Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, May 5, 2011

कोरिया जान झण्डै ६० हजारको आवेदन

On : 9:45 AM
In :

आकर्षक तलब र सुविधाका कारण इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपाली युवाको आकर्षण बढेको छ।यसअघिभन्दा अहिले कोरिया जाने युवाको संख्या बढेकाले उनीहरुका लागि कोरिया आकर्षक गन्तब्य बनेको देखिएको हो। पहिलो पटक इपीएसमार्फत कोरिया जान करिव ३५ हजार जनाले आवेदन दिएका थिए। दोस्रो पटक यो संख्या ४२ हजारमा रहेकामा अहिले(तेस्रो पटकमा) करिव ६० हजार पुगेको छ।


श्रम तथा यातायात मन्त्रालयका उपसचिब कृष्णहरी पुष्कर कर्णका अनुसार अहिले ५९ हजार ७ जना नेपाली युवाले फारम भरेका छन्। काठमाडौं उपत्यकामा मात्र ५७ हजार ६ सय ५१ ले फारम भरेका छन्। पहिलो दिन १८ हजार ४ सय २३, दोस्रो दिन १६ हजार ९ सय ८५, तेस्रो दिन १४ हजार ७ सय १६ र अन्तिम दिन (बिहीबार) ७ हजार ५ सय २७ जनाले फारम भरेका थिए। उपत्यका बाहिर बुटवलबाट फारम भर्नेको संख्या २ हजार ४९ जना रहेको कर्णले जानकारी दिए।
  
   सरकारले यो प्रणालीबाट कोरिया जान भाषा परीक्षाका लागि सोमबारदेखि चार दिनसम्म आवेदन फारम भर्ने समय दिएको थियो। यसको लिखित परीक्षा साउन ६ र ७ मा हुनेछ।फारम भर्ने युवाको भिडका कारण सरकारले यो वर्ष राजधानीमानेप नेपाल वेद विध्याश्रम–गौशाला,एन्फा टेक्नीकल सेन्टर–च्यासल,ल्याब्रोटरी स्कुल –किर्तीपुर र उपतयका बाहिरको बुटबलबाट पनि व्यवस्था गरेको थियो। 

नेपाली सजिलै जानसक्ने खाडी मुलुकहरु र मलेसियाका तुलनामा कोरियाको तलव सुविधा धेरै भएकाले यसतर्फ युवाको आकर्षण बढेको हो।

करिव ७० हजार रुपैयाँ खर्चेर खाडी मुलुकमा जाँदा प्रतिमहिना १० हजार रुपैयाँभन्दा बढी कमाउन सकिदैन। तर, यत्ति नै रकम खर्चेर कोरिया जानेले कम्तिमा ७० हजार रुपैंयाँ तलब पाउँछन्।
  
मुलुकमा राम्रो रोजगारीको संभावना नदेखेपछि पनि हजारौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जान खोजेका हुन्। 

कोरियाले आफ्नो मुलुकमा मागअनुसार कामदार नपाएपछि सन् २००४ बाट नेपाललगायत १५ विदेशी मुलुकहरुबाट कामदार लिन थालेको हो। कोरियाली सरकारले  कोरियाली भाषा जानेको व्यक्तिलाई मात्र कामदारका रुपमा लिने व्यवस्था गरेकाले यहाँ जान चाहने कामदारले भाषा परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्छ।

कोरियाले खासगरी माछा पालन, निर्माण, औद्योगिक उत्पादन, कृषि र सर्भिस क्षेत्रमा नेपाली कामदार लैजाने गरेको छ।

भाषा परीक्षा दिएका कामदारहरुको कपी जाँच्ने र उत्तिर्ण भएकाहरुको सुची बनाउने काम कोरियाको मानव संसाधन विकास विभागले गर्दै आएको छ। नेपाल सरकारले यसका लागि सहजकर्ताको भुमीका मात्र निभाउने गरेको छ।

यसअघि पहिलो र दोस्रो गरी २ पटकबाट करिव ८ हजार नेपाली कोरिया गइसकेका छन्। यस वर्ष ७ हजार १ सय नेपाली लैजाँदैछ। 

0 comments:

Post a Comment