Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, August 4, 2011

Friday Release in 2068-04-20(शुक्रबार साउन २०)

On : 11:16 AM
In :
शुक्रबार एकैसाथ तीन नेपाली सिनेमा रिलिज हुँदैछन् -'के यो माया हो', 'हाता लाग्यो शुन्य' र 'सन्देश' ।
बलिउडमा सानो ब्यानरको 'आइ एम कलाम' तथा हलिउडमा 'राइज अफ द प्लानेट अफ द एप्स' र 'द चेन्ज अप' रिलिज हुँदैछन् ।

 नेपाली सिनेमाका स्टारपावर राजेश हमाल, रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका तीन बेग्लाबेग्लै चलचित्र एकसाथ प्रदर्शन हुनेछन् ।

के यो माया हो

सुदर्शन थापा निर्देशित यो चलचित्र कमेडी श्रेणीमा निर्मित छ । आर्यन सिग्देल, सुष्मा कार्की, सौगात मल्ल, अरुणिमा लम्साल, नीर शाह आदिले अभिनय गरेको चलचित्रलाई गौरव हिराचन र सुरेश पहारीले निर्माण गरेका हुन् । लिभिङ टुगेदरको कथामा आधारित चलचित्रको संगीत सुगम पोखरेलले भरेका छन् । उपत्यकाका सबै मल्टिप्लेक्समा प्रदर्शन हुने सिनेमा देशभरका क्यू र डीसीएन सर्भरअन्तर्गत २० स्क्रीनमा एकसाथ प्रदर्शन हुनेछ । वितरण सुनिल मानन्धरले गरेका छन् । चलचित्रमा आर्यन र सौगात पहिलोपटक कमेडी भूमिकामा छन् भने सुष्मा लिड हिरोइनमा ।


हाता लाग्यो शुन्य 

अभिनेता राजेश हमाल पहिलोपटक यही चलचित्रमार्फत कमेडी भूमिकामा देखापरेका छन् । विजयविक्रम बस्नेतले निर्देशन गरेको चलचित्रमा हमालले 'बेली डान्स' पनि नाचेका छन् भने तरकारीसँग भिडन्त पनि गरेका छन् । हमालको अपोजिटमा झरना थापा छिन् । भारतको गोवाबाट कोरियोग्राफर सिकेर नेपाल आएका निर्देशक बस्नेतको यो सिनेमालाई विश्व नेपाल, कृष्णा पराजुली र शुभ पराजुलीले मिलेर निर्माण गरेका हुन् । किरण केसी, गोपाल ढकाल आदिले पनि खेलेका छन् । क्यू च्यानलमार्फत रिलिज हुने चलचित्र मोफसलबाट प्रदर्शनमा आउनेछ ।

सन्देश

रामबी नेपालीले निर्माण गरेको चलचित्रको निर्देशन प्रमोद भण्डारीले गरेका हुन् । रेखा थापा, बिराज भट्ट, सुशिल क्षेत्री, रेजिना उप्रेती, मुरलीधर, रामबी नेपालीले अभिनय गरेको चलचित्र काठमाडौं उपत्यकाबाट प्रदर्शनमा आउँदैछ । गंगा र विश्वज्योतिसहित उपत्यकाका १४ स्क्रीनमा चलचित्र प्रदर्शन हुँदैछ । दीर्घनारायण श्रेष्ठले वितरण गरेको सिनेमामा महेश खड्काको संगीत र हिमाल केसीको फाइट छ । राष्ट्र र राष्ट्रियता, राजनीति, समाज र मायाप्रेमको सन्देश दिन खोजेको चलचित्र यसअघि मोफसलमा ब्यावसायिकरुपमा सफल भैसकेको छ । चलचित्र फर्मुला श्रेणीमा निर्मित छ ।


आइ एम कलाम 

बलिउडमा यो साता रिलिज हुने एकमात्र सिनेमा आइएम कलाम एउटा आर्ट चलचित्र हो । निला माधव पान्डाले निर्देशन गरेको चलचित्रमा हर्ष मायार, हुसन साड, गुल्सन ग्रोभरलगायतले अभिनय गरेका छन् । यसको मुख्य पात्र छोटु (हर्ष मायर) हो । उसको पारिवारिक आर्थिक स्थिती दयनीय हुन्छ । तर, ऊ यति उत्साहित हुन्छ कि कुनैपनि समस्या उसलाई ठूलो लाग्दैन । ऊ आफ्नो परिवारलाई सहयोग गर्न दिनमा सडक छेउको सानो होटलमा काम गर्छ र बेलुका कतैबाट जम्मा पारेको किताब पढ्छ । उसको सोच भनेको कुनैदिन राम्रो शिक्षा हासिल गरेर आफ्नो भविष्य बनाउने हुन्छ । स्माइल फाउन्डेसनले वितरण गरेको चलचित्र ८७ मिनेट लामो छ ।

राइज अफ द प्लानेट अफ द एप्स 

साइन्स फिक्सन श्रेणीको चलचित्रलाई रुपर्ट वाटले निर्देशन गरेका हुन् । चलचित्रमा जेम्स फ्र्रंयाको, फ्रीडा पिन्टो, जोन लिथगोले अभिनय गरेका छन् । बलिउड चलचित्र 'स्लमडग मिलेनियर' हिरोइन फ्रीडाको यो पहिलो हलिउड डेब्यु सिनेमा हो । 'द एस्केपिस्ट' जस्तो अत्यन्त चर्चित फिल्मका निर्देशक रुपर्ट वाटको यो नयाँ प्रयोग हो । यो फिल्ममा उनले जेनेटिकल्ली इन्जिनियर्ड चिम्पान्जीलाई प्रमुख विषय बनाएर प्रस्तुत गरेका छन् । सनफ्रान्सस्कोका महत्वाकाङ्र्क्षी बैज्ञानिक बाबुछोराले आफ्नो ल्याबमा क्यासर नामक चिम्पान्जीको विकास गर्छन् । उक्त एप अत्यन्त बुद्धिमानी हुन्छ । उसले आफ्नो एप समाजलाई मान्छेबाट जोगाउन हरेक प्रकारका कोसिस गर्दछ ।

द चेन्ज अप

कमेडी श्रेणीको यो हलिउड सिनेमालाई डेभिड डबकिनले निर्देशन गरेका हुन् । राएन रेनोल्डस, जेसोन ब्याटमेन, लेस्ली मन, ओलिभिया वाइल्ड आदि कलाकारले अभिनय गरेको यो सिनेमा १ घन्टा ४५ मिनेट लामो छ । दुई बाबुछोराको कथामा आधारित चलचित्रलाई डेभिड डबकिन र नील एच मोर्टिजले मिलेर निर्माण गरेका हुन् । जोन डेब्नीको संगीत रहेको चलचित्रलाई युनिभस्रल पिक्चस्रले वितरण गर्दैछ ।



श्रोत : एजेन्सीहरु

0 comments:

Post a Comment