Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, April 7, 2011

' स्वास्थ्य र सम्बन्ध दुवै बिगार्न सक्ने खतरामा फेसबुक'

On : 9:05 AM
In :

काठमाण्डौ नयाँ बानेश्वरको सडकमा हिडिरहेका दुई साथी एक आपसमा कुरा गर्दै थिए। मलाई त आजकल फेसबुक नभई हुन्न। यो त एउटा सामान्य उदाहरणा मात्र हो । त्यस्तै सुन्धाराका मेरा एक मित्र पनि, उनी फेसबुक खोल्छन् अनि आफ्नो मनमा आएको विचारलाई स्टाटसमा लेख्छन्। अपडेट गरेको स्टाटसलाई उनका परिचित, अपरिचित साथीहरु वा फेसबुक प्रयोगकर्ताहरुले कमेन्ट गर्छन्। स्टाटस अपडेट गर्न, कमेन्ट गर्न र सार्थीहरुले आफ्नो स्टाटसमा गरेको कमेन्ट हेर्नको लागि उनी दिनमा आधा दर्जन पटक फेसबुक खोल्छन्। सम्भब भएसम्म कम्प्युटर तथा नभए मोबाइलमै भएपनि फेसबुकमा ब्यस्त हुन्छन्।


    त्यस्तै मोरङकै प्रकास बराल पनि इन्टरनेट चलाएको बेलामा उनले नखोली नहुने साइट बनेको छ फेसबुकडटकम। साथीहरुको कमेन्ट हेर्न अनि स्टाटस अपडेट गर्न आनन्द आउने उनको प्रतिवि्र्कया रहेको छ। कतिपयले त फेसबुक बाटै आफ्नो विचार तथा साहित्यको लागि ब्लगको प्रचार गर्छन्। ब्लगमा अपडेट गर्ने बित्तीकै त्यसको लिंकलाई स्टाटसको रुपमा आफ्नो पेजमा राख्छन्। यसरी आफ्नो विचारलाइ मात्र होइन आफ्नो ब्यापार ब्यवसायको प्रचार प्रसारको माध्ययम बनेको छ फेसबुक।

 चिया खादाँ पिपलबोट होस या गाडिमा यात्रारत जे जस्तो अवस्थामा भएपनि दिनमा एकपटक साथिहरुमाझ फेसबुकको स्टाटस, त्यसमा गरेको कमेन्टको चर्चा नगरी बस्न सक्दैनन् आजकलका युवा पुस्ता।  आधुनिक युगको डिजिटल साथी बन्न सफल भएको छ फेसबुक।

स्थापनाको छोटो समयमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरु मात्र बढाएको छैन, अन्य वेव साइटका प्रयोगकर्ताहरुलाई पनि तानेको छ। कुनै समयमा याहु तथा हटमेलमा रमाउने रमा आचार्य आजकल फेसबुकको फ्यान बनीसकेकी छन्। फेसबुकमा आफ्ना फोटोहरु अपलोड गरेर युकेमा रहेका मिलन लिम्बुलेे मोरङको पथरीमा रहेका आफ्ना आमाबुवालाई फेसबुकमार्फत् देखाउन सक्ने भएका छन् भने साथीलाई म्यासेजपनि फेसबुकबाटै गर्ने गरेका छन्।

वास्तवमै फेसबुक आजका इन्टरनेट प्रयोगकर्ताहरुको लागि अभिन्न मित्र बनिसकेको छ। घर, अफीस, साइबरमा जहाँ बसेपनि फेसबुक खोलेर अपडेट गर्ने, साथीहरुको स्टाटसमा कमेन्ट गर्नेहरु बढीरहेका छन्। आजकल मोबाइलबाट पनि फेसबुक चलाउन सकिन्छ। कुनै यात्रामा निस्कँदा बिच बाटोमै फेसबुक खोलेर स्टाटस अपडेट गर्न सकिन्छ।

     म्यासेजहरु सबैले देख्ने गरी स्टाटसको रुपमा तथा आफूले जसलाई पठाइएको हो, उसैले मात्र थाहा पाउने गरी कम्पोज गरेर पठाउन सकिन्छ। त्यस्तै फेसबुकमै च्याट समेत गर्न सकिन्छ। त्यसका साथै स्टाटस म्यासेजको माध्यमबाट आफ्ना उत्पादन, विचार र सेवाहरुको प्रचार गर्न र अरुको विचार समेत थाहा पाउन सकिन्छ।

