Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, April 14, 2011

नेपाल फिफा वरियतामा १५०औं स्थानमा

On : 8:26 AM
In :

नेपालले एएफसी च्यालेन्जकपको फाइनल चरण प्रवेश सँगै  फिफा वरियतामा २२ स्थान माथि उक्लिएको छ। सोमबार सम्पन्न एएफसी च्यालेन्जकप समूह चरणको प्रदर्शनको गणना यस पटकको वरियतामा नगरेपनि विश्व फुटबल महासंघ (फिफा) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ५० औं स्थानमा आएको हो। यसअघि नेपाल १ सय ७२ औं स्थानमा थियो।


अन्तर्राष्टिय खेल अन्तर्गत अघिल्लो महिना भुटानसँगको पोखरामा भएको दुई मैत्रीपूर्ण खेल जितेपछि नेपाल फिफा वरियतामा माथि उक्लेको हो। पोखरामा नेपालले भुटानलाई  मार्च १७ मा १–० र मार्च १९ मा २–१ ले हराएको थियो। दक्षिण एसियाली राष्ट्रमा माल्दिभ्स सबैभन्दा माथि १ सय ४३ औं स्थानमा छ। भारत १ सय ४६ औं स्थानमा रहेको छ। बाँकी पाँच राष्ट्र नेपाल भन्दा पछाडि छन्। बंगलादेश १ सय ६६, पाकिस्तान १ सय ६८ औं, श्रीलंका १ सय ७३ औं, अफगानिस्तान १ सय ७४ औं र भुटान १ सय ९६ औं स्थानमा छन्। अफगानिस्तान पनि २१ स्थान माथि उक्लिदै १७४ औं स्थानमा आएको हो।

फिफा वरियतमा स्पेन शीर्ष स्थानमा नेदरल्यान्ड्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ। यसबारे थप जानकारीको लागि

0 comments:

Post a Comment