Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Wednesday, July 20, 2011

नेपालबाट हेराल्ड टि्रब्यूनको प्रकाशन आरम्भ

On : 11:34 AM
In :
तस्विर सौजन्य : उमेश 
नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिकको प्रकाशक नेपाल रिपब्लिक मिडियाले काठमाडौंबाट इन्टरनेसनल हेराल्ड टि्रब्यूनको एसिया प्रशान्त संस्करण प्रकाशनको आजबाट सुरु गरेको छ। हेराल्ड टि्रब्युनको काठमाडौंबाट प्रकाशन हुने संस्करण बिहीबार बिहानदेखि पाठकले पढ्न पाउनेछन्।  

रिपब्लिक मिडियाको अंग्रेजी दैनिक रिपब्लिकासँगको साझेदारीमा काठमाडौंबाट हेराल्ड टि्रब्यूनको प्रकाशन सुरु भएको हो।

रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र हेराल्ड टि्रब्यूनको एसिया प्रशान्त क्षेत्रका प्रबन्ध निर्देशक र्‍यान्डी विडलले बुधबार राजधानीमा आयोजित समारोहबीच दुई प्रकाशन गृहबीचको सम्झौतामा हस्ताक्षर गरे।

न्यूयोर्क टाइम्सको विश्वव्यापी संस्करण हेराल्ड टि्रब्यून प्रकाशन हुने काठमाडौं अठारौं एसिया प्रशान्त क्षेत्रीय सहर हो। पेरिसमा मुख्य कार्यालय रही विश्वका १ सय ८० देशमा बिक्री हुने यो १ सय २४ वर्ष पुरानो पत्रिका विश्वका ४० ठाउँबाट प्रकाशन हुन्छ।
कार्यक्रममा विडलले रिपब्लिक मिडियालाई हेराल्ड टि्रब्यून परिवारमा स्वागत गर्दै भने,'यो सहकार्यले पत्रकारिता विश्वका सबै कुनामा व्यापक हुँदै गएको पुष्टि गरेको छ।'

कार्यक्रममा हेराल्ड टि्रब्यूनका प्रकाशक स्टेफन डनबर जोन्सनले पेरिसस्थित कार्यालयबाट पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियो। उनले काठमाडौंबाट हेराल्ड टि्रब्यून प्रकाशन सुरु भएकामा प्रसन्नता व्यक्त गर्दै भने, 'यसका लागि म नेपाल रिपब्लिक मिडियालाई धन्यवाद दिन्छु।'

रिपब्लिकाका प्रधान सम्पादक अमित ढकालले काठमाडौंबाट अन्तर्राष्ट्रिय दैनिकको प्रकाशन सुरु भएकामा गर्व गर्दै भने,'हेराल्ड टि्रब्यूनको प्रकाशनले नेपाली मिडियामा नयाँ अध्याय सुरु गरेको छ।'

 

0 comments:

Post a Comment