Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Sunday, April 17, 2011

पर्यटन वर्षमा पर्यटकको स्वागत कसरी ?

On : 10:37 AM
In :
पर्यटन वर्षको अवसरमा सरकारले गरेको एक कार्यक्रम ।तस्विर बद्रीकुमार
पर्यटन प्रवद्धनार्थ सरकारले सन् १९९८ झै २०११ लाई दोस्रोपटक पर्यटन वर्ष घोषणा गरेको छ। १० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य लिइएको भ्रमण वर्ष सफल पार्न सरकार, व्यवसायी, आमनागरिक तथा राजनीतिक सबैले प्रतिवद्धता जाहेर गरेका छन्। घोषणासँगै व्यवसायी, उद्यमी तथा आम नागरिक सबैमा उत्साह छाएको छ। यही कारण देशैभर विभिन्न महोत्सवसमेत भइरहेका छन्। यद्यपि आवश्यक भौतिक पूर्वाघार अभाव, सम्पूर्ण पर्यटकीयस्थललाई भ्रमण सूचीमा नपार्नु, अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था, नेपाल वायु सेवा निगममा एउटा पनि नयाँ जहाज नथपिनु र बेलाबेला बन्दहडताल भैरहनुजस्ता कारणले भ्रमण वर्षले लक्षीत सफलता हासिल गर्नेमा शंका छ। र पनि राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको पर्यटन वर्षलाई सफल पार्नुको विकल्प छैन।
भ्रमण वर्षमा ७ लाख बढी पर्यटक हवाइमार्गबाट भित्रिने आषा गरिएको छ। तर हवाईमार्गको एकमात्र प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था भने कहाली लाग्दो छ। विमानस्थलबाटै यात्रुका सामान हराउने, हराएका सामान नभेटिने, उजुरी गर्दा कारवाही नहुने, त्यहाँका कर्मचारीले घुस माग्ने, दुर्व्यवहार गर्ने, बाहिर टयाक्सीवालाले यात्रु तानातान गर्ने, होटेलवालाले हारालुछ गर्नेजस्ता समाचार बारम्बार छापामा आउने गरेका छन्। तर सम्बन्धित निकायबाट यी कुराहरुको सुधारमा अहिलेसम्म कुनै प्रयास भएको छैन। उल्टो अप्रयाप्त भौतिक पूर्वाधारका बाबजुद नयाँ एयरलाइन्सलाई थप उडान अनुमति दिने क्रम जारी छ।

पर्यटन वर्षको पूर्वसन्ध्यामा  नेपालको एक मात्र अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान कक्षमा सानो प्रतिक्षाल जहाँ  दुईतीन जहाजका यात्रुहरू एकैचोटी ओइरिदा त्यहाँ बस्ने ठाउँसम्म हुन्न। यतिसम्म त ठीकै थियो तर त्यहाँ रहेका टीभीमा धन्किरहेको “मुन्नी बदनाम हुई...” जस्ता छाडा हिन्दी गीतले मुन्नीको मात्र होइन नेपालको बदनाम गरिरहेको थियो। त्यस दृश्यले आफूलाई नेपाली हु भन्ने जो कोहीलाई गिज्जाइ रहेको हुन्छ । नेपालको अन्तराष्ट्रिय विमानस्थलमा विहारको कुनै रेल्वे स्टेशनको झै झझल्को दिने त्यस दृश्यले विदेशी यात्रुहरुमा कस्तो सन्देश गयो होला जोकोही अनुमान गर्न सक्छ! त्यसैगरी त्यहाँ रहेका शौचालयले रत्नपार्कतिरका शौचालयको यादलाई बिर्साउने खालका छ। फर्कदा  मुलद्वारामै विभिन्न ब्यवसाहीक  विज्ञापनले आगन्तुक सबैलाई स्वागत गरिरहेको छ। जबकि सम्भबत : अरु देशका विमानस्थलमा सायद, त्यहाँको झण्डासहित राष्ट्रियता झल्कने ब्यानरहरुले राखिएका हुन्छन।

तसर्थ पर्यटन वर्षलाई सफल पार्ने र राष्ट्रिय छबीलाई कायम राख्ने हो भने विमानस्थलमा व्यापक सुधार हुनु जरुरी छ। यसका लागि विमानस्थलको आगमन कक्षको मुलद्वारमा  विज्ञापन हटाइ राष्ट्रिय झण्डा, वुद्ध वा सगरमाथा अंकित ब्यानर राखिनुपर्दछ। प्रस्थानकक्ष सानो भएकोले बढी क्षमताको नयाँ प्रतिक्षालय निर्माण गरिनुपर्छ। त्यहाँ रहेका टीभीहरूमा नेपाली कलासँस्कृति, भेषभुषा, पर्यटकीयस्थल,  जैविकविविधता झल्कने वृतचित्र प्रशारण गरिनुपर्दछ। साउण्ड सिष्टममा सुमधुर नेपाली लोकधुनहरू बजाइनुपर्छ। मेसिन रिडबेल मेसिन राखे अध्यागमनमा जाँच छरितो हुनेछ। सामान लिने स्थानमा इलेक्ट्रिक ट्रली विस्तार गरिनु जरुरी छ। सामान हराए तत्काल उजुरीका लागि छुटटै संयन्त्र बनाइनु पर्ने देखिन्छ। धुम्रपान गर्नेका लागि निश्चित स्थान तोकिनु जरुरी छ। सफा शौचालय र शुद्ध खानेपानीको व्यवस्था हुनु जरुरी छ। त्यहाँ कार्यरत सरकारी कर्मचारीका लागि युनिफर्म अनिवार्य गरिनुपर्दछ। ड्युटीफ्री, सोभनियर पसल, उडान तालिका, सूचना केन्द्र, मुद्रा सटही काउण्टर आदिको विस्तार जरुरी छ। शिष्टशैलीमा अंग्रेजीमा  कुरा गर्न सक्ने कर्मचारीको व्यवस्था गरिनुपर्छ। विमानस्थलमा यतिमात्रै सुधार हुन सके मात्रै पनि नेपालको थप बेइज्जत हुन्नथ्यो कि?

होइन पर्यटक वर्ष घोषणा भइहाल्यो विमास्थलसँग के सरोकार भन्ने हो भने त भन्नु केही छैन। घोषणाले मात्र सफलता हात लाग्दैन भन्ने कुरा त विगतका सरकारले दश वर्षमा दशहजार मेगावाट र बीस वर्षमा पच्चीसहजार मेगावाट बिजुली निकाल्ने भने कथाले पुष्टि गरिसकेको छ।

0 comments:

Post a Comment