Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, August 30, 2011

पुर्वेली सुन्दरी"मनिला जोशी" मिस नेपाल २०११

On : 11:43 AM
In :
धरान, सुनसरीकी मलिना जोशी यो वर्ष 'मिस नेपाल–२०११ ' भएकी छिन्। राजधानीको सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा मंगलबार साँझ सम्पन्न फाइनलमा १८ युवतीलाई पछि पार्दै ५ फिट ६ इन्च अग्ली २३ वर्षिया जोशीले उपाधि जितेकी हुन् । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा एमबीए गरिरहेकी उनी बैंकिङ र मार्केटिङ क्षेत्रमा लाग्ने भएपनि यसपालीको मीस नेपालमा सहभागि भएर उपाधीमाथी कब्जा गरेकी हुन् ।
'महिलाहरूले शासन गर्ने अवसर पाए २०५० मा संसार कस्तो हुनेछ' भन्ने कार्यक्रमका निर्णायक यसुवर्धन प्रधानले गरेको प्रश्नमा उनले संसारमा महिलाको शासन सुरु भइसकेको र महिला नै पुरूषका लागि प्रेरणाको स्रोत भएकाले आफूलाई गर्व महसुस भएको बताउदै निर्णायकको नजरमा उत्कृष्ठ बनेकी हुन ।


उपाधिसँगै उनले ५० हजार नगदका साथै आगामी कात्तिक २० मा लन्डनमा हुने मिस वर्ल्डमा नेपालको तर्फबाट उनी सहभागी हुने अवसर पनि पाउकी छिन् ।यसैगरि उपाधीको साथमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र काठमाडौं महानगरपालिकाकी सद्भावना दूत समेत घोषित भएकी छिन् । जित हासिल गरेपछि उनले आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिइन्।'मिस नेपाल बन्ने सपना पूरा भएको छ। अब युवाहरूका लागि काम गर्छु,' उनले भनिन्।

प्रतियोगीतामा अनुपमा ओरा गुरुङ फस्ट रनरअप भइन्। उनले ब्युटिफुल हेयरको उपाधि समेत जितिन्। शर्मिला मास्केलाई सेकेन्ड रनरअपको ताज मिल्यो। गुरुङले ३५ र मास्केले २५ हजार नगद पुरस्कार पाए। मनीषा विष्ट थर्डरनरअप र नेहा पौडेल फोर्थ रनरअप घोषित भए।

प्रतियोगितामा मनीषा विष्टले फोटोजेनिक, नम्रता दाहालले पर्सनालिटी, विष्णु चेम्जोङले ट्यालेन्ट र प्रतिमा श्रेष्ठले स्माइलको उपाधि पाए।

ब्युटिफुल कम्प्लेक्सनमा निता योगी, पपुलर च्वाइसमा नेहा पौडेल र पर्सभेरेन्समा मदिना वेगम उत्कृष्ट भइन्। उपाधि विजेताले १० हजार पाएका छन्।

 सिने गुरूङ, श्रेया सोताङ, निर्भाना श्रेष्ठ र डिजे रजिना श्रेत्रीको सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा द हिडेन ट्रेजरजरले आयोजना गरेको प्रतियोगितामा मनीषा कोइराला, योगेश्वर अमात्य, सिर्जना राणा, शैलजा अधिकारी, जेनिशा मोक्तान, रितु सिंह वैद्य, यसवर्धन प्रधान, दीपक खरेल, राजेन्द्र बजगाई र अजयभद्र खनाल निर्णायक थिए। रचना सिंहको कोरियोग्राफी थियो। आयोजक गोपाल सुन्दरलाल कक्षपतिले प्रायोजकको अभावमा उत्कृष्ट उपहार दिन नपाएको गुनासो गरे।


मिस नेपाल २०११ :  मलिना जोशी

फर्स्ट रनर अप : अनुपमा अउरा गुरुङ

सेकेन्ड रनर अप : सरिना मास्के

थर्ड रनर अप : मनीषा विष्ट

फोर्थ रनर अप :  नेहा पौडेल

मिस पर्सवरेन्स(दृणता) : मदिना बेगम

मिस पपुलर च्वाइस : नेहा पौडेल

मिस ट्यालेन्ट : विष्णु चेम्जोङ

मिस ब्युटिफुल कम्प्लेक्सन : नीता योगी

मिस पर्सन्यालिटी : नम्रता दाहाल

मिस ब्युटिफुल स्माइल : प्रतिभा श्रेष्ठ

मिस फोटोजेनिक : मनीषा विष्ट

मिस ब्यूटीफुल हेयर  : अनुपमा अउरा गुरुङ 

0 comments:

Post a Comment