Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Saturday, April 23, 2011

मेलामा एसीयाकै होची महिला

On : 11:51 AM
In :

काठमाण्डौका भृकुटीमण्डपमा जारी घरेलु तथा साना उद्योग महासघंको आयोजनामा भएको औंधोगिक ब्यापार मेलाको स्टल नं. १५० मा अन्य स्टल भन्दा भिन्दै भिड देखिन्छ। किनभने त्यहाँ कुनै समान बेच्न राखिएको छैन। यो स्टलको विचमा त्रिपालले छोपेको छ। सो त्रिपाल भित्र अरु कुनै समान बेच्न नभएर एसीयाकै होची महीलाको रुपमा गिनिज बुकमा नाम लेखाउन तयारी गरिरहकी इश्वरी मायाँ छिनाललाई राखिएको छ। इश्वरीका बाबु धनबहादुरले सबैलाइ जानकारी होस भनि यस्ता महोत्सबहरुमा राखिएको जानकारी दिए। यस अघि पुर्वाञ्चल महोत्सब इटहरी, नेपालगञ्ज,महेनद्रनगर,कैलाली,बनेपा,दोलालघाट, दाङ लगायका ठाउँमा पनि उनलाई राखिएको थियो।

इश्वरी वि.सं. २०४८ साल श्रावण १५ गते दाङ लमहीमा जन्मीएकी हुन्। पिता धनबहादुर तथा माता धनकुमारीका चारजना छोरा–छोरी मध्ये सबैभन्दा जेठी छोरी  उनि नै हुन। जन्मदा उनको मात्र २०० ग्राम तौल  थियो। 'सबैले मुसाको बच्चा जत्रो मान्छे बाच्दैन भनथ्ये' पिता धनबहादुर सम्झन्छन्।  हाल आएर १९ बर्षकी हुँदा पनि उनको उचाई २७ इन्च मात्र तथा तौल ६ कीलो ६०० ग्राम छ। १९ बर्षकी भएपनि केटाकेटी पनले छोडेको छैन उनलाई नाच्न र गितगाँउन सिपालु मान्छेले हेर्न आउनासाथ गितगाएर सुनाइहाल्छीन 'ड्राइभर दाई मनपर्यो मलाई....... अनि कम्बर मर्काउन थाल्छीन् । राम्रो राम्रो कपडा लगाउन मनपराउने इश्वरी कसैले पैसा दीयो भने अब कम्प्यूटर, किन्ने भनेर रमाउँछीन । तर उनलाइ कम्प्यूटर भनेको के हो भनेर सोध्दा लजाएर हास्छीन् । विहे नगर्ने भनेर सोध्दा हीरो सँग गर्छु नी भनेर लजाएर हास्छीन् ।

  गाँउमा एकजना साथीले यसलाई पनि प्रचार प्रसार गरि मीडियामा दिन सकेमा यो विश्वकै होचो महिला हुन सक्छे। भनेपछि  उनका बाबुले विभिन्न महोत्सबहरुमा स्टल शुल्क तिरेर राख्ने गरेका हुन। उनलाई हेर्न १५–देखि २५ रुपैयाँ सम्मको टिकट राखेको बाबु धनबहादुर बताउछन्। उनलाई हेर्नेको टिकटबाट उठेको पैसाले मात्र सबै खर्च पुग्दैन। होटलमा ३–४ जना बस्नु खानु तथा प्रचार–प्रसारमा पनि सोही पैसा खर्च गर्नु परेको बताउँछन्। यदि सरकारको तर्फबाट पनि उचित सल्लाह ,सहयोग र सुझाब पाउन सके नाम लेखाउन गाह्ो नपर्ने थियो।

0 comments:

Post a Comment