Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, May 30, 2011

नवनायिका विनिता आत्महत्या गर्ने मुडमा...

'विनितालाई आउट गरेकी हुँ'–कृषा 
कृषा आफ्नो काममा अनप्रोफेस्नल महिला हो ।’–अन्य चलचित्रकर्मी
पहिलो गाँसमै ढुङ्गा पर्दा खानुपर्ने बाँकि खानाको बारेमा पिरोलिने जोकोही हुन्छ । त्यस्तै पीरमा परेकी छन् मोडल विनिता बराल । दर्जनौं म्यूजिक भिडियो र विज्ञापनहरूमा दरो उपस्थिति जनाएकी विनितालाई निर्मात्री कृषा चौलागाईं र सविर श्रेष्ठले धोका दिएका छन् । एग्रिमेन्ट पेपरमा हस्ताक्षर भैसकेपछि विनितालाई यस्तो गरिनु उनीमाथिको ठाडो अन्याय हो ।


के म तिम्रो साथी बन्न सक्छु ?’ मा हिरोइनको रुपमा डेब्यू गर्न लागेकी नवनायिका विनितालाई सिनेमा युनिटले नराम्ररी धोका दिएपछि विनिता विक्षिप्त छन् । ‘म आत्महत्या पनि गर्न सक्छु !


Saturday, May 28, 2011

फेरी थपीयो समय

प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेबीच पाँचबुँदे सहमति संविधानसभाको म्याद तीन महिना थपिने भएको छ । माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको केहीबेर अघि सम्पन्न बैठकमा तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधान सभा संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ ।

Friday, May 27, 2011

रेखा थापाको नयाँ जोडी 'निर्मल सेन्चुरी'

नबनायक निर्मल सेन्चुरी र रेखा थापा
समकालिन चल्तीका हिरोहरूले रेखा थापासँग अनस्क्रिन रोमान्स गरे । विराज भट्ट, आर्यन सिग्देल, आयुष रिजाललगायतको सूचि लामो हुनसक्छ ।यो मेसोमा थपिएका छन् –निर्मल सेन्चुरी । जो ‘हिफाजत’स्टार रेखासँगै अपकमिङ एक प्रोजेक्ट ‘आइ लभ यू टु’मा प्रमुख पात्रका रुपमा देखापर्दैछन् । सेन्चुरी फिल्म कम्पनीले निर्माण गर्ने सिनेमामा अभिनेत्री रेखा निर्मलको अपोजिटमा हुनेछिन् । यही सिनेमामार्फत उनले रजतपट डेब्यु गर्दैछन् ।

Thursday, May 26, 2011

शुनिल थापा कांग्रेसी पो भएछन् ।


खुलामञ्चको  कांग्रेसी सभामा शुनीन थापा
राते काइँला उर्फ सुनिल थापा काँग्रेसी बनेको सातदिन भयो । हालैको काँग्रेस आमसभामा यी पाका अभिनेता 'जय नेपाल' उराल्दै थिए । चारतारे झन्डा र काँग्रेसीले भरिएको खुलामन्चबाट यी काइँला माओबादीविरुद्ध धुवाँदार भाषण गर्दै थिए ।अचानक राते काइँला पनि भाषण गर्न मन्चमा पुगेपछि उनी काँग्रेस पसेछन् भन्ने थाहा लाग्यो ।

Tuesday, May 24, 2011

मुन्नी बदनाम होइको गीतले गिनीज रेकड तोड्यो


यस वर्षको सर्वोत्कृष्ट फिल्म बन्न सफल ‘दबङ्ग’ को ‘मुनी बदनाम हुइ’ नामक गितले नयाँ इतिहास रचेको छ । १२ सय भन्दा बढी मानिसहरुले एकैपटक ३ मिनेट लामो उक्त आइटम सङमा नाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमान बनेको हो ।

लोडसेडिङको नयाँ तालीका 'जेठ १० बाट लागुहुने'

नेपाल विद्युत प्राधीकरणाले आज मंगलबार निकालेको नयाँ लोडसेडिङ तालीका

Sunday, May 22, 2011

प्रश्नपत्र आउट भएको ३ विषयको पुन:परिक्षा

उच्च माध्यमिक शिक्षा परिषदले परिक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएको कक्षा १२ का तीन वटा विषयको फेरी जाँच लिने भएको छ। परिषदको आइतबार बसेको बैठकले भौतिक शास्त्र, होटल व्यवस्थापन र कम्प्यूटर विज्ञानको पुनः जाँच लिने निर्णय गरेको हो।

