. केन्जो टाँगेले तयार पारेको  लुम्बिनीको गुरुयोजना सन् १९७८ मा स्वीकृत भै कार्यन्वयन हुन थाल्यो जुन अहिलेसम्म पनि पूर्ण हुन सकिरहेको छैन। लुम्बिनी सन् १९९७ देखि बिश्व सम्पदा सूचीमा पनि  समाबेश छ।


विश्वशान्ति दिप
एजेन्सीहरूको सहयोगमा...

0 comments:

Post a Comment