Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, September 30, 2011

अस्वीकार्य कोशेली नल्याऊ

On : 10:56 AM
In :
विविधताबीच सबैलाई एउटै सुत्रमा बाध्न सहयोग पुर्‍याउँदै आपसी सद्भावलाई मजबुद पार्ने पर्वका रुपमा दशै–तिहारलाई चित्रण गरिन्छ, नेपाली समाजमा। अरुप्रति समर्पित र सकारात्मक शुभेच्छा प्रकट गर्दै मनाइने यो पर्वको शुरुवाती कथनमा केहि फरकपना देखाइएपनि, यसको सकारात्मक पाटो लिन सक्दा कम महत्वको छैनन्, यी पर्व। घरभन्दा टाढा रहेकाहरू घर फिरेपछि र आफन्तको आउँ–जाऊँले बर्षदिनदेखि नभेटिएकाहरुलाई भेट गराउँदै दशैं हाम्रो घरआगँनबाट बाहिरिएको छ । अधिकांश नेपालीले मनाउँने र हिन्दुहरुको महान पर्व दशैंमा एउटा शब्दावली खुब प्रयोगमा आउँछ – कोशेली।
मान्यजनबाट आर्सिवाद लिनुअघि आर्सिवाद ग्रहणका लागि आएको जनाउँ दिदै कोशेली बुझाईन्छ। आ–आफ्नै संस्कृति र गच्छे अनुसार कोशेली बनाइन्छ र लगिन्छ। त्यो कोशेली ग्रहण योग्य हुनुपर्छ। हाम्रो गाँउघरमा विसेष गरि राइ लिम्बुहरूको बसोबास भएकाले पनि होला –चाम्लीङ राई संस्कृतिमा खसीको मासुबाट बनाइने कुनै पनि परिकारको कोशेली ग्रहण (हालसम्म) हुनसक्दैन्, त्यो संस्कृति र मान्यता बिरुद्ध मानिन्छ। परिबर्तनको कुरा ठाउँमा छ। त्यो समयलाई नै जिम्मा दिऊ। भबिष्यले त्यसको बहस गर्नेछ।


तर, अर्को शेलीबारे दुई–चार कुरा आलोतातै गर्न मन लाग्योे। मेरो गाउँका दुई/चार जना भाईबहिनी तीन बर्षअघि शहर छिरेका थिए। गाउँको माध्यमिक तहसम्मको पढाई अत्यन्तै राम्रो। एसएलसीमा राम्रो डिभिजन ल्याएपछि, उच्च शिक्षाका लागि घरमा अलिक बढि नै दुख गरेर (थोरै हैसियत भएकाहरुले) छोराछोरीलाई शहर पठाएका। उनीहरू यसअघिका बर्षका दशैंमा घर आएनन्। तर, यो दशैले उनीहरुलाई घरसम्म ल्याई छाड्यो। भेटघाट भयो। टिका थापे। आसिर्वाद के मागे के पाए त्यता नजाऊ। मेरो कुरा तीनैले गाउँघरसम्म ल्याएको कोशेलीको हो। 


उनीहरुले ल्याएको कोशेली धुलो र चकमकबाट आगोे बालेर जीबन बचाएका बजैआमादेखि सलाई र लाईटरबाट आगो बालेर भात पकाएका आमासम्मलाई स्वीकार्य भएनन्। हुन्त आफैसँग भएका चिज नै कोशेली ल्याएपनि, सम्मान हुन्थ्यो हाम्रो समाजमा। तर, अस्वीकार्य कोशेली भएकाले सम्मान भएनन्। जसलाई सम्मान गरिदैन्, प्रस्तुतीमा चलकता देखाइएपनि त्यसको सिधा अर्थ अपमान नै हुन्छ, यो सन्दर्भमा। मौलिकतालाई परिचय मान्ने आर्दश बोकेका परिबर्तनका हिमायती गाउँका माईतीले शहरबाट आएकी चेलीको टाउँकोदेखि खुट्टासम्म हेर्न सकेनन्। अनि कसरी स्वीकार गर्न सक्लिन त्यो कोशेली? शिरदेखि पाऊसम्म मौलिक परिहरनमा सजिएकी एउटी आमाले। 


आफ्नै माटोमा सुगन्ध फैलाउँदै बढिरहेका फुल रुपी ती नानीहरू गाउँमा सबैको हाई–हाई थिए, तीन बर्षअघिसम्म। दौरासुरुवाल र गुन्युचोला फ्याकेर अरुको सिको गर्दै फर्किएका तिनै नानीहरुलाई अहिले अधिकांशले स्वर मिलाएर भन्दैछन् – साह्रै बिग्रिएछ। पढाईमा चाहि फेल भएर पोशाकमा अरुको सिको गर्दै फर्किएका ती नानीहरुको प्रतिउत्तरले चाहि मलाई पनि चित्त बुझेन। नानीहरू भन्दैथिए – गाउँको लुगा लाए, शहरमा जिस्क्याउँछ। अरे बाबा! त्यो अर्धनग्न पोशाक चाहि कुन शहरको पहिचान रै…छ? र सांस्कृतिक विभिधताले भरिएको देशमा सांस्कृतिक पहिरनलाई जिस्क्याईन्छ। पढेर योग्य बन्न गएकाहरू अयोग्य बन्दा पो जिस्क्याइउनुपर्ने होन र? यहाँ मैले परिबर्तनको बिरोध गरेको होईन्। म विश्व विकासको म्याराथुनमा कुद्नेहरुको खुट्टा समात्न चाहन्न। बरु हौसला दिन्छु। आसा गरौं त्यो सबैबाट प्राप्त हुन्छ। तर, म्याराथुन आवरणले नभई सामर्थले जितिन्छ। र त्यो आजको आवश्यकीय सामर्थ नग्नताले होइन् विवेकले प्राप्त हुन्छ। नग्नताले गाउँमा मात्रै होइन् शहरमै पनि अपराध पो नित्याउँछ त। दिनप्रतिदिन दिनैदहाडै बलात्कार हुँदैछ व्यस्त शहरमा यसको कारक के हो? 


