Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Wednesday, September 7, 2011

भ्रष्टचार

On : 11:41 AM
In :
भ्रष्टचार विरोधी अभियानमा एकातीर भएको कानुनको पनि दक्ष जनशक्तीको अभाबमा प्रभाबकारी अनुसन्धान र कार्यान्ययन हुन सकेको छैन भने अर्कोतिर भएकै कानुनमा पनि भ्रष्टचारको सञ्जालले अनेक प्वालहरुको निर्माण गरि भ्रष्टचार गरेर उम्कने गरेको पाइएको छ। त्यसमाथी कतिपय भ्रष्टचारको सन्दर्भहरुलाई कानुनले समेत समेट्न सकेको छैन। जसले जति धन कमाएपनि राज्यले कहीलै त्यो धन कहाँ बाट आएको हो भनेर सोधखोज गरिएको छैन। साथै चल अचल सम्पतीको खरिद विक्री गर्ने गर्दा त्यसको आय श्रोत उल्लेख गर्नुपर्ने कानुनी ब्याख्या गरेको छैन।
सार्वजनीक पदधारण गरेको ब्यत्कीलाईअकुत सम्पती जम्मा गरको भनेर मुद्धा चलाउन सक्ने प्राबधान भएपनि यसको उचित कार्यान्ययन हुन सकेको छैन। अचल सम्पती खरिद गर्दा नै आयश्रोत देखाउनुपर्ने ब्यवस्था भएपनि सार्वजनिक पदधारण गर्ने र नगर्नै सबैलाई समेट्न सकिन्छ। र भ्रष्टचार नियन्त्रणमा केही हद सम्म भएपनि सम्बन्धीद ब्यक्तीहरुलाई समेट्न सकिन्छ र भ्रष्टचार विरुद्धको दायरा फराकीलो बनाउन सकिन्छ।

संविधान सभा पछाडि बन्ने संविधानले राज्य सञ्चालनमा कस्तो किसीमको विधी अपनाउने हो भनेर भविस्यमा बताउला तर मुलुकमा जुनसुकै विधी वा तन्त्र लागु गरिएपनि समाजमा जरो गाडेर बसेको भ्रष्टचारको नियन्त्रण गर्न जतिसुकै अठोट लिएपनि यो रोग दीन दुईगुना रात चौगुना भएर मौलाइरहेको छ। साथै कुन क्षेत्रमा कसरी भ्रष्टचार भइरहेको छ भनि खोट्याउन खोज्दा भ्रष्टचारकै दलदलमा भासिन पुगेका विगतको अनुभबहरुले दर्शाउछ। भ्रष्टचार एउटा यस्तो चिज हो जसले राष्ट्रलाई खोक्रो मात्र बनाउदैन विश्व रंगमञ्चमा कुनैपनि राष्ट्रलाई असफल राष्ट्रको सुचीमा परिणत गरिदीनेछ। हामी सबै जनजाती,आदिबासी,दलित पिछडिएका वर्ग र गरिब जनताको जीवनस्तर उकास्दै नयाँ नेपाल निर्माणको जगमा उभिरहेको बेला भ्रष्टचारको प्रकरणलाई चटक्कै विर्षीएर अगाडि बढ्न खोज्दा लक्ष्यमा पुगीएला त?

जबसम्म भ्रष्टचार निायन्त्रण हुँदैन तबसम्म सुसासन र जनताको जीबनस्तरमा सुधार आउदैन। त्यसैले राष्ट्रको यस महारोगलाई सबै क्षेत्रबाट जरैदेखि उन्मुलन गरेमा मात्र अहिलेको मुल आवस्यकता हो यस मद्धा लाई तुरुनतै पार लगाउछु भन्नु पनि बुद्धीमता नठहर्लाकी?तर यसो भनदैमा समाजमा यस्ता एैँजेरुहरुलाई काट्न हीम्मत नगरेसम्म जनताको मुहारमा खुसी कसरी छाउला? विश्व समिक्षक प्रणय गुप्ताले असफल राष्ट्रलाई सफल तथा समुन्नत बनाउन निम्न उपायहरु दिएका छन्।

१.प्रशासनको उच्च तहमा इमान्दार सक्षम र कर्तब्य निष्ठ ब्यक्ती हुनुपर्दछ।

२.धनि गरिब विचको अनतराल घटाउनुपर्दछ।

३.योजना र लक्ष्य स्पष्ट हुनुपर्दछ।

४.जनताको मनोबल उठाउनुपर्दछ।


यसैगरि जुरीच विश्वविद्यालयका प्रा.डा. डानियल थुररले भने अनुसार दिउाँसो राज नेता र राती डाकाहुनेबाट राष्ट्रको बचाउ हुनुपर्दछ।संयुक्त राष्ट्रसंघका महासचिव बुगोस घालीका अनुसार…शान्ती सुरक्षा सु–सासन तथा भ्रष्टचार मुक्त स्रशासनका लागि राष्ट्रले कठोर अनुसासन पालना गराउन सकेमा असफल हुन लागेको राष्ट्रलाई दुर्घट्नाबाट बचाउन सकिन्छ।भ्रष्टचार र तस्करी कुनै आतंकबाद भन्दा कम खतरनाक अपराध होइन।आज विश्वको कयौ देशमा भ्रष्टचार तस्कर लागुऔषध अपराधीलाई आर्थीक दण्डका साथै मृतयु दण्ड समेत प्रंचलन रहीआएको छ।यस्तो जघनय अपराध लाई सहयोग पुग्ने कामका लागि प्जातान्त्रीक प्रजातन्त्रबादी राजनैतीक शक्तीका रुपमा जनतामा जान खोज्ने दल र ब्यक्तीहरु समेत संलग्न रहनु मुलुकको लागि अर्थात देशका लागि नै दुखत घट्ना हो।

0 comments:

Post a Comment