दुनियाँ: परिक्षा अगावै कक्षा १२को प्रश्नपत्र बिक्री

दुनियाँ: पारसको फेरि दादागिरी

दुनियाँ: प्रश्नपत्र आउट भएको ३ विषयको पुन:परिक्षा

प्रश्नपत्र आउट भएको ३ विषयको पुन:परिक्षा

उच्च माध्यमिक शिक्षा परिषदले परिक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएको कक्षा १२ का तीन वटा विषयको फेरी जाँच लिने भएको छ। परिषदको आइतबार बसेको बैठकले भौतिक शास्त्र, होटल व्यवस्थापन र कम्प्यूटर विज्ञानको पुनः जाँच लिने निर्णय गरेको हो।

Saturday, May 21, 2011

मनिषा कोईराला नेपाली सीनेमा बनाउदै...


बलिउड सुन्दरी तर नेपालकी छोरी मनिषा कोइरालाल अब अभिनय मात्र होईन सिनेमा पनि नीर्माण गर्ने भएकी छन । मनिषाले माइ ग्रेन्डमदरनामक नेपाली चलचित्र बनाउने भएकी छन् । उनको हजुरआमाको जीवनबारे आधारित रहेर मनिषाले सिनेमा बनाउन लागेकी हुन् ।एक भारतीय दैनिकले जनाएअनुसार मनिषाले नेपाली चलचित्रलाई उँभो लाउने अठोट का साथ एउटा स्तरीय नेपाली सिनेमा बनाउन लागेकी हुन् ।

Wednesday, May 18, 2011

मनिषा कोईरालाको सम्बन्ध विच्छेद

गत वर्ष विहे गरेकी बलिउड सुन्दरी मनिषा कोइरालाको वैवाहिक जीवनको चर्चाले बलिउड फेरि तातेको छ । फिल्मी जीवनका हिरो हिरोइनको जिन्दगीको कथा तिनीहरुको वास्तविक जीवनमा पनि उकालो ओरोलो भैरहन्छ । गत वर्ष उनले सम्राट दाहालसँग लगन गाँठो कसेपछि अहिले मनिषा पनि त्यही चपेटामा परिरहेकी छन् ।

पारसको फेरि दादागिरी


आफ्नै कर्मचारी कुटे  पारसले,
राजसंस्थाको बदनाम गरेको भन्दै तथानाम गाली
पूर्वयुवराज पारस शाहले राजपरिवारको लगानी रहेको क्यासिनोका प्रवन्धकलाई तथानाम गाली गर्दै मध्यरातमा भकुरेका छन् ।राजपरिवारको लगानी रहेको दरवारमार्गस्थित क्यानिसो रोयलमा मदिरा सेवन गरेर मंगलबारराति पुगेका शाहले प्रबन्धक शैलन्द्र शमशेर राणालाई कुटेका हुन् । आफू निकटका सेक्युरिटी म्यानेजर टेकबहादुर चन्दलाई हटाएको भन्दै आक्रोसित बनेका शाहले प्रवन्धक राणालाई लछार-पछार गर्दै कुटपिट गरेका हुन् ।

Monday, May 16, 2011

मोरङ सरोकार,रंगेली अस्पतालको बैडमै छाता चाहीने ।

सरकारी रेकर्डमा जिल्ला अस्पतालको गणनामा रहेको मोरङको पुरानो जिल्ला सदरमुकाममा रहेको रंगेली जिल्ला अस्पतालको अवस्था नाजुक भएको छ । पानी परेको समयमा बिरामी छाता ओढेर बस्न बाध्य छन् भने चिकित्सक पनि छाता ओढेरै उपचार गर्ने गर्छन् ।दशकअघिदेखि अस्पतालको भवन मर्मत नगरिएपछि जीर्ण भएर छतबाट पानी चुहिन थालेको हो । जीर्ण भवन मर्मत तथा पुनर्निर्माण नहुँदा भवनको छतबाट पानी चुहिएर चिकित्सक र बिरामीलाई समस्या परेको छ । 'अस्पतालका सबै कोठामा पानी चुहिन्छ,'

Sunday, May 15, 2011

परिक्षा अगावै कक्षा १२को प्रश्नपत्र बिक्री


केपी ढुंगाना
कक्षा १२ को परीक्षाको तीन वटा विषयको प्रश्नपत्र परिक्षा अगाडिनै लिक गरेर विक्रि गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। परिक्षा अगाडिनै प्रश्नपत्र निकालेर फोटोकपी गरी विक्री गरेको अभियोगमा २ वटा कलेजका शिक्षक र २ जना विद्यार्थी पक्राउ परेका छन्।पक्राउ पर्नेमा जिलेट कलेज कालीमाटीका को–अर्डिनेटर तथा भाईस प्रिन्सीपल रुद्र अधिकारी, ब्राइटल्यान्ड कलेज बालाजुका शिक्षक नरेन्द्र सुवेदी,सन्तोष कुईकेल र न्यूटन कलेजका बिद्यार्थी बिनोद बस्नेत छन्।

तरकारी ढुवानीमा एम्बुलेन्स !

