Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, August 23, 2011

किन हराउँदैछ पिङ

On : 11:38 AM
In :
हिन्दुमात्रको महान पर्व दशैलाई धुमधाम सँग आ-आफ्नै तवरले मनाइन्छ । देवीदेवताको पूजा अचर्ना देखि लिएर शुभकामना आदनप्रदान गरि हर्षोल्लासका साथ मनाइन्छ । यसका साथै दशैंको आफ्नै मौलीक संस्कृतिक महत्व झल्काउन पिङ हाल्ने र खेल्ने पनि गरिन्छ । दशैंको चहलपहल बदेपछि मनोराजनका रुपमा खेलिने पिङको तयारीका लागी युवाहरु केहि दिन अगावैबाट सकि्रय हुन थाल्छन । चचहुईको आवाज वर्षको एकपटक सर्वत्र गुन्जन्छ ।

दसैं र तिहारताका ठाँउठाँउमा मानिसहरु पिङ खेल्न झुमिएका हुन्छन । पिङ खेल्नुको महत्व र कारण थाहा नभए पनि वर्षमा एकदिन पिङ खेल्नुपर्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा छ ।र यो पनि थाहा छकीदशैको बेलामा एकपटक धर्ती छोड्नुपर्ने पनि पुराना बुढा-पाखा वताउछन् । त्यसो त पिङ नेपालीहरुको एक पहिचान हो भने मौलिक परम्परा पनि । धार्मिक युगदेखि नै पिङ खेल्ने प्रचलन रहेको पाइन्छ ।

भगवान श्रीकृष्णले पिङ वा झुला खेलेको सन्दर्भलाई हाम्रा धार्मिक ग्रन्थमा पनि वर्णन गरिएको पाइन्छ । त्यसो त मिथिलाञ्चलमा प्रत्येक साउन भदौमा झुला पराम्परा मनाउने चलन अझै पनि छ । दसैंतिहारमा सबैलाई पायक पर्ने ठाउँमा पिङ हाल्नुखेल्नु हाम्रो पुरातन सांस्कृतिक परम्परा हो । तर हिजोआज पिङ हाल्ने र खेल्ने परम्परा क्रमश हराउदै गएको देखिन्छ ।

दशैंमा खेलिने पिङ सबै एकै प्रकारका हुदैनन् । सस्तो र सजिलो पिङका रुपमा लिंगेपिङलाई लिईन्छ । यो सबैतिर चर्चित पिङ हो । बाँस सबैतिर पाइने भएकोले नै यसको सबैतिर लोकपि्रयता बढेको हो । हिजोआज रोटेपिङ र जाँतोपिङ गाँउघरतिर कमै मात्र देख्न पाइन्छ । चारदेखि २४ वटासम्मा पिर्का राखेर बनाएको पिङ रोटेपिङु हो । यसलाई पश्चिम नेपालतिर चर्खेपिङु पनि भनिन्छ । त्यस्तै जाँतोझै घुम्ने पिङलाई जाँतेपिङु र कतैकतै चर्खे पिङु पनि भन्दछन् । समग्रममा भन्नुपर्दा यस्ताखाले पिङहरु लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । यस्ता पिङ निर्माण गर्न दक्ष व्यक्ति को अभाव भएका कारण र प्रशस्त काठ पनि चाहिने भएकोले हिजोआजा यस्ता पिङहरु कमै मात्रमा देखिएका हुन् । पश्चिममा बाँस प्रशस्त नपाइने हुनाले काठका अग्ला खम्बा गाडेर पिङ हालिन्छ । बैतडी डोटी बाँके कैलालीतिर पिङलाई लठ्ठा भनिन्छ भने मनाङ जुम्लातिर काँकरु भनिन्छ । त्यस्तै पहाडतिर चौताराहरुमा रहेका बरपीपलका रुखमा हालिने पिङलाइ लठारे पिङ भनिन्छ ।

विभिन्न नामले दशैंतिहारमा खेलिने पिङको प्रचलन हिजोआजको मात्र होइन । यो त पुरानो परम्परा हो । तर हिजोआज पिङ हाल्ने र खेल्ने चलनमा ह्रास आएको छ । पश्चिमेली संस्कृतिको अनुसरण परसंस्कृतिका कारण यस्ता परम्पराहरु लोप हुन गएको कुरा फुटुङका राजेश ढकाल बताउँछन् । नेपालको पश्चिमाञ्चल क्षेत्रमा पिङमा नै रोदी खेल्ने चलन छ । साथै पिङ खेल्न निम्ता दिने चलन पनि छ । जसलाई देशाली बोलाउने भनिन्छ । यी विभिन्न प्रसंग एवं विशेषताले गर्दा पिङको महत्व धेरै रहेको पाइन्छ । पिङ निर्माण गर्दा शास्त्रीय परम्परा अनुसरण गर्नुपर्ने धारण संस्कृतिविद रामप्रसाद फुयाँलको छ । उनका नुसार पिङ स्थापना गर्दा पिङका चारैतिरका खाँबोमा देवीदेवताको चित्र कोरी पुजाअर्चना गर्ने गरिन्छ । लेखनाथ नगरपालिकाका विष्णु वाग्लेका अनुसार नेपालको पश्चिमाञ्चलमा पिङमा नै रोदी खेल्ने चलन छ । साथै पिङ खेल्न निम्ता दिने चलन पनि छ । जसलाई देशाली बोलाउने भनिन्छ । यी विभिन्न प्रसंग एवं विशेषताले गर्दा पिङको महत्व धेरै रहेको पाइन्छ । पिङ हाम्रो संस्कृतिको पहिचान भएकोले यसको संरक्षण गर्नु हामी सबैको महत्वपूर्ण कर्तव्य हो । संस्कृति रहे मात्र हाम्रो पहिचान रहन्छ भन्ने मुल मर्मलाई बुझेर युवा वर्गले पनि यस्ता सांस्कृतिक धरोहर जोगाउन कम्मर कसेर लाग्नुपर्दछ ।

0 comments:

Post a Comment