गाउँको पक्षपोषण र शहरको बिरोध नभन्नु होला। तर, अहिले मेरो गाउँमा सडक बनेको छ। कच्ची सडकमै भएपनि, दुई/चार वटा गाडी कुद्छन्। छिमेकी गाउँ हलेसीसम्म बिजुली बिस्तार भएको छ। यहि बर्ष दुर्छिमसम्म झिलीमिली हुँदैछ। अर्काे छिमेकी गाउँ डिकुवाले गाउँमै बिजुली उत्पादन गरेर बत्ति बाल्नुको अलवा घरमै बसेर टिभी, रेडियो र कम्प्युटरसम्म प्रयोगमा ल्याइसकेका छन्। गाउँ–गाउँमा शहर जान पहँज नपुगेकाहरुले पैसा उठाएर, श्रमदान गरेर उच्च माबि चलाएका छन्। बिहान–बिहान छोरानातीसँग साथी भएर तिम्पा/बाबै(बडाबा/काका)हरू एघार कक्षामा पढ्न थालेका छन्। मर्दापर्दा जुट्ने समुदायहरू साकेला, ह्लोसार, दशैंतिहारदेखि तिजको संगिनीसमेत मिलेर नाच्छन्। अर्काे संस्कृतिलाई जिस्क्याएको छैन्। तामाङको ह्लोसारलाई राईले जिस्क्याउँदैनन् र राईको साकेलालाई तामाङले जिस्क्याउँदैनन्। मैले बिकास र परिबर्तन कै बिरोध गर्ने भए झण्डै आधा गाउँलेहरुको हातहातमा पुगेको मोबाईल फोनको बिरोध गर्थे, यसले हाम्रो खर्च बढायो भनेर। बिकासको क्रमसँगै गाउँसम्म थुप्रै प्रविधिका सामान भित्रिएका छन्, तिनको बिरोध गर्थे। किन भाईले काटेर प्वालैप्वाल बनाइएको पाईन्ट, कानको कुन्डल र रङ्ग्याएका कपालको कुरा गर्नु? मलाई त अर्धनग्न पोशाकमा भन्दा गुन्युचोलाले सजिएकी चेली राम्री देखिन्छिन् जस्तो लाग्छ। मान्छेको कपाल कालो हुन्छ। कतै रातो कपालको बर्णन भएको सुनेको छैन्। फेरि सप्तरङ्गी हुने हो भने मयुर कि मान्छे ऊ? मान्छेलाई कालो कपालले नै मान्छेको परिचय दिएको छ। सेतो भएपछि, बढेसकालको संज्ञा दिन्छौं। 


अतः परिबर्तन चाहि क्रम भंगताबाटै हुन्छ यो सत्य हो। हलो जोती माम भन्ने संस्कृति नतोडेको भए हामी यो स्थितीमा आउने थिएनौं। तर, केलाई नमान्ने, कुन संस्कृति परिमार्जन गर्ने त्यो चिन्न सक्नुपर्छ। नाटकमा देखिएका कलाकार मदनकृष्ण श्रेष्ठको श्रृगारको नक्कल गर्दैमा मदनकृष्ण हुन सकिदैन्। अब ती नानीहरुले बु‰नुपर्छ कि नग्नता लिएर गाउँ आउनुभन्दा उच्च सोचाई बनाएर आए फेरि सबै गाउँलेको हाई–हाई भइन्छ। एउटी आमाले आफ्ना सन्तान सबैको हाई–हाई भएको हेर्न चाहन्छिन्। …सबैले मान्ने हुनु' ती आमा हामीलाई दशैंमा यसरी आसिर्वाद दिन्छिन्। सबैले मान्ने हुनका लागि ऊ सामाजिक, शैक्षिक, साँस्कृतिक, राजनीतिक, प्राविधिक सबै रुपमा योग्य बन्नुसक्नुपर्छ। त्यसका लागि आजका सचेत नागरिकले सोच्नैपर्छ। किश्वोर–किश्वोरीहरुको उमेर सिक्ने उमेर हो। सहि सिकौं, असल बनु। अव पालो चेली र माइतीबीचको सम्बन्ध सुमधुर बनाउँदै आउने पर्व तिहारको छ। तिहारमा पनि यसलाई मनन् गरु। सकारात्मक सोच्न आजैदेखि शुरु गरौं। भबिष्य यसैले बनाउँछ। कसरी हुन्छ, अर्काे कोशेली सबैको स्वीकार्य होस्। अग्रिम–शुभकामना।

0 comments:

Post a Comment