 अस्पतालमा बाहेक अन्य कुनै स्थानमा एम्बुलेन्स देख्नेवित्तिकै तपाईंको मनमा के सोचाइ आउँछ ?  पक्कै पनि कुनै मानिस बिरामी परेर अस्पताल लैजान लागेको होला भन्ने सोचाइ आउन सक्छ ।
तर, अब भने तपाइ हाम्रो यो सोचाइ गलत पनि हुन सक्छ, किनकि आजभोलि एम्बुलेन्सको प्रयोग जुनसुकै कामका लागि पनि हुन थालेको छ । बिरामीलाई अस्पताल पुर्‍याउनका लागि प्रयोग हुने एम्बुलेन्स आजभोलि तरकारी बेच्ने, बोक्ने तथा पिकनिक जानेजस्ता कार्यमा पनि प्रयोग हुन थालेका छन् ।

Thursday, May 12, 2011

फोटो प्रतियोगीता २०६७–नेपाल

प्रहरी र आन्दोलनकारीको भीडन्तमा परेकी एक बालिका फोटो :यलु जोशी
 गोरखापत्रकी संवाददाता यलु जोशी मनोरञ्जनात्मक फिचर समाचारको खोजीमा थिइन्। चाबहिलको पशुपति क्याम्पसका विद्यार्थी र प्रहरीको झडपले उनको काममा अवरोध पुर्‍यायो। पुलिस पत्रकारमाथि समेत जाइलागेको त्यो ठाउँ जतिसक्दो छिटो पार गर्न चाहन्थिन् उनी। तर, त्यो 'रणभूमि' छिचोल्न संघर्षरत बालिकाले उनलाई अड्यायो। उनले आफ्नो 'डी फिफ्टी' क्यामेरा झिकिन् र फटाफट त्यो दृश्य कैद गरिन्। गएको फागुनमा खिचेको त्यही फोटोले २३ वर्षिया यलुलाई 'फोटो अफ दी इयर'को उपाधी दिलायो।

Wednesday, May 11, 2011

अञ्जु पन्तका बुढाबुढी नबोल्दा............

सम्बन्ध विच्छेद भइसक्यो : अञ्जु
मन फर्काउने प्रयासमा छु : मनोज
गायन सम्बन्धी रियालिटी शोको निर्णायक भएर पाल्पामा अडिसन लिन आएका गायिका अञ्जु पन्त र उनका पति मनोजराजबीच बोलचाल भएन । 'सिंगिङ आइकन'को निर्णय सुनाउने क्रममा संगीतकार टीका भण्डारीसँग दुवैले कयौं पटक कानेखुसी गरे ।  तर, आपसमा बोलेनन्। पछिल्लो समय अञ्जु र मनोजको सम्बन्धमा फाटो आएको र उनीहरू पारपाचुके गर्ने अवस्थामा पुगेको चर्चा चलेको छ।  अञ्जु र मनोजको आपसमा तालमेल नमिल्दा प्रतियोगीले पनि कष्ट सहनु पर्‍यो।

Monday, May 9, 2011

नेवानि लुट्ने स्यालहरू

        नेपाल वायु सेवा निगम, नेवानि अर्थात् नेपालको राष्ट्रिय ध्वजावाहक वायु सेवा निगम, जुन व्यवस्था आयो, त्यसैको कमाई खाने अड्डा, जसको सरकार बन्यो, यसैको रजाइ गर्ने थलो बन्दै आएको छ । पञ्चायतमा राजा र राजाका आसेपासेहरूले लुटे, बहुदलमा दलका नेताहरूले पालैपालो लुटे, अहिले त थला परेको छ । पहिला-पहिला जहाज किन्ने र भाडामा लिने नाममा लुटिन्थ्यो । तर अब लुट्नलाई केही बाँकी छैन, त्यसैले बचेखुचेका इञ्जिन बनाउन पनि कमिसनको खेल हुन थालेको छ ।यही अवस्था हो भने नेवानि केही समयमै बन्द हुनेछ । लाग्छ नेवानि बन्दै भए पनि कमिसनको खेल रोकिनेछैन,जहाजका अस्थिपञ्जर कवाडीमा बेच्न पनि मारामार हुनेछ । नेवानिले २००८ सालमा जामा एयर नामक भारतीय कम्पनीले काठमाडौको सानो गौचरनबाट भारतको पटनाका लागि नेपालबाट पहिलो उडान भरेको थियो ।

