Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Friday, May 27, 2011

रेखा थापाको नयाँ जोडी 'निर्मल सेन्चुरी'

On : 11:09 AM
In :
नबनायक निर्मल सेन्चुरी र रेखा थापा
समकालिन चल्तीका हिरोहरूले रेखा थापासँग अनस्क्रिन रोमान्स गरे । विराज भट्ट, आर्यन सिग्देल, आयुष रिजाललगायतको सूचि लामो हुनसक्छ ।यो मेसोमा थपिएