Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, April 8, 2011

आगलागीबाट १ को मृत्यु, ५० घर जल्यो,लाखौको क्षति

On : 11:12 AM
In :


तस्विर :गोपाल भण्डारी
  पिलवस्तु -तौलिहवा, २५ चैत कपिलवस्तुको बहादुरगंज गाविस वडा नं. ३, विजय नगरमा भएको भीषण आगलागीबाट जलेर एक जनाको ज्यान भएको छ भने लाखौ रुपैया बराबरको धनमाल नष्ट भएको छ। आगलागीमा परी स्थानीय ६० वर्षीया रहिमुननिसा धोबीको आफ्नै घरमा जलेर मृत्यु भएको छ।
यसै गरी आगलागीबाट ३ वर्षीय बालिका सफिरुन निसा घाईते भएकी छिन्।
उनको स्थानीय शिवराज अस्पतालमा उपचार भैरहेको छ।
आगलागीका कारण ५० घर बढी जलेर नष्ट भएको छ। गाउंको पश्चिम दक्षिण तर्फ रहेको परदेशी धोवीको घरबाट शुरु भएको आगलागीबाट पुरै गाउं जलेर नष्ट भएको छ। दिउसो करीब ३ बजे तिर लागेको आगलागी कपिलवस्तु नगरपालिका र बुटवल नगरपालिकाको २ वटा दमकल, शशस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीय सर्वसाधारणको प्रयास पछि सांझ ७ बजे आगो नियन्त्रणमा आएको थियो

0 comments:

Post a Comment