Friday, May 6, 2011

नेपालमा फेरी घट्यो लोडसेडिङ समय

दीन–दीनै फेर्यो प्राधीकरणले समय तालीका
दिनको १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको काठमाडौंमा झण्डै एकहप्तासम्म बत्ती नै गएन । बत्ती नहुँदा आजित भएकालाई बत्ती आईरहँदा समेत कता कता के नमिलेको जस्तो अनुभव भयो ।लोडसेडिङको तालिका हेरेर काम गर्ने बानी भएकालाई पटक्कै लोडसेडिङ नहुँदा नौलो लाग्नु स्वभाविक नै थियो । माग अनुसार बिजली पुर्याउन सकिएन भन्ने प्राधिकरणले हप्ता दिनभरी चाहिं कसरी पुरै समय बत्ती दिन सक्यो त ? प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख चिरञ्जीवि शर्मा भन्छन् -नदीमा पानीको बहाब बढ्यो, पोखरा लगायतका ठाउँमा बिद्युत्त अवरोध हुँदा त्यता दिने बिजुली यतै गाभ्यौं ।

Thursday, May 5, 2011

कोरिया जान झण्डै ६० हजारको आवेदन


आकर्षक तलब र सुविधाका कारण इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपाली युवाको आकर्षण बढेको छ।यसअघिभन्दा अहिले कोरिया जाने युवाको संख्या बढेकाले उनीहरुका लागि कोरिया आकर्षक गन्तब्य बनेको देखिएको हो। पहिलो पटक इपीएसमार्फत कोरिया जान करिव ३५ हजार जनाले आवेदन दिएका थिए। दोस्रो पटक यो संख्या ४२ हजारमा रहेकामा अहिले(तेस्रो पटकमा) करिव ६० हजार पुगेको छ।

Wednesday, May 4, 2011

मन्त्रिपरिषद्को चौथो पटक विस्तार

काठमाडौं, वैशाख २१ - माओवादी, एमाले, मधेसी जनअधिकार फोरम र साना दललाई समावेश गरेर प्रधानमन्त्री झलनाथ खनालले बुधबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मन्त्रिपरिषद् विस्तारसँगै सरकारलाई दुई तिहाई समर्थन प्राप्त भएको छ । प्रधानमन्त्रीले बुधबार नै राष्ट्रपति रामवरण यादवको उपस्थितिमा १४ मन्त्रीहरुलाई शपथ खुवाएका छन् ।

Monday, May 2, 2011

मोरङमा भिषण संकट,हावाहुरीले दुईको मृत्यु, सयौ परिवारको बिचल्ली

हावाहुरीले क्षत–विक्षत पारेको मोरङ वनिगामाको घर।  तस्विर: खिलानाथ

आइतबार साँझ आएको हावाहुरीले सुनसरी र मोरङका अलगअलग स्थानमा दुई जनाको मृत्यु भएको छ। हावाहुरीले कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी७ मा बिजुलीको पोल ढाल्दा साइकल यात्री मोरङ् सुन्दरपुर७ का १९ बर्षीय मन्तोष भन्ने अशोक पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । पासवानको घटनास्थलमै मृत्यु भएको थियो ।

एन्फा रेडबुल मोरङ जिल्ला लिग फुटबल प्रतियोगितामा हसन्दहको विजयी सुरूआत

विराटनगर,१९ चैत्र – एन्फा रेडबुल मोरङ जिल्ला लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा हसन्दह, प्रभात,त्रिवेणी, र पचाम बिजयी भएको छ। सोमबार लक्ष्मीमार्गमा भएको पहिलो खेलमा हसन्दह स्पोटिङ क्लबले डाँगीहाटको युनाईटेड स्पोटिङ क्लबलाई २–१ को गोल अन्तरले पराजित गरेको हो।  त्यसैगरि दोस्रो खेलमा उर्लाबारी स्पोटिङ क्लबले हरैचाको पचाम स्पोर्टिङ क्लबलाई २–० गोलले पराजित गरेको हो।