Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, May 2, 2011

एन्फा रेडबुल मोरङ जिल्ला लिग फुटबल प्रतियोगितामा हसन्दहको विजयी सुरूआत

On : 9:31 AM
In :
विराटनगर,१९ चैत्र – एन्फा रेडबुल मोरङ जिल्ला लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा हसन्दह, प्रभात,त्रिवेणी, र पचाम बिजयी भएको छ। सोमबार लक्ष्मीमार्गमा भएको पहिलो खेलमा हसन्दह स्पोटिङ क्लबले डाँगीहाटको युनाईटेड स्पोटिङ क्लबलाई २–१ को गोल अन्तरले पराजित गरेको हो।  त्यसैगरि दोस्रो खेलमा उर्लाबारी स्पोटिङ क्लबले हरैचाको पचाम स्पोर्टिङ क्लबलाई २–० गोलले पराजित गरेको हो।
 मोरङ जिल्ला फुटबल संघको आयोजना भएको फुटबल प्रतियोगिता अन्तर्गत आईतबार विराटनगरमा भएको पहिलो खेलमा प्रभात स्पोटिङ क्लबले सिध्राहाको माउण्टेन स्पोटिङ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी बिजयी भएको हो। प्रभातका अतुल दाहाल २ गोल, अनिल पासवान र सरोज चौधरीले १–१ गोल गरी आफनो टिमलाई बिजयी बनाएको हो। माउण्टेनका लागि एक मात्र सान्तवना गोल नेत्रबहादुर गुरुङले गरेका थिए।
 त्यसैगरि दोस्रो खेलमा त्रिवेणी वाचनालयले पिडारवनी स्पोटिङ क्लबलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरी बिजयी भएको हो। त्रिवेणीका लागि रमेश लिम्ब २, सुरज साह २, रत्न गुरुङ, चिरण तामाङ, विशाल तामाङ र लालबहादुर लावतीले १–१ गोल गरी आफनो टिमलाई बिजयी बनाएको हो।


0 comments:

Post a Comment