Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 5, 2011

२८ वर्षपछि भित्रीयो विश्वकपको 'कप' भारतमा

On : 10:37 AM
In :
भारतले २८ वर्षपछि विश्वकप क्रिकेटको उपाधि शनिबार हात राती पारेको छ । मुम्वईमा भएको फाइनलमा उसले श्रीलंकामाथि ६ विकेटले  जितेको हो । भारतले यस अघि पनि सन् १९८३ मा विश्वकप जितेको थियो ।आजको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले महेला जयवद्धर्नेले नटआउट १ सय ३ रन को सहयोगमा ६ विकेट गमाइ २ सय ७४ रन बनायो ।

 प्रत्युत्तरमा प्रतियोगीताको एकमात्र अपराजीत टोली भारतले १० बल अघिनै ४ विकेट गुमाउदै २ सय ७७ रन बनायो ।


भारतीय कप्तान तथा म्यान अफ द म्याच महेन्द्रसिंह धोनीले विजयी छक्का प्रहार गरेका थिए । उनी ९१ रनमा नटआउट रहे । त्यस्तै म्यान अफ द सीरीज युवराज सिंह २१ रनमा अन्तिमसम्म क्रिजमा रहे । भारतका लागि गौतम गम्भिरले ९७ रनको महत्वपुर्ण योगदान दिए । फाइनलमा पराजित श्रीलंकाले पनि सन् १९९६ मा विश्वकप जितेको थियो ।
छैटौँ ओभरमा १८ रन बनाएका सचिन तेन्दुलकर मुम्बईको घरेलु मैदानमा आउट हुँदा भारतको स्कोर ३१/२ भएको थियो। तर तेस्रो विकेटका लागि विराट कोहली र गौतम गम्भीरले गरेको महत्त्वपूर्ण साझेदारी र कोहली आउट भएपछि कप्तान महेन्द्रसिंह धोनीसँग गम्भीरको साझेदारीले नै जितको रेखा कोरेको थियो। 

0 comments:

Post a Comment