Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 19, 2011

खै कहाँ छन् नागरिक अगुवा ?

On : 9:50 AM
In :

 बसन्तपुरमा आयोजीत शान्ती र्‍यालीमा सहभागिहरू  तस्विर : नागरिक
सुने जानेको कुरा हो, तानाशाहिले टाउको उठायो, नागरिक स्वतन्त्रता बर्जित भयो भनेर बिभिन्न पेशाकर्मी, सामाजिक अगुवा एक ठाउ“मा भेला भए। नाममा नै निक्कै ठुलो विवाद पछि नागरिक समाजको जन्म भयो र शाहि हुकुमीतन्त्रको बिरुद्ध नागरिक आन्दोलनको घोषणा गरे। आन्दोलनका क्रममा बसन्तपुर डवलीमा एउटा रोमाञ्चक र सनसनीपूर्ण कर्मको मञ्चन भयो। डबली सामु शाहि तानाशाह ज्ञानेन्द्रको श्रीपेच खोसीयो र निजलाई पाता फर्काई पिंजरामा कैद गरियो।

 यसरी तानाशाहलाई कैंद गर्नेमा नामचलेका नागरकि अगुवा भनाउदा नै  थिए। यो राजतन्त्र पदच्युतको प्रतिक सार्वजनिक रिहर्सल मात्र थियो। अन्तत ठिक त्यस्तै भयो। राजा ज्ञानेन्द्रले उर्लदो जनशक्ति सामु घु“डा टेके र २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भयो। बृहत शान्ती सम्झौता भयो। ऐतिहासिक संविधानसभाको चुनाव भयो। संविधानसभाले नेपाल गणतान्त्रीक मुलुक भएको घोषणा गर्‍यो। जनताको छोरो राष्ट्र प्रमुख भयो। त्यसपछि नागरिक आन्दोलनका अगुवाहरुले अव नागरीक आन्दोलनको औचित्य समाप्त भयो। नागरिक आन्दोेलनबाट निक्कै जना आ–आफ्ना घर फर्के। सायद ति सबैलाई लाग्यो नागरिक आन्दोलन पुरा भयो, मनोकाङक्षा सिद्ध भयो। बाँकी रहयो त केवल अब आन्दोलनबाट प्राप्त अमृत फल भोग गर्नु मात्र। जुन खासमा नागरिक आन्दोलनको माग थिएन।

प्राज्ञ बुद्धिजीवी कोटीका नागरीकमाथि राष्ट्रको जति आषा। त्यो भन्दा लाखौं लाख गुणा बढि आषा आम जनताको थियो। तिनै आषा माथि दलका नेताहरु आफूलाई सच्चा गणतन्त्रबादी र जनसेवकको पगरी गुत्थ्न तल्लीन थिए। मानौं यिनीहरुको त्यो अदम्य जोश र जाँगर देख्दा जन संविधान र शान्तीको आम चाहाना पुरा गर्ने दुई बर्षे म्याद साच्चै बढि हुन्छ। यीनको जोश र जाँगरमा आम नागरिकले लोकतन्त्रको आस लाग्दो चमकको छनक पाएका थिए। र नै यिनका सयौं भुललाई असल मनासयले जनस्तरीय मेलमिलाप र शान्तीको दैलो उघार्ने प्रयत्न गर्दा भएका भुल सम्झी आम माफी दिएका थिए।

 तर यी त जनजनका बोलीमा “..................... लाई भन्दा देख्नेलाई लाज” भने झै ढंगले अघि बढे। यिनको पहिलो र अन्तीम प्राथमिकता यिनीहरु आफू र आफू हुनुमा मात्र ठानी रहेछन् र नै यिनीहरु जनआदेशको उपेक्षा गर्दै दुई बर्षे आफ्नो आयु सकिनै लाग्दा रात घर्काएरै भए पनि संविधानसभामा आफु बस्ने मुलायम गद्दा र आफूले थाप्ने दह्रो भत्ताको आयु तन्काउन लज्जाहिन मुद्रामा एक मत भई ताली मार्न उद्दृत भए। यसरी मच्ची मच्चीकन ताली बजाउनेहरुमा बल्खु मुख्यालयका लालसलामहरु थिए। सानेपा मुख्यालयका जयनेपालहरु थिए। मधेसका असल हिमायती हुँ भन्नेहरु थिए अझ रोचक त के थियो भने आफुलाई मात्र गणतन्त्रबादी ठान्ने पेरीस मुख्यालयका क्रान्तिकारी  लालसलामहरु पनि थिए। जननेता हौं भनेर धक्कु लगाउने यी मानवहरु भन्दै थिए। संविधानसभा नरहे नेपाल डुब्छ तर प्रलयको यिनको हल्लाको चुरो कुरो भने यीनको खाने धन्दा मात्र हो।

 चुनिएको यिनको चिनारी जेष्ठ चौधमा थोत्रियो। त्यसैले यी बासी भएका हुन्। तर यीनले बानेश्वरको सेतो घरबाट आफ्नो बासी अनुहार पखालेर बाहिरीय। साक्षी बसी दिए सुवास नेम्वाङ्ग र डा. राम बरण यादव। अब त यीनलाई लाग्ला आफु हुनु भन्दा देश र जनता ठुला हुन्। त्यसैले धन्य प्रभु यीनको कर्मलाई हामी जनजनले शुद्ध ठानी दियौं। तर यी त सुंगुरलाई स्वर्ग भने झै खुव रौसीएर सत्ताको बाटो पो लागे। यी फेरी त्यही शाहितन्त्रको पुरानो लिगलीगे दौडमा आफ्ना पिडौलामा घ्यु घसी घसी दौडीरहेका छन्। यीनलाई कसैले तेरो ह्रदयको सबैभन्दा प्यारो ठाँउ कुन हो भनेर सोधे सके स्वस्फुर्त चालमा यीनका ओठबाट वचन भूईमा खस्लान उही प्रिय वालुवाटारको कुर्सी न हो।

