Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Saturday, May 28, 2011

फेरी थपीयो समय

On : 2:23 PM
In :
प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेबीच पाँचबुँदे सहमति संविधानसभाको म्याद तीन महिना थपिने भएको छ । माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको केहीबेर अघि सम्पन्न बैठकमा तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधान सभा संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ ।
यसैगरी तेस्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेसी मोर्चासँग विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यानवयन गर्ने उल्लेख छ ।

यसैगरी सहमतिको चौथो बुँदामा संविधानसभाको समयावधि तीन महिना थप्ने तथा पाँचौ बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त्र गर्ने उल्लेख छ ।
आइतबार विहान प्रमुख तिन दलका नेताद्वारा हस्ताक्षरीत सहमती पत्र
सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ । तीन दलको सहमतिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पनि समर्थन रहेको बताइएको छ ।

0 comments:

Post a Comment