Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Sunday, September 11, 2011

जमुना गुरूङ वर्षको उत्कृष्ट खेलाडी

On : 9:25 AM
In :

पल्सर वर्ष खेलाडी महिला : जमुना गुरुङ 

महिला साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेकी मोरङकी ,तथा नेपाली महिला फुटबलकी कप्तान जमुना गुरुङ यो वर्षको पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छन् ।  त्यस्तै ग्वाङ्झाउ एसियाडमा नेपालका लागि एकमात्र पदक जित्ने बक्सर दीपक महर्जन पनि पुरुष तर्फबाट उत्कृष्ठ वर्ष खेलाडि बनेका छन् । दुवै विधाका विजेताले पुरस्कारस्वरुप पल्सर मोटरसाइकलका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।


आइतबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेपाल खेलकुद पत्रकार संघद्वारा आयोजीत अवार्डको महिलामा जमुनाले आफ्नै टिमकी सहयात्री अनु लामा, टेनिसकी किशोरी अश्लेषा लिसानोविच, एथलेटिक्सकी कान्छिमाया कोजु र तेक्वान्दोकी मनिता शाहीलाई पछि पार्दै उपाधिमा कब्जा जमाएकी हुन्। विजेता जमुनाले आफ्नो जितको श्रेय एन्फा, मोरङ जिल्ला फुटबल संघ, पूर्वेली फुटबललाई दिइन् । उनले दिवंगत दाजुप्रति अवार्ड समर्पण गरेकी थिइन्।

पुरुष खेलाडीको विधामा बक्सिङ खेलाडी दीपक महर्जनले मनोनयनमा परेका क्रिकेटका राहुल बिक, फुटबलका रोहित चन्द, शारीरिक सुगठनका श्याम श्रेष्ठ र बुद्धिचालका विलमलाल श्रेष्ठलाई पछि पारेका थिए।
पुरस्कार पाएपछि दीपकले भावुक भएर भने, 'यो पुरस्कारले खेलाडीको मनोबल बढाएको छ। मलाई भने थप जिम्मेवारीबोध महसुस भएको छ। आज मलाई केही गरेको मात्र महसुस भएन, अझै धेरै गर्न बाँकी रहेको पनि बोध भएको छ। म देशका लागि थप मेहनत लगाएर खेल्नेछु र अझै ठूला उपलब्धी हासिल गर्नेछु।'




पल्सर स्पोर्टस् अवार्डका विजेताहरू

पल्सर स्पोर्टस् अवार्डका विजेताहरू














 
पल्सर वर्ष खेलाडी महिला : जमुना गुरुङ

पल्सर वर्ष खेलाडी पुरूष : दीपक महर्जन
लोकप्रिय खेलाडीको उपाधि विजेता सीपोरा गुरूङ ।  उनले बक्सिङका दीपक महर्जन, फुटबलका सागर थापा, क्रिकेटका राहुल बिक र पौडीकी श्रेया धिताललाई पछाडि पारिन्। २ लाख ९८ हजार ५ सय १२ एसएमएस मतमध्ये सिपोराले १ लाख ३६ हजार २ सय ७२ मत प्राप्त गर्दै दोस्रोपटक लोकप्रिय खेलाडीको उपाधि पोखरा पुर्‍याइन्। दुई वर्षअघि पोखराकै भलिबल खेलाडी मञ्जु गुरुङ पनि विजेता भएकी थिइन्। पल्सर वर्ष खेलाडी बनेका दीपकले १ लाख २८ हजार ६ सय ८४ मत ल्याएर सिपोरालाई चुनौती पेश गरेका थिए। यसैगरी सागरले २१ हजार ९ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहे। 


युवा खेलाडीको विधामा नेपाललाई एसीसी यु-१९ एलिट कप जिताएकी कप्तान नेरी थापा क्रिकेटकै दुई तथा जुडो र टेबलटेनिसका १/१ प्रतिद्वन्द्वीलाई पछि पार्दै युवा खेलाडी विधामा उत्कृष्ट भइन्। उनले मनोनयनमा परेका आफ्नै टोलीकी सहयात्री सरिता मगर, यु-१९ पुरुष टोलीका कप्तान पृथु बास्कोटा, जुडोकी फुपूल्हामु खत्री र टेबलटेनिसका अनिश श्रेष्ठलाई निराश पारेकी थिइन्।








नेपाली टेबलटेनिसका पहिलो प्रशिक्षक रमेशराज जोशी आइतबार नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

दीपकलाई एसियाडमा कांस्य जिताउँदा रणनीति तयार गरेका प्रचण्ड शर्मा उत्कृष्ट प्रशिक्षकमा चुनिए। उनले शारीरिक सुगठनका ज्ञानेन्द्र नकर्मी, महिला फुटबलका ध्रुव केसी, क्रिकेटका जगत टमाटा तथा महिला क्रिकेटका श्यामसंग जंग थापालाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षकको ट्रफी उचाले।












पुर्वको सान :सुनसरीका दिलीप राई र झापाका भगीरथ आले पूर्वाञ्चलको फुटबलमा तीन दसकदेखि लगातार सक्रिय भएर खेलाडी उत्पादनमा लागेबापत आइतबार पल्सर स्पोर्टस अवार्डको विशेष पुरस्कारबाट संयुक्त सम्मानित भएका छन् ।
उत्कृष्ट पारा एथलिटको : विक्रम राना



0 comments:

Post a Comment