Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 26, 2011

हिरोको भाउ बढ्यो

On : 11:34 AM
In :

नेपाली फील्ममा कुनै कलाकारको रेट बढ्न कारण चाहिन्छ । 'फस्टलभ' यस्तो कारण बन्यो जुन सिनेमाको डेढकरोड ग्रसले नै लभरव्वाइ आर्यन सिग्देलको भाउ एकाएक अग्लाइदियो । अपकमिङ प्रोजेक्ट 'काठमाण्डू नाइट'मा थानकोट घर भएका हिरोले आफ्नो पारिश्रमिक ६ लाख तोकिदिए । सो रेटले अब केही समयसम्म निरन्तरता पाउलाजस्तो छ । नत्र निर्मात्री कृषा चौलागाईंलाई नै सोधौं । कृषाको आगामी प्रोजेक्ट 'के तिम्रो साथी बन्न सक्छु'का लागि आर्यनले आइतबार ६ लाख रेटमा साइन गरेका छन् ।
अनस्क्रिनमा आर्यन लभरव्वाइको भूमिकामा छन् । कोसँग उनले रोमान्स गर्ने हुन् निधो चाहिँ लागिसकेको छैन । रेखा थापाले ब्रेक दिएका हिरो आर्यन लिड स्टार हुने उक्त चलचित्रमा रेखाले नै ब्रेक दिएका सविर श्रेष्ठ निर्देशक छन् । सविरले यसअघि रेखा फिल्मसको प्रोजेक्ट 'कसले चोर्‍यो मेरो मन' निर्देशन गरेका थिए ।

हुनसक्छ आर्यनको फैलँदो बजार र चल्तीका सिनेमा देखेर कृषाले आफ्नो हिरोमा आर्यनलाई अनुबन्धित गरिन् । जसका लागि उनी कथासँग अनस्क्रिन केमेष्ट्री मिल्ने हिरोको खोजीमा थिइन् आर्यन उनको रोजाइमा परे । आर्यनका पछिल्ला फिल्म हिट छन् । लयमा देखिएका आर्यनले सफलता पाएभने अघिल्ला प्रोजेक्टबाट निराश महिला निर्मात्री कृषाको मुहारमा खुशि छाउनेछ । कृषाको फिल्म सकेर ६ लाख रेटका हिरो दीपेन्द्र के. खनालको 'काठमाण्डू नाइट'मा व्यस्त हुनेछन् ।

0 comments:

Post a Comment