Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, April 22, 2011

कोरीया क्रेज......

On : 10:45 AM
In :

  त अहिले कोरीया भाषाको कक्षा लिनमै ब्यस्त छु यार । राजधानीको बानेश्वरमा भेटीएका दुई युवाहरु विच भएको एक सानो सम्बादको अंश हो यो। यस्ता युवा युवती अहिलेको समयमा पुतलीसडक,बागबजार,नयाँ बानेश्वर,चावहिल लगायत उपत्यकाका हरेक जसो ठाँउ र उपत्यका बाहिरका प्रमुख शहरहरुमा  छ्यास–छ्यास्ती पाइन्छ। काठमाण्डौं लगायत प्रमुख शहरहरुमा यतिखेर बढि नै चर्चाको विषय बनेको छ कोरीयन भाषा। विभीन्न सञ्चार माध्ययमहरुमा पनि कोरीयन भाषाकै चर्चा,चिया पसलमा गयो कोरीयाली भाषा र कोरीया जाने विषयमा नै चर्चा,शहरका विभीन्न भित्ता तिर फर्को जताततै कोरीया नै कोरीया मानौ नेपाल नै कारीयामय भएको छ।

गत वर्षको इपियस आवेदन फारम भर्न लामबद्द युवाहरू
रोजगार अनुमति प्रणली (इपीयस) अर्न्तगत कोरीया जान चाहनेहरुका लागि सामान्य कोरीयाली भाषा अनिवार्य भएपछि शहरमा कोरीयाली भाषा सिकाउने इन्टीच्यूटहरु च्याउसरी नै खुलेका छन्। बढ्दो बेरोजगारी समस्या समाधानको लागि कोरीया जानुपर्छ भन्ने युवा जमात पनि विस्तारै बढ्दै गएको छ। कोरयिाली भाषा सिकाउने प्रशिक्षण केन्द्रमा लागेको युवाको भिड र चहलपहल तथा भाषा परिक्षाको लागि आबेदन दिने युवाको संख्याले पनि यो कुरालाई स्पस्ट पार्दछ। गतवर्ष लिइएको कोरीयाली भाषा परिक्षामा करिब ४१ हजार भन्दा बढि नेपाली परिक्षार्थी सहभागी भएका थिए। 

यसपाली सो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भाषा प्रशिक्षण केन्द्रले आफ्नो केन्द्रमा विद्यार्थी तान्नको लागि थरि थरिका विज्ञापन गरिरहेका छन्। तर तिनलाई सिकाउने भाषाको गुणस्तरको विषयमा भने संका उत्पन्न हुन्छ। जे जस्तो भएपनि कोरीयाली भाषा सिकाउनेको लागि राम्रो सिजन भएको छ यो समय। यो समयमा इन्स्टिच्यूटहरुले कम्तिमा ४ हजार र बढिमा ११ हजार सम्म शुल्क लिने गरेका छन्। कारीयाली भाषा सञ्चालनको लागि कुनै पनि अनुमति लिनुपर्ने बाध्यता पनि नभएकोले यस्ता भाषा सिकाउने संस्था जताततै सर्वत्र खुलेका हुन।

इपियस प्रणली अन्तर्गत कोरीया जान चाहनेहरुको लागि १९ बैशाख देखि आबेदन फारम खुल्ने श्रम तथा यातायत ब्यवस्था मन्त्रालय अन्तर्गतको इपियस शाखाले जानकारी दिएपछि भाषा सिक्ने र प्रशिक्षण दिनेको संख्या ह्वात्तै बढेको हो। कोरीया सरकारले पहिलेको भन्दा बढि कामदारलाई रोस्टममा राख्ने भएकोले यसपालीको परिक्षार्थी संख्या पहिलेको तुलनामा बढ्ने देखिन्छ। यसपाली ७१ सय प्रतिस्पधीलाई रोस्टममा राख्ने इपियसले जानकारी दिएको छ।  गत वर्षको भिडलाई मध्यनजर गरेर कोरीया सरकार तथा नेपाल स्थित इपियस कार्यालयले आबेदन फारम संकलन गर्ने स्थानको संख्या बढाएको छ । गत वर्ष दशरथ रंगशालामा मात्र फारम संकलन गरिएको थियो  । यस बर्ष उपत्यका बाहिरको बुटबलबाट पनि आवेदन फारम संकलन गरिन्छ ।

निम्न स्थानहरूमा आवेदन फारम संकलन गरिन्छ ।
१ नेपाल बेद विद्याश्रम,बनकाली,गौंशाला,काठमाण्डौं२.एन्फा टेक्निकल सेन्टर, च्यासल,ललितपुर ।३.किर्तीपुर टियू गेट सँगै ,काठमाणडौं ।४.प्रहरी तालीम केन्द्र सँगै बुटबल प्रदर्शनी स्थल,बुटबल ।

दक्षिणकोरीया सरकारले विदेसी कामदार नियुक्ती  गर्न बनाएको एउटा नियम हो। ग्रैर कानुनी ब्यक्ती नियन्त्रण गर्न यो नियम बनाएको हो । सन् २००७ बाट लागु हुने गरि कोरीयाले नेपाल,पाकीस्तान,चिन,बंगलादेश,श्रीलंका,बर्मा,इन्डोनेसीया लगायत १५ देशबाट कामदार लिने गरको छ। यस अन्तर्गत कोरीया जान चाहने कामदारहरुले कोरीयाली भाषा परिक्षा अनिवार्य पास गर्नुपर्ने हुन्छ।

कोरीयाली भाषा सिक्ने र सिकाउने क्रम केबल रोजगारीको लागि मात्र नभएर नेपालमा कारीयाली संस्कृतीको पहिचान पनि गराउनु हो। प्रायजसो शहरी युवा युवतिमा कोरयिाल िक्रेज पाइन्छ। केश तथा कपडाहरु लगायत हरेक रहनसहन नै कोरीयाको नक्कल गरेको पाइन्छ।

कोरीयाली भाषा सिक्ने नेपालीको संख्यासँगै नेपाली बजारमा कोरीयाली सिनेमाको सिडी तथा फील्महरुमा युवाहरुको आकर्षण बढेको छ।


0 comments:

Post a Comment