Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, April 28, 2011

पार्किङ शुल्क कति हो ??

On : 9:40 AM
In :


काठमाडौं उपत्यकामा गाडी र मोटरसाइकल पार्किङ गर्दा तपाईं कति रुपैयाँ तिर्नुहुन्छ ? पाँच १०–२० अथवा त्योभन्दा बढी । तर धेरैलाई निश्चित पार्किङ शुल्क कति हो भन्ने थाहा नभएकै कारण पार्किङ शुल्क मनपरी ढंगले असुली गर्ने प्रवृत्ति मौलाएको छ । आखिर काठमाडौ महानगरपालिकाले तॊकेको खास पार्किङ दर चाहि कति हो त


महानगरपालिकाले एक घण्टाका लागि निम्नानुसार पार्रकीङ शुलक  लिने निर्णय गरेको छ ।
मोटर साइकललाई रू.५ 

गाडीलाई  रू.१०

र त्यो भन्दा बढी समय रोकेमा

मोटरसाइकलाई १० 
गाडीलाई २० रुपैया 





माथिको शुल्क पनि केही निश्चित इलाकामा मात्र हो । तर महानगरपालिकाले पार्किंङ दर जे जति तोकेपनि काठमाडौका अधिकाशं पार्किङ स्थलमा मनपरी शुल्क उठाइरहेका छन् । उदाहरणकै लागि  आज म सानो काम परेर कोटेश्वरमा प्रहरी विट अगाडि बाईक पार्कीङ गरको थिए । हिड्ने बेलामा  एकजना  पार्कीङ स्टाफले आएर ५० रूपयाँ मागेँ किन भन्ने प्श्नमा यहाँको पार्कीङ गरेको यति नै लाग्छ भनेर उल्टै अपसब्द बोली धम्काउन खोजे । विदुर महत नाम बताउने उक्त स्टाफसँग झगडा गर्नु भन्दा आफ्नो बाटो लाग्नु ठिक ठाने र यी त साधारणा उदाहरणा मात्र हुन ।
तर यसको अनुगमन गर्ने कुनै निकाय देखीएका छैनन् । अरु त अरु शुल्क र पार्कीङ क्षेत्र तोक्ने महानगरपालीका समेत आंखामा पट्टि बांधेर वसिरहेको छ । काठमाडौ महानगर भित्र पार्कीङ  क्षेत्र तोकेर शुल्क उठाउनका लागि महानगरपालिकालाई निश्चित कर बुझाउनु पर्छ । कानुनी प्रावधान पार गरेपछि  स्थानिय क्लव र व्यक्तिले तोके अनुसार मात्र शुल्क उठाउन सक्छन् । तर काठमाडौ उपत्यकामा आफु खुसी घरको गल्लिदेखी सडकको पेटीलाई समेत पार्किङस्थल बनाएर ब्रम्हलुट मच्चाउनेहरु धेरै देखीएका छन् । यसरी अफुखुशी कानुनलाई लात हानेर मनपरी शुल्क उठाइए पनि यहां न सर्वसाधारण बोल्न सक्छन् न उपभोक्ताबादीहरु नै ।

 तथ्याकं अनुसार काठमाडौमा झण्डै ३ सय पार्किङस्थल अहिले प्रयोगमा छन् र  महानगरपालीकाले २३ स्थानका ४० वटा पार्किङस्थललाई मात्र स्वीकृती दिएको छ ।  यस बाहेक स्वीकृती नलिइ चलाइएका पार्किङस्थलले शुल्क उठाउने अधिकार कतैवाट पाएका छैनन् । महानगरपालिकासंग अनुमती लिएकाहरुले पार्कीङ टिकटमा महानगरपालिकाबाट स्वीकृती प्राप्त भनी लेखेका हुन्छन् भने केही केहिले अनाधीकृत रुपमा त्यो शव्द प्रयोग गरिरहेका छन् । तर ध्यान दिएर हेनुस्र त यो टिकटमा महानगरपालिका भन्ने शब्द कतै छैन । 

किनकी यो अनाधीकृत कारोवार हो । यस्ता पार्किङस्थलमा तिरेको शुल्क महानगरको कोषमा नभई सिमित व्यक्तिको खल्तीमा गइरहेको छ । यसरी सार्वजनीक तथा नीजिस्थलमा तगारो तेस्र्याएर पैसा असुल्नेहरु बढेपछी स्वीकृती लिएकाहरु पनि के कम  उनिहरुले समेत मनपरी पैसा उठाउन थालेका छन् । महानगरपालीकोको भनाई मान्ने हो भने पुतलीसडक कुमारी हल जानेबाटो न्यूरोड वानेश्वरका मुल सडकको एउटा भागमा स्वीकृती प्राप्त पार्कीङस्थल हुन् तर यहाँ समेत सर्वसाधारण दोब्बर शुल्क तिर्न बाध्य छन् । यी र यस्ता पार्कीङस्थल त उदाहरण मात्र हुन् ।
 काठमाडौमा बढ्दो सवारी चापका कारण चर्कीदैं गएको पार्कीङ समस्याबाट फाइदा लुट्दै  दिन दहाडै ठगी गर्नेहरु धेरै छन् । यसरी सडककिनारामा ब्रमलुट भइरहंदा पनि महानगरपालिकाले भने यस्त प्रवृतिलाई मलजल गरिरहेको छ । महानगरसंग सडक र पार्किङव्यवस्थापन कै लागि २ सय १९ जना नगर रक्षक छन् तर पनि नाकै मुनी यस्ता अवैध धन्दा चलिरहेको छ । जसले आम जनतामा नगरपालीका र नगर रक्षक माथि शंका उव्जाएको छ ।

0 comments:

Post a Comment