Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 12, 2011

'रामनवमी मेला'– भोटेघुम्ती मोरङ

On : 11:06 AM
In :
 भोटेघुम्ति स्थित  मन्दिरमा रामजानकीको मुर्ती
ज चैत शुक्ल नवमी। अर्थात रामनवमी पर्व। हिन्दुधर्मावलाम्बीहरुले भगवान श्रीरामको पूजा आराधाना गरेर देशभर यो पर्व मनाउदैं छन्। असत्यमाथी सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने यो पर्वको  अवसरमा भगवान रामको मन्दिरमा पुजापाठ गरिन्छ। भगवान श्रीरामले रामणलाई पराजीत गरेर एउटा विजय पाएको शुसीमा उत्सबको रुपमा मनाइने यो पर्वमा भगवान श्रीरामको पुजा गर्ने गरिन्छ। 
आजको दिन ब्रत बसेर भगवान श्रीरामको पुजा आराधाना गर्नाले स्वर्गमा बास हुने तथा पुण्य पाईने जनविश्वास रहेको छ। आज विहानै देखि काठमाण्डौं उपत्यका लगायत देशभरका प्रमुख राम मन्दिरमा हिन्दु धर्मावलम्भीको विषेश घुइचो लाग्ने गर्दछ।
त्यस्तै मोरङ जिल्लाको हसन्दह र पथरी गा.वि.स.को सिमामा भोटेघुम्ती भन्ने ठाउँमा पर्ने राम जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको विशष भीड लाग्ने गर्छ । यहाँ मेला भर्न झापा मोरङ,सुनसरी जिल्लाका विभीन्न ठाउँबाट दर्शनाथीहरु  आउने गरेका छन्।

विस.२०४३ सालको रामनहमी कै दिन स्थानीय तेजबहादुर थापा परिवारको एकल लगानीमा स्थापना गरेका हुन्। यो मन्दिर करिब ७ विगाहा जग्गाको क्षेत्रफलमा फैलीएको छ। यस मन्दिरमा थापा परिवारले नै सोही दिनबाट मेला चलाएका हुन। सुरु–सुरुमा स्थानीय वरपरका मानिसमात्र सहभागि हुने सो मेलामा हिजो आज छीमेकी गाविसका लागायत टाढा–टाढाबाट पनि श्रद्धालुहरुको भिड यो ठाउँमा लाग्ने गरेको छ।

 मेलाको अवसरमा स्थानिय घरेलु उत्पादनका विभिन्न सामानहरु विक्रीका लागि रहने छ। मेलाको अवसरमा स्थानिय क्लबहरुको अगुवाइमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा बाल बालीका हरुको लागि पनि विभीन्न कार्यक्रमहरु रहेका स्थानिय मेला आयोजक समीतीका सदस्य स्याम सुब्बाले जानकारी दिएका छन्।

मेरै घर आँगनमा हुने यस महान मेलामा बर्षेनी सहभागि हुने गरेको म यस पटक काठमाण्डौमा भएकोले उपस्थित हुन पाईन। गत वर्ष  रामनवमीका दिन मात्र लाग्ने यो मेला यसपटकबाट दर्शनार्थीको विषेश भिडका कारण दुई दिन आज र भोली लाग्ने जानकारी पाएको छु। म सो मेलामा उपस्थित हुन नपाए पनि त्यहाँको जेरी र मिठाईले मेरो मुख अझै पनि रसाइरहेको छ। रामनवमीको जेरी भनेपछि जताततै प्रख्यात रहको छ।

3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. exlent maindbloing i proud of you my brother keep it up

    ReplyDelete
  3. भाई म धेरै खुशी छु किनकी हाम्रो गाउँ को मेला को बारेमा मैले पढ्न पाउदा र आशा गर्छु आगामी दिन हरुमा यस्हैगरी पढ्न पाउ।।।धन्यबाद

    ReplyDelete