Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Saturday, August 6, 2011

नेपाल सामु श्रीलंका निरीह

On : 12:26 PM
In :
नेपाली युवा टोलीले शनिबार श्रीलंकामाथि ६–० को फराकिलो जितसहित प्रथम साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा समुह विजेता हुँदै भारतसँगको भेट पक्का गरेको छ। मुसलधारे पानीमा नेपालको जितमा सुमन लामा, ऋषि थापामगरले २–२ तथा रुङरीहाङ राई र विश्वास श्रेष्ठले १–१ गोल गरेका थिए।





बंगलादेशसँग समान ४ अंक भए पनि गोलअन्तरमा माथि परेको नेपाल समूह 'बी' को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। समूह 'ए' बाट पाकिस्तान विजेता र भारत उपविजेता हुँदै सेमिफाइनल पुगिसकेका छन्।

पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि अघिल्लो चरण पुग्न नेपाललाई कम्तीमा बराबर नतिजा आवश्यक थियो। तर नेपालले सेमिफाइनल पुग्नु भन्दा पनि समूह विजेता बन्ने लक्ष्य लिएकाले त्यसमा सफल भयो। समूह विजेता बन्न नेपाललाई ५–० को जित आवश्यक थियो।

'हामी ५–० कै जितको लक्ष्य लिएर आएको थियौं। सफल भयौं,' प्रशिक्षक सुनिल श्रेष्ठले भने, 'दुई डिफेन्डरलाई विङ्समा प्रयोग गर्न खोज्दा पहिलो हाफ धेरै मौका गुम्यो। दोस्रो हाफमा केही रणनीति परिवर्तन गर्यौं र सफल भयौं।' 




अघिल्लो खेलमा भन्दा अनुशासित देखिएको नेपाली टोलीले श्रीलंकालाई सुरुदेखि अन्त्यसम्म नियन्त्रणमा राखेको थियो। त्यसका बावजुद पहिलो हाफमा नेपाल १–० ले मात्र अगाडि रह्यो। श्रीलंकाका गोलकिपर अब्दुल्ला मोहम्मद उजमानको गल्तीमा फाइदा उठाउँदै सुमन लामाले १५औं मिनेटमा गोल गरे। विश्वास श्रेष्ठले गरेको लामो प्रहारबाट आएको बल हातमा आएर पनि अब्दुल्लाले फुत्काएपछि रिबाउन्डमा सुमनले नजिकबाट गोल गरेका हुन्।

दोस्रो गोल ४८औं मिनेटमा रुङरीहाङले नजिकबाट गरे। कप्तान हेमन गुरुङको क्रसलाई ऋषिले छोटो पास निकालेपछि गोलपोस्ट अगाडि लडेका रुङरीले त्यही अवस्थामा दोस्रो बारमा गोल हानेका थिए। यता परिवर्तित गर्ने तयारी चल्दै गर्दा रुङरीले गोल हानेका हुन्। गोल हानेलगत्तै अर्को मिनेटमा उनलाई सुरज हमाल स्थानान्तरण गरे।

२–० को अग्रतापछि नेपालले ११ मिनेटभित्र ४ गोल गरेको थियो। त्यसपछि खेलमा फर्कने श्रीलंकाको सम्भावना समाप्त भयो। ५९ देखि ७०औं मिनेटबीचमा नेपालले ४ गोल गरेको हो। ५९औंमा सुमनले एकल प्रयासमा अर्को गोल थपे भने विश्वासले ६४औं मिनेटमा गरे। ऋषिले ६८औं र ७०औं मिनेटमा गोल गरे। त्यसपछि ठूलो वर्षाले मैदान हिलाम्ये हुँदा दुवै टोलीले स्वाभाविक प्रदर्शन गर्न सकेनन्। यद्यपि हिलो र पानीमा पनि विपक्षीमाथि नेपाली युवा हाबी भए।

श्रीलंकाका प्रशिक्षक सुमिथ वोलपोलाले नेपाली टोली दक्षिण एसियामै उत्कृष्ट रहेको बताए।

0 comments:

Post a Comment