Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Sunday, May 22, 2011

प्रश्नपत्र आउट भएको ३ विषयको पुन:परिक्षा

On : 10:15 AM
In :
उच्च माध्यमिक शिक्षा परिषदले परिक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएको कक्षा १२ का तीन वटा विषयको फेरी जाँच लिने भएको छ। परिषदको आइतबार बसेको बैठकले भौतिक शास्त्र, होटल व्यवस्थापन र कम्प्यूटर विज्ञानको पुनः जाँच लिने निर्णय गरेको हो।
 उच्च शिक्षा परिषदका उपाध्यक्ष होमकुमार मिश्रका अनुसार आगामी जेठ २९ मा भौतिकशास्त्र र होटल व्यवस्थापन र ३० गते कम्युटर विज्ञानको जाँच लिइनेछ। परिषदले यस अघि वैशाख वैशाख .२१ गते भएको परिक्षा रद्ध गरेको छ। यसबाट ५५ हजार १ सय विद्यार्थी प्रभावित बनेका छन्।परिक्षामा भौतिक शास्त्र , कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको परिक्षा अगावै प्रश्नपत्र बाहिरीएको कुरा सार्वजनिक भएपछि उच्चमाध्यामिक शिक्षा परिषदले त्रिविविका सह  प्राध्यापक अनुप कुमार श्रेष्ठको अध्यक्षतमा ७ सदसीय छानविन समिती गठन गरेको थियो।
श्रेष्ठ समितिको अध्ययनमा कालिमाटिमा रहेको जिलेट उमावि केन्द्रबाट प्रश्नपत्र बाहिरीएको निष्कर्ष निकाल्दै तीनवटा बिषयको पुनः परिक्षा लिन आइतबार मात्र सुझाव दिएको हो। प्रतिवेदनमा परिक्षा हुनु अगावै तीनवटै विषयमा जिलेट कलेज कालीमाटीका को–अर्डिनेटर तथा भाईस प्रिन्सीपल रुद्र अधिकारी, ब्राइटल्यान्ड कलेज बालाजुका शिक्षक नरेन्द्र सुवेदी,सन्तोष कुईकेल र न्यूटन कलेजका बिद्यार्थी बिनोद बस्नेत प्रश्नपत्र सार्वजनिक गरेको उल्लेख छ। प्रतिवेदनमा दोषीलाई कारवाही, परिक्षा प्रणालीमा प्रकृयागत सुधार र प्रश्नपत्र बाहिरीएको विषयहरुको पुन परिक्षा गराउनु पर्ने निष्कर्षसहितको सुझाव परिषदलाई दिएको छ।

श्रेष्ठले नागरिकसँग भने 'मुख्य दोषी देखिएका जिलेट कलेजका अधिकारीले प्रश्नपत्र बाहिर जिल्लाहरुमा समेत पुर्याएको अनुसन्धानमा देखिएको  छ।'   

मिश्रले नागरिकसँग भने 'विद्यार्थीको भविष्यसँग खेलवाड गर्नेहरुलाई हदैसम्मको कारवाही गरी अगामी दिनहरुमा कुनै पनि शैक्षिक कार्यक्रममा सहभागि गराइने छैन।' कक्षा १२ को परीक्षाको तीन वटा विषयको प्रश्नपत्र परिक्षा अगाडिनै लिक गरेर विक्रि गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। परिक्षा अगाडिनै प्रश्नपत्र निकालेर फोटोकपी गरी विक्री गरेको अभियोगमा २ वटा कलेजका शिक्षक र २ जना विद्यार्थी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिलेट कलेज कालीमाटीका को–अर्डिनेटर तथा भाईस प्रिन्सीपल रुद्र अधिकारी, ब्राइटल्यान्ड कलेज बालाजुका शिक्षक नरेन्द्र सुवेदी,सन्तोष कुईकेल र न्यूटन कलेजका विद्यार्थी बिनोद बस्नेत छन्। 
उनीहरुलाई  प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोल परिक्षा अगाडिनै प्रश्नपत्र बाहिरिएको पुष्टी गर्दै उनीहरुलाई पक्राउ गरेको हो।

0 comments:

Post a Comment