Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Saturday, June 4, 2011

माइकल लर्नस टु रक नेपाल आउने

On : 9:31 AM
In :
विश्वविख्यात डेनिस रक ब्याण्ड माइकल लर्नस् टु रकले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । गतबर्ष ब्रायन एडम्सलाई काठमाडौंको दशरथ रंगशालामा कन्सर्ट गराउने ओडिसी नेटवर्कले नै सो व्याण्डलाई नेपाल निम्त्याएको हो । ओडिसीका सिमान्त गुरुङ्ले आगामी अक्टुबर वा नोभेम्बरमा व्याण्डले काठमाडौंमा कन्सर्ट गर्ने जनाएका छन् ।
एमएलटिआर नामबाट पनि प्रख्यात १९८८मा बनेको सो व्याण्डका स्लिपिङ् चाइल्ड ट्वेन्टी फाइभ मिनेटस् आउट अफ द ब्लु पेन्ट माइ लभ टेक मि टु योर हार्ट जस्ता गीतहरु हिट चार्टमा छन् ।

0 comments:

Post a Comment