Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Sunday, September 18, 2011

९० साल यताकै शक्तिशाली भुकम्प, ६ को मृत्यु

On : 1:14 PM
In :
आइतबार साँझ देशका विभिन्न स्थानमा गएको शक्तिशाली भूकम्पमा परि काठमाडौंमा ३, सुनसरीको धरानमा दुई र ताप्लेजुङमा एक गरि ६ जनाको मृत्यु भएको छ । साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूगर्भ तथा खानी विभागले जनाएको छ ।
काठमाडौं प्रहरीका अनुसार बेलायती दूताबासको पर्खाल भत्किएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुम्लिचोक ६ गोर्खाका ३६ बषिर्य साजन श्रेष्ठ र उनकी ८ बषिर्या छोरी अनिसा श्रेष्ठ र सिन्धुली मरिनखोलाका करिव २० बर्सीय बीरबहादुर माझी रहेका छन ।


भूकम्प आएपछि भागदौड गर्दा काठमाडौंमा दर्जनौंको संख्यामा घाइते भएका छन् । मनमोहन अस्पतालमा रमेश गुरुङ, रितिका तामाङ र सविरा घिमिरेको उपचार भइरहेको छ भने वीर अस्पताल र पाटन अस्पतालमा दर्जनौं घाइते उपचाररत रहेको बताइएको छ । उनीहरु धिकांशको खुट्टा भांचिएको अस्पतालले जनाएका छन् ।

पूर्वमा ठूलो क्षति

भूकम्पबाट पूर्वमा सबैभन्दा बढी क्षति भएको छ । धरानमा दुई जनाको मृत्यु भएको छ भने पूर्वका अधिकांश जिल्लामा सरकारी तथा निजी घर भत्किएका छन् । केही घाइते छन्  धरान नगरपालिका-१३ स्थित फुस्रेमा घरको पर्खाल भत्किँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा कटुन्जेका २० वर्षीय सन्तोष परियार र उनका भतिजा ७ वर्षीय विमल परियार छन् । यी दुईको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीहरु काठ र इँटाले बनेको पुराको घरमा भाडामा बसेका थिए । घरबेटी बस्दै आएको अर्को घरको पर्खाल भत्किएपछि त्यसले थिचेर दुवैको मृत्यु भएको हो । विमलका बाबु नेपाली सेनाको कालीबक्स गणमा सुचीकार हुन् । बालकका बाबुआमा घटनाको खबर सुनेपछि राती अबेरसम्म गणभित्रै बेहोस भएका थिए । उनीहरुको गणभित्रै उपचार भइरहेको प्रहरीले जनाएको छ । सन्तोष ड्राइभिङ तालिम लिन धरान आएका थिए ।

भुकम्पपछि घरबाट बाहिर निस्कन खोज्दा धरान-१ का प्रेम प्रधान घाइते छन् । इनरुवा-२ का २८ वर्षीय श्री मण्डल सोही ठाउँका ऐलिया पोद्दार २५ वर्षीय ज्योति मेहता र पश्चिम कुसाहा घर भई इनरुवा बोर्डिङ स्कुलमा अध्ययनरत १५ वर्षीय अजयकुमार साह पनि घाइते छन् ।

भुकम्पको त्रासले घरबाट हाम फाल्ने क्रममा सप्तरी फत्तेपुर घर भई इटहरी-१ मा डेरा गरी बस्दै आएका बाबुराम खड्का घाइते छन् । भुकम्पले इटहरीको गोरखा डिपार्टमेन्टमा सामान्य क्षति पुगेको छ । मोरङ प्रहरीको भवन सामान्य चर्किएको छ ।

धनकुटा जिल्लामा ४ जना घाइते छन् । भुकम्प आएपछि तनावले धनकुटाको तमोर भ्याली विद्यालयमा अध्ययनरत गर्ने निङ्वा शेर्पा्र बेहोस भएकी थिइन् । संखुवासभा पाथीभरा गाविस घर भई धनकुटाको तल्लो गोकुन्डेश्वरमा अध्ययनरत विपुल राई र सुजन राई घाइते छन् । उनीहरु छतबाट हाम फाल्दा घाइते भएको प्रहरीले जनाएको छ । धनकुटाको पौडेल होटलमा बास बसेका पाँचथर चुवाङका व्यापारी धनमान तामाङ घाइते छन् । उनी भर् याङबाट ओर्लने क्रममा लडेका थिए । संखुवभासभा प्रहरी कार्यालय जिल्ला विकास समिति जिल्ला प्रशासन कार्यालय लगायत १६ घरमा क्षति पुगेको छ ।

प्रहरीको ब्यारेक भत्किँदा प्रहरी जवान गंगाराम राई घाइते भएको संखुवासभा प्रहरीले बताएको छ । भुकम्पका कारण तेह्रथुम र धनकुटाका दर्जनौं घर चर्किएका छन् ।

ताप्लेजुङ  खेजेनिम गाविसकी २२ वर्षीया कृष्णा लिम्बु र २२ वर्षीय पूर्णकुमार तामाङ घाइते छन् । कृष्णा आफ्नो बच्चा बचाउने क्रममा हिँड्दै गर्दा लडेर घाइते भएकी हुन् । पूर्णकुमार घरका सामग्री खसेर घाइते भएका हुन् ।

ताप्लेजुङ कारागारको उत्तर-पश्चिम भागको १५ फिट लामो पर्खाल भत्किएको छ । कैदी सुरक्षित छन् । ताप्लेजुङमा ६ घरमा क्षति पुगेको भने सबै सदरमुकामका अधिकांश घर चर्किएका छन् । भोजपुरमा दश घर भत्किएका छन् ।

0 comments:

Post a Comment