फेसबुकमा आफ्ना विचारहरु राख्नको लागि नोटहरुको पनि व्यवस्था छ। आफ्ना विचारहरु, कविता, लेख आदिको नोट बनाएर फेसबुकमा राख्न सकिन्छ। यस्ता नोटहरु सबैको लागि समेत प्रकाशित गर्न सकिन्छ। जसबाट जो कोहीले आफ्नो प्रतिभा र विचारको प्रदर्शन गर्न सक्छ। त्यस्तै फेसबुकको गेममा भुल्नेको संख्या पनि अनगिन्ती नै छन्।
सामान्य विद्यार्थीहरुदेखि नेता, मन्त्री, विशेषज्ञ, कलाकार, पत्रकार तथा साहित्यकारहरुले समेत फेसबुकमा आफ्नो एकाउण्ट बनाएका छन्। जस मार्फत् उनीहरु आफ्ना साथीभाईहरु लगायत अन्य मानिसहरुसँग सम्बन्ध बढाउन तथा मित्रता कायम राख्न सफल भएका छन्

फेसबुकका प्रयोगकर्ताहरु अहिले विश्वमा झण्डै ४५ करोड पुगिसकेको एक तथ्यांकले देखाइसकेको छ। ६ वर्षअघि अमेरिकाको क्यालिफोर्नियास्थित हार्वर्ड विश्वविद्यालयका छात्र मार्क जुकेरवर्गंले ख्यालख्यालैमा बनाएको फेसबुक अहिले विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल बन्न सफल भएको छ। बढ्दो फेसबुकको प्रयोगले गर्दा याहु र गुगलजस्ता विश्वका ठूला कम्पनिहरुलाई समेत राम्रै चुनौती पस्किएको छ।

इन्टरनेट चलाउनेहरुको लागि अनिवार्य साइट बनेको  फेसबुक,पहिले याहु तथा हटमेल एड्रेस दिने मानिसहरु अहिले फेसबुकमा एकाउण्ट भए नभएको सोध्छन्। यसबाट पनि फेसबुकको लोकप्रियताको अनुमान गर्न सकिन्छ।

'फेसबुकले स्वास्थ्य र सम्बन्ध दुवै बिगार्न सक्छ'
स्थापनाको छोटो समयमा नै विश्वभर आफ्नो सञ्जाल फैलाउन सफल फेसबुक तथा ट्वीटरले के युवा के बालक के वृद्ध सबैमा लोकप्रीय बनेको छ। लोकप्रीय बनेकै कारण आजकलका युवाहरु यसमै हराउन थालेका छन्। यस्ता सोसल साइटको कुलतले आफ्नो स्वास्थ्य तथा शारीरिक र सम्बन्ध दुवै हिसाबले बिगारिरहेको हुन्छ भन्ने एउटा सर्वेक्षण देखाएको छ।
के तपाई छिनछिनमा फेसबुकमा स्टायटस अपडेट गर्नुहुन्छ? आफ्ना साथी, नातेदार र सहकर्मीहरुले के स्टायटस वा फोटो राखे, कसले के कमेन्ट गरे भनी छिनछिनमा हेर्नुहुन्छ? त्यसो हो भने तपाईँमा तनावको स्तर बढ्न सक्छ, निद्रा हराउन सक्छ र व्यक्तिगत सम्बन्धमा असर पर्न सक्छ­ ह्यारिसवर्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले हालै गरेको एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ।
 उक्त अध्ययनका अनुसार फेसबुक, ट्यूटर जस्ता सामाजिक सञ्जालका मिडियाहरुले छिटो लत लगाइदिन्छ। लत लागेपछि यसले स्वास्थ्य र सम्बन्ध दुवैमा असर पारेर दैनिक जीवनमा नै गम्भिर समस्या ल्याइदिन्छ।
 युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले एक सातासम्म सो विश्वविद्यालयका सबै ८ सय विद्यार्थीहरुको अध्ययन गरेका थिए। सोसल मिडियाको लत लागू पदार्थको कुलत जस्तै हुने तथ्य उनीहरुको अध्ययनमा देखियो। लागू पदार्थको कुलत छाड्नलाई गाह्रो परे जस्तै उनीहरुलाई फेसबुकको लत छाड्न समस्या देखियो।
अनुसन्धानमा सहभागी एरिक डारले फक्स न्युजमा लेखेका छन् अधिकांश विद्यार्थीहरुले लुकीलुकी चुरोट खाए जस्तै लुकीलुकी मोबाइलमा फेसबुक, ट्वीटर हेरेको देखियो।
केही विद्यार्थीहरु त दिनमा २१ घण्टासम्म कम्प्युटर वा मोबाइलमार्फत् फेसबुक,ट्वीटर जस्तो साइटमा झुण्डिएको देखियो। यसको कारण साथी वा परिवारका सदस्यहरुसित गुणस्तरीय आमनेसामने कुराकानी गर्न समय नै थिएन उनीहरुसित।
अध्ययनपछि धेरै विद्यार्थीले सोसल साइटको कुलतले आफ्नो स्वास्थ्य शारीरिक र सम्बन्ध दुवै हिसाबले बिगारिरहेको महसूस गरे।


0 comments:

Post a Comment