Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, September 30, 2011

टीकाको शुभ साइत असोज १९ गते बिहान १०: ३५ बजे

On : 9:47 AM
In :
यस वर्षको विजयादशमीको टीकाको शुभ साइत असोज १९ गते बिहान १०: ३५ बजे रहेको छ। विजया दशमीको दिन बिहान ९:४५ बजे देवी विसर्जन गर्ने साइत जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विजया दशमीको टीकाको साइत १०:३५ बजे भए पनि उक्त दिन दिनभरि नै टीका प्रसाद लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव ज्योतिष सूर्यप्रसाद ढुङ्गेल बताउनुभयो । यसैगरी असोज १६ गते फूलपातीका दिन बिहान ९: २७ बजे तुलजा भवानीको यात्राको साइत रहेको छ ।

यसका साथै १०:०३ बजे थिराशन र टीकाका दिन मध्याह्न १२:२७ बजे तुलजाभवानीको यात्राको शुभ साइत रहेको समितिले जनाएको छ । थिराशनका शुभ साइत भने १३:५९ बजे जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

0 comments:

Post a Comment