Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 5, 2011

मोवाइलको बढ्दो दुरूपयोग ।

On : 10:29 AM
In :
मोवाईल एउटा सञ्चार साधनको रुपमा मानवजिवनलाई गतिशलि वनाईरहेको छ। यस अर्थमा हेर्दा मोवाइल एउटा अपरिहार्य वस्तु भएको छ। सामाजिक सञ्जालको रुपमा मोवाइल एउटा संस्कृतिको रुपमा स्थापित भएको छ तर यो सर्वसूलभ वस्तु हाल आएर दुरुपयोग हुन थालेको छ।


हालैका दिनहरूमा मोवाईल वोक्नेहरूमा किशोर–किसोरीदेखि वृद्धसम्म किसानदेखि व्यापारीसम्म साथै महिला, पुरूष सवै पर्दछन्। यसले दिने फाईदाहरू असिमित छन्। यसले दिने फाईदाहरू असिमित छन् साथै यसको प्रयोगबाट कामहरू तीव्र रुपमा अघि बढीरहेका छन्। तर हरेक पक्षको अन्धकार पक्ष भनेजस्तै मोवाईल संस्कृतले नेपाली समाजमा केही नकारात्मक लक्ष्ण ल्याएको छ। सकारात्मक पक्ष त धेरै छन् नै किनकी यो आधुनिक बैज्ञानिक युगको उपज हो नै। फेरी पनि यसको नकारात्मक प्रयोगले कतिको घरवार विग्रेको छ। कति किशोर–किशोरी मोवाईल काण्डमा फसेका छन्। मोवाइलको सजिलो सञ्चारको माध्यमबाट कतिपयले आफूलाई ठूलो खाडलमा आफै फसाएका छन्। मोवाईल अन्धासूरमा डायल गरेको भरमा कतिपय महिला पुरूषको भेटको सजिलो माध्यम त वनेको छ नै तर के त्यो सकरात्मक छ त? कदापी नहुन सक्छ किनकी त्यो त केवल एउटा दुरुपयोगको दरिलो साधन सावित हुनपुग्छ, त्यसले धन, मन अनि तनलाई विगार्न सक्छ। मोवाईल फोन कै दुरुपयोगका कारण शहरीया मात्र होइन गाउँका कुना काप्चामा काम गर्ने तरूणहरू मोवाइलमा झुलेका छन्। जहाँ दुरुपयोग केवल समयको मात्र होइन पैसा, मानसिक तत्व अनि अरू सवै प्रभावित भएका छन्। यदि यसमा समय मै सचेत नभए झनै डरलाग्दो स्थिती के नआउला र?
विश्वको सजिलो सञ्चारको साधन मोवाइल फोन, देशको प्रशासन हाक्ने देखि सामान्य जनतालाई सर्वशूलभ त भएको छ नै तर यसै प्रयोग माथि दुरुपयोगले दुर्घटना निम्त्याएको छ। यसै मोवाइलफोनको सही सदुपयोग गर्न नसक्दा धेरै ठाउँमा सोझा मानिसको ज्यान समेत गएको छ। सवारी चालकले हेलो . . . ए . . . तिमी पो . . . कति खेर भेट्ने . . . आदि इत्यादिले सवारी साधनको मोसन कन्ट्रोल गर्न भुल्छन्। जसको परिणाम धेरै मानिसको ज्यान गुमेको धेरै उदाहरणहरू छन्। हालै एउटा गम्भिर सवारी दुरघटना मानसपटलमा ताजै छ। पर्वत जिल्ला शंकरपोखरी गा.वि.स. पोखर।चौरका धेरै तिर्थयात्रीहरू वालाचतुर्दसीका दिन सदबिऊ छर्न जाँदा चालकको मोवाइल दुरुपयोगको कारण केही श्रद्धालुको घटनास्थलमै ज्यान गयो त कति अंगभंग भई बाँची रहेका छन्। यस मानेमा मोवाइल संस्कृति एउटा घातक सावित हुन पुगेको छ। समयको माग, सञ्चारको सर्वशुलभता तर सहि उपयोगको कमिले नकारात्मकताको भूमरिमा मोवाइल पुगेको छ। यस प्रकारको मोवाईल कु–संस्कृतिलाई जरैबाट उखेल्नु अहिलेको आवश्यकता छ।  यसैले मोवाइल फोन आधुनिक सञ्चारको सही र सजिलो सञ्चार माध्यम त हो तर यसलाई सवैले सहि प्रयोग गर्नु अहिलेको माग हुन सक्छ।