 घर दनदनी बलीरहेको बेला आफ्नो पदिय दायित्वको प्रवाह नै नगरिकन मस्ति मुद्रामा चलयमान छन्। देश र जनताको हित यिनको पहिलो प्राथमिकता होईन। सामन्ती मिजासका यी काजीहरु सोच्दा हुन। एकचोटी चुनिनु भनेको सभासदरुपी जागीरको लोकसेवा पास गर्नु हो।

 संविधानसभा आम नेपालीहरुको अटल मन्दिर हो र हामी त्यसका स्थायी पुजारी हौं भन्ने भ्रम छ यिनमा। त्यसैले यिनीहरु भोको जुको झै संविधानसभाको आयुमा टाँसीरहन चाहन्छन्। संविधान सभाका आधा जसो दिमागमा खीया लागेका सभासदहरु अग्रगमण र शान्तिको पक्षमा सिन्को सम्म भाँचिरहेका छैनन तर पश्चगमन र युद्धको पक्षमा भने यी उत्पादन कसरत गरिरहेका छन्।

यी शान्ती प्रक्रियामा भाँजो हाल्न चाहन्छन्। यी खलपात्र शान्तीपथका बादक हुन्। यी युद्धका उपासक हुन। यीनलाई लाग्छ हामी आफै एक्लै आ–आफ्नो एक्लो यत्नले चोमोलोङमाको चुलीमा पुगेका विरलाकोटी बिर हौं र नै यिनीहरु अविवेकी अदुरदशी र दम्भी काईदाले निरंकुश राजाको बोली बोल्न अभ्यस्त छन्। लाग्छ संविधानसभाका ठुला खेलाडीहरु त्यही शाहि राजतन्त्र कै ईच्छा र आदेशमा चलेका हुन्। हामी आम नागरिकहरु यी यस्ता चाहनालाई मुर्दावाद भन्छौं जनताका आ“खामा गन्हाएका यी खलपात्रहरुलाई आफ्नो अलोकप्रिय तान्डव नै लोकतन्त्रका सक्कल लडाकुहरुको न्यायोचित्त चाहाना हो भन्ने लाग्दो हो। किनकी यिनीहरु भित्र खुङखार तानशाह राजाको जन्म भएको छ। यो सामन्ति यथास्थीतीवादी चाल हो।

 पहिले नागरिकका आवाज नसुन्ने नारायणहिटीका राजा थिए। अहिले सिंहदरबारका गुरुजीहरु छन्। यीनै गुरुजीहरु हुन लम्पसार पर्दै ईतिहासको बाटो छेकेर हामीलाई चैनको सास फेर्न नदिने पिडकहरु। अदुरदर्शी कालीदासहरु हाँगाको टुप्पोतीर बस्छन्। फेद काट्छन। ठिक त्यस्तै गरी रहेछन् हाम्रा सिंहदरबारका गुरुजीहरु ।

 यो नाटकिय यथास्थितीमा नेपाली समाजका अनेक विकराल समस्याको समाधान सम्भन छैन्। यो कुरा अब नागरीक आन्दोलनका अगुवा हु“ भन्नेहरुले बुझ्नु जरुरी छ।

 यो बेला डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, शम्भु थापा, महेश मास्के, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, पदम रत्न तुलाधर, दमननाथ ढुङ्गाना, पासाङ्ग शेर्पा आदि आदिहरुको काम दलका महाराजाहरुको अकर्मण्यताको जय जयकार गर्नु होईन न त पुरपुरो समाउनु। नव युगका छदम नरेशहरुलाई ठिँगुरा ठोक्नु हो। सानो मुखले ठुलो कुरा गरिएको सुनिएला। तर प्रत्येक नागरिकलाई लागेको कुरा भन्ने हक जरुर छ। लोकतन्त्रको चल्लो माथि चिलले झम्टा मारेको बेला ईतिहासको रथ हाक्ने जन पक्षिय सारथीको पलपलमा महत्व हुन्छ।

सारथी विवेकवान भए मात्र रथ सही दिशा लीन्छ। साच्चै समाजका विवेकवान सारथी हौं भन्ने नागरिक अगुवाहरुले दलका गुरुजीहरुको अकर्मण्णताको विरुद्ध मुख खोल्ने समय आई सकेको छ। नत्र त मौन स्विकृतीको सहिछाप लगाई रहने हो भने थुप्रै शाहि ज्ञानेन्द्रहरुको उदय निश्चित छ। त्यसैले जनजनको प्रश्न छ काहाँ छौं? नागरीक अगुवा र काहाँ छ? नागरिक आन्दोलन.......।

तीमीहरुले सकिएको घोषणा गरेको नागरिक आन्दोलन त समाज रुपान्तरणको एक छेउ मात्र हो। अझ थुप्रै काम अपुरा छन्। प्रकृतीमा भारी बर्षा शुरु हुँदा नागरिक आन्दोलनका फोकाहरु उठनु जरुरी छ। सिंहदरबारका हाम्रा हठधर्मि गुरुजीहरु शाहि ज्ञानेन्द्र कै नियतीको प्रतिक्षामा छन्। तिनको ईच्छा यही हो भने त्यसलाई साकार रुप दिन नागरिक अगुवाहरु हो घोषणा गर। मधेसबाट, तराईबाट, हिमालबाट, पहाडबाट। भन हाम्रो आन्दोलन जारी छ। हामी यूवा भद्र नागरिक तिम्रा पछि छौं। उदघोष गर जनआन्दोलन – ३।

0 comments:

Post a Comment