Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, August 23, 2011

ट्विटर जस्तै नेपालीमा मेरो पोष्ट

On : 11:44 AM
In :
फेसबुक  ट्विटर जस्ता इन्नरनेट सामाजिक सञ्जाल संसाभरि लोकप्रिय भइरहेको बेला 'चौतारी'  लाई नेपाल टेलीकमले आन्तकि परीक्षण गहिका बेला नेपाली यूवा सुनील चौलागाई ले मेरो पोष्ट डट कम ल्याएका हुन।
काठमाण्डौको कान्तिपुर इन्जीनरीङ कलेजमा विई ईन्जनरीङ/कम्प्युटर गरिरहेका यी नेपाली युवाले आफ्नो एकल प्रयासमा http://meropost.comयो साईट बजारमा ल्याएका हुन।यो ट्विटर जस्तै सामाजीक सञ्जाल हो। 'यसलाई नेपालमै केन्द्र बनाएर चलाउन सुरु गरेको छु,' सुनीलले भने।

फेसबुक,ट्विटर,माइस्पेस जस्ता साइटका सर्बरहरु अमेरीकामा रहेपनि मेरो पोष्ट यँहिबाट चल्छ। यो साइटमा ट्विटर तथा फेसबुकका सबै सुविधाहरु छन्। साथी बनाउन च्याट गर्न,फलो गर्न फोटो हरु अपलोड गर्नु तथा सेयर गर्न मिल्ने हुन्छ। यसमा गुगल एप्स पनि राख्न मिल्ने सञ्चालक सुनील बताउछँन। 

सुरुमा ५० जीबी अर्थात करिब २ लाख जना सदस्य अटाउने यसको क्षमता छ। तर आवस्यकता अनुसार यसको क्षमता बढाउदै लैजाने सुनील बताउछन्। करिब ५० हजार जती खर्च गरि एक हप्ता अगाडि औपचारीक सुरु गरेको यस साइटमा ५०० जना सहभागि भइसकेका छन्। यसमा आफ्नो प्रोफाइल एक घण्टामा कती  पटक हेरीयो त्यसको जानकारी पनि थाहा हुन्छ। 

यसमा युजरहरुको कुनै परिचयपत्र तथा नागरिकता सेन्ड गरेमा यसको भेरीफाई पनि गर्न मिल्छ। जसको कारण फेक युजर हुदैनन्। 
सञ्चालक सुनील

यसमा ग्रुपहरु पनि खोल्न सकिन्छ। यसमा फलो र फलोइङ राखिएको छ। करिब ६ महिनाको  आन्तरिक परिक्षण पश्चात मेरो पोष्ट सुचारु भएको हो। सानै उमेरदेखि यो फेसबुक ट्विटर कसरी बनाएको हो भन्ने खुल्दुली लागिरहेको हुन्थ्यो। अनि एउटा फेमवर्क लिएर त्यसलाई यता –उता चलाएर आजको यो स्थितीमा आएको हो। त्यसैले यसको बारेमा गहन अध्ययन गरेर मैले यो सफलता हासील गरेको हो।'सुनिल भन्छन्। ' यसमा मेरे घर परिवारबाट पनि ठुलै सहयोग पाएकोले पनि यो सफलता पाएको हुँ।

फेसबुक तथा ट्विटर अहिले नेपालमा धेरै हेरीने साइटमा पर्छ। फेसबुक,ट्विटर लगायतको साइट खोल्न अमेरीकामा रहेको सर्वरमा पुग्नु पर्छ । यो बाध्यताले नेपाली रुपैयाँ पनि बाहिरीने गरेको छ। यहि कुरालाई पनि केहि सहयोग पुगोस भनेर मैले यो साईट खोलेको हुँ। यसका लागि सबैको सहयोग पाएमा राम्रो उपयोगिता हासिल हुनेछ भन्ने सोचेको छु। 

4 comments:

  1. ati ramro dost. may all nepalese n all the world use meropost.......... best of luck fren.

    ReplyDelete
  2. तपाई हाम्रो हौसला र सहयोगले नै सुनिल जस्ता यूवाले केही गर्ने सक्छन ।

    ReplyDelete
  3. yesto garda dherai ramro hun6 sunil best of luck...................

    ReplyDelete