नेपालको सञ्चार क्षेत्रको विकास दक्षिण एसिया मै अग्रपंक्तिमा पर्दछ। यसरी हेर्दा नेपाल टेलिकमको अन्य फोनको तुलनामा सेलफोन वा मोवाईल त नेपालीका धेरै हातहरूमा देख्न पाईन्छ। हुँदा हुँदै नेपाल टेलिकमको सेवामा भने प्रश्न खडा हुनु सवैको चासोको विषय वनेको छ। नेपाल टेलिकमको उच्चस्तरीय सेवाको कमिले नेटवर्क समस्या, एउटा डायल नम्वर अर्कोमा तरङ्गीत हुने जसको कारण विभिन्न घटना घटेको देख्न पाइन्छ। यस्ता धेरै विषयमा नेपाल टेलिकमको ध्यान जानु सञ्चारको डिमाण्ड छ। महत्वपूर्ण जानकारीहरू चुहावट भएर हजारौं मानिसहरू अन्योलमा परेका छन्। यसका निम्ति सञ्चार वा मोवाईल सेवालाई वैज्ञानिक र व्यवस्थीत गराउनु आवश्यक छ जवकि नेपाल टेलिकम केवल नाफामूखीको मानसिकतावाट मात्र गुजि्रनु सामान्य जनताको जीवन प्रति घातक सावित हुनु हो। यसको रोकथामको लागि टेलिकम ध्यानकेन्द्रित हुन आवश्यक छ।
मोवाइलको चलन चल्तीको राम्रो उपयोग अपहरणकारीहरूको लागि त सुनमा सुगन्ध नै बनेको छ। ख्यातिकाण्ड, तराईको लिलाधर र अर्को वालक तथा अन्य कैंयौ काण्ड मोवाईलकै माधयमबाट लाखौं रुपैयाँको डिमाण्ड भएको र पुरा गर्न नसकेको खण्डमा मोवाईलकै सजिलो माध्यमबाट कति ज्यान गुमेको धेरै उदाहरण छन्। फिरौतिहरूको निम्ति मोवाईल फोन एउटा सजिलो माध्यम बनेको छ। मोवाईल फोन एउटा आवाजलाई अर्को सँग सजिलै पुर्‍याउने सजिलो तरंग हो। सानो अति हलुका केवल पाइन्ट अति सानो हाते झोलामा सजिलै अट्न सक्छ यो मोवाइल फोन। जति सानो र सजिलो त्यति घाती अनि अप्ठ्यारो वन्न पुगेको छ केवल प्रयोग कर्ताको प्रयोग गर्ने शैलीले। एउटी श्रीमति श्रीमान्लाई फोन गर्छिन, कता हुनुहुन्छ? श्रीमान् जवाफ दिन्छन्, नजिकै साथीकोमा। तर यथार्थ अर्कै हुन्छ कि श्रीमान् ठीक विपरित मार्गमा अनि श्रीमती पनि। सुलभ र सजिलोको साधनलाई सदुपयोग गर्नु सवैको दायित्व छ तवमात्र सवैको भलो हुन्छ। यतीमात्र नभएर आजका यूवाहरु ब्लफबलको नाममा जेपायो त्यो नं थिचेर कतै केटी वा केटाको आवाज सुनेमा मात्र पनि त्यसैलाई निरन्तरता दिएर वाक्क लगाउने गर्दछन्। तसर्थ बाध्य भएर मोबाइल नै चेन्ज गर्न बाध्य हुन्छन पिडितहरु।
मोवाईलको संंस्कृती दुरुपयोगको सिकार भयो भने मानिसको प्रत्येक पल खतराको मार्गमा लम्की रहन्छ। अर्कोतिर दुरुपयोगको कारण आम मान्छेहरू वेकारको फन्दामा जाकिएका हुन्छन्। मोवाईल फोन सजिलो र सकारात्मक सञ्चार सेवा भएकोले यसलाई नकारात्मक दिशा तर्फ लैजानु आफैलाई दुर्घटनातर्फ निम्त्याउनु हो। अन्त्यमा मोवाइल अहिलेको फेसन मात्र नभएर मानब जीवनलाई हरेक दृष्टिकोण बाट सजिलो माध्यम बनेको छ। जसले सुख अनि दुखमा साथ दिन सकोस्।

0 comments:

Post a Comment