Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 5, 2011

युवा सभासदको भुमीका खोई ?

On : 10:35 AM
In :
 दिन महिना, वर्ष गन्दै जाँदा ऐतिहासीक जनआन्दोलन सफल भएको पनि आज ५ वर्ष पुरा भयो। दलका केही नेताको आर्थिक हैसियतमा वृद्धि भयो तर जनताले आशा गरेका कुनै पनि क्षेत्रमा परिवर्तन आउन सकेन। राजनीतिक दलहरुले २ वर्षमा संविधान बनाउने भनेपनि तोकिएको मितिमा संविधान नबनेपछि जनतामा झनै निराशा बढ्दै गएको छ। संविधान घोषणा गर्ने भनेका दिन संविधान सभाको भ्याद थप्दा पनि खुशि हुनुपर्ने अवस्था आयो। यसले के देखाउँछ भने हामी दिन प्रतिदिन अधोगति तर्फ गइरहेका छौं। परिवर्तनपछि मुलुकले आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा गति लिदै अगाडि बढ्नु पर्नेमा अधोगति तर्फ लाग्नु अवश्य पनि दुःखद पक्ष हो।


संविधान सभामा सहभागि ६०१ जना सभासद् छन्। संविधान नबनाएको भन्दै जनता बाट बारम्बार आलोचीत बन्दै आएका छन्। नागरिक समाजका अगुवा तथा बुद्धीजीबीहरु सबैलाई एउटै ड्याङमा राखेर हेर्न हुँदैन भन्दै सविधान नबन्नुमा ठुला दलका नेताको निश्क्रीयता नै हो भन्छन्। यदि अन्य सभासद् सक्रिय भएका भए किन माउ नेतालाई संविधान बनाउन दबाब दिएनन् ? अहिले हेर्दा उही पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको भने जस्तै गरी केबल जागिर खान आएका जस्ता देखिन्छन्। जागिर पनि काम गरेर होइन यहाँ त कामै नगरी खाएको देखिन्छ। क्षमता र खुबी नहुनेहरुले सभासद्को पदलाई रामै्र जागिर पाएजस्तो गरेपनि युवा सभासद्को बिचार र दृष्टिकोण अलि व्यापक हुनु पर्ने थियो। आवश्यक पर्दा राम्रो कामका लागि आफ्नै माउ नेताको पनि आलोचना गर्न सक्नु पर्छ। पार्टी भन्दा ठूलो राष्ट्र हो, राष्ट्रलाई राम्रो बाटोमा हिंडाउने युवाहरुले नै हो। विभिन्न दलहरुको प्रतिनिधित्व गर्दै संविधान सभामा पुगेका युवाहरु एक भइ भाबी नेपालको चित्र कोर्न सक्नु पर्छ। यसका लागि दबाब आवश्यक भए युवाहरुको साथ लिने हिम्मत गर्नु पर्छ। युवा सभासद्हरु अन्य पाका सभासद् भन्दा फरक हुनुपर्नेमा खासै फरक भएको देखिदैन।
मूलुक रह्यो भने युवाहरुनै  भावी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबै हुन। ०६२/०६३ सालको जनआन्दोलनले उत्साहित बनेका जनतामा यति बेला राजनीति र नेता प्रति वितृष्णा बढ्दो छ। जनताले गणतन्त्र ल्याउनु अघि राजतन्त्र नै देशको प्रमुख बाधक ठानेका थिए। गणतन्त्र पछि पनि उस्तै अवस्था भएपछि नेता प्रति वितृष्णा बढ्दो छ। यसले युवा नेताहरुलाई भविष्यमा झनै गाह्रो पार्ने निस्चित छ। यसका बारेमा युवा नेतृत्व आजै गंभीर बन्नु पर्छ। संविधान लेखनमा सबै युवाको नेतृत्व अहिले सभासद् बनेकाहरुले गर्नु पर्छ। युवाहरुले नै मुलुकमा आमूल परिवर्तन गर्न सक्छन् भनेर नै यूवालाई ठाउँ दिन दबाब दिएका थिए। त्यसैले सविधानसभामा युवा सभासदको उपस्थिति सह्रानिय छ। यिनै युवाहरु पाटीको साघुरो घेरामा कुनै नेताको गुनगान गाउँदै पिछा लाग्दै जाने हो भने व्यक्तिगत लाभ त होला तर सामाजिक दृष्टिकोणबाट गिर्नु पर्छ अनि युवा बर्ग र सिङ्गो राष्ट्रले युवा नेतृत्वबाट गरेको आशा निराशामा बिलय हुन जान्छ।
नेपालमा २००७ साल देखि हुँदै आएका आन्दोलन र ती आन्दोलनले ल्याएको परिवर्तन कहिल्यै पनि आन्दोलनको लक्ष्य अनुसार अघि बढ्न सकेनन्। आफ्नो दुनो मात्र सोझ्याउने नेताहरुकै कारण देशलाई अगाडी बढ्न दिएका छैनन्। अनि अब पनि युवाहरु यस्तै व्यक्तिहरुलाई राजनीतिक गुरु मान्दै हिड्ने हो भने कुनै क्षेत्रमा कहिल्यै पनि परिवर्तन हुँदैन। समाज र मुलुक पुरुषार्थीले मात्र हाँक्छ। पिलन्धर कातर जति सुन्दर होस जति मिठो बोलोस् त्यसले इतिहासको रथ हाँक्दैन। त्यसैल अब युवाहरुले समय अनुसारको परिवर्तनका लागि आफ्नै दलका गलत निर्णयको बिरोध गदै आन्दोलन नगर्ने हो भने देशको विकास  सयौ वर्ष पछाडि जान्छ र आजका युवाहरु भोलि वृद्ध हुँदा अभाबले तड्पिएर मर्नु पर्ने हुन्छ। युवाहरुले युवा अबस्थामा नै खतरनाक र डरलाग्दा अनुभब बटुल्नु पर्छ। युवाहरु जीवनका हर क्षेत्रमा सम्मानीत र पुरस्कृत हुनु पर्छ तर अहिले युवाहरु केही नीहित स्वार्थका कारण गलत हो भन्ने थाहा हुदाँ–हुँदै पनि गलत लाई सहि मान्नै पर्ने कारण मूलुक अधोगति तर्फ गइरहेको छ।
२०१७, २०३६, २०४६ सालमा असफल भइसकेका नेताले युवा शक्तिलाई हाकेका छन्। तीनले आफू बाहेक अरुलाई क्षमतावान मान्दैनन्। यहि यथार्थलाई युवाले बुझ्न सकेनन्। युवा सभासदहरु दल र त्यो दल भित्र रहेको गुठ भन्दा माथि आउने कोसिश नै गरेनन्। युवाहरु आफै शोषित छन् तर आफुमाथी भएको शोषणलाई अन्त्य गर्दै समाज बदल्नु पर्ने युवा सभासद्ले दुई वर्षको अवधिमा संविधान बनाउन दबाब दिएन्न। संविधान कुनै व्यक्ति दल विषेसको नभएर एउटा सिङ्गो राष्ट्रका लागि हो।
देश प्रतिको दायित्व बिर्सेका भ्रष्ट नेताहरुकै कारण शान्ति सुरक्षाको स्थिती दिनानुदिन बिग्रदो छ देश कानून विहिन जस्तै छ। राजनीतिक पहुँच हुनेले दिउँसै लुटेका छन्। जताततै अराजकता मौलाउँदै गएको छ। बेराजगारीले गर्दा आजका युवा शक्ति कामका लागि विदेसीनु परेको छ। देश क्रमशः युवा विहिन बन्दैछ अर्थात भनौं अधिकांस गाउँमा मलामी जाने युवा पनि छैनन्। यसबारेमा युवा नेतृत्वले शसक्त आवाज उठाउनु पर्छ। देशमै बसेका युवाहरुलाई पनि राजनीतिक दलले भातृसंगठनका नाममा लडाउँदै छन्। आफ्ना छोरा/छोरीलाई बिदेशका महङ्गा–महङ्गा स्कूल, कलेजमा पढाउने अनि जनताका छोरा/छोरीलाई लडाएर राजनीतिक लाभ लिनेहरुलाई युवा सभासदले खबरदारी गरी क्षणिक लाभको राजनीति गर्नेलाई रोक्नु पर्छ।
१२ बुदंे सम्झौता पछि धेरै पटक धेरै किसीमका सम्झौता भए। जेष्ठ १४ गते तीन दलका शीर्षस्थ नेता बीचमा मध्यराती तीन बुदे सहमति भएको थियो। तर किन र कसका कारणले त्यो सहमति कार्यान्वयन भएन? तीन बुँदे सहमति गर्न तयार दलका नेतालाई युवा सभासदले संविधान सभाको भवनमा राखेर कार्यान्वयन गर्न किन दवाब दिनसकेनन्? तीन दलका नेता मिलेर सहमति गर्छन् भने तीनै दलका युवा सभासद्ले सहमति कार्यान्वयन गर भनेर दवाब दिंदा युवा सभासद्लाई के घाटा हुन्छ? केही काम गरेर दुनियाँलाई देखाउन चाहनेहरुले पहिले त आफैलाई गतिशील बनाउनु पर्छ। युवा सभासद् दुई वर्ष सम्म गतिशील हुन सकेनन्। थपिएको एक वर्षमा पनि सात महिना त्यसै बित्यो।  कुनै बेला संबिधानसभा सरकार बनाउने र गिराउने थलो बन्यो। तर अहिले सत्रौ पटक सम्म पनि प्रधानमन्त्री चयन गर्न संबिधानसभा असफल भयो। सरकार बनाउने र समयमै बजेट ल्याउने जस्ता सामान्य कुरामा त अन्तराष्ट्रिय बेइज्जत हुने गरि संसदमै हानाहान पर्‍यो। सहमति जुट्न सकेन भने सैद्धान्तिक रुपमै ठूलो बिवाद रहेको संबिधानमा कसरी सहमत जुटेर  आउला। चार महिना सम्म सरकार बनाउन नसक्ने नेताको पछि पछि युवा सभासद कतिन्जेल दौडीरहने?नेताको व्यावहारले गर्दा जनतामा निराशा बढ्दै छ। संबिधानसभाबाट संबिधान बन्छ भन्ने कुरामा अब विश्वास गर्ने ठाउँ बाँकी छ भने युवा सभासद्मा मात्रै छ। त्यसैले युवा सभासद्ले देश र जनताका निम्ति पार्टी र दल भन्दा माथि उठी केही गरेर देखाउनु पर्छ। भबिष्य जहिले पनि युवाको हुन्छ बुढाले त सावाँ ब्याज उठाइ सके। लोकतन्त्रमा आस्था राख्ने सबै दलका सकरात्मक सोच भएका लोकतान्त्रिक जुझारु यूवा नेताले आ–आफ्ना दलका फटाहा, हरुवा, धुर्त नेताहरु प्रतिको अन्धबफादारितालाई तिरस्कार गर्नुपर्छ। बिद्रोह गरेर भएपनि आफना दललाई गतिशील धारमा हिडाउन ऐतिहासिक आट गर्नुपर्छ। युवा नेतृत्वमा केही गर्छु भन्ने शक्तिको होइन इच्छाको मात्र कमि छ। जनताले यही मूल्याङ्कन गर्दै छन्।

प्रकासीत मिति –२०६७–०९–०४ गते नेपाल समाचारपत्र दैनिक र गोरखापत्र दैनिक

0 comments:

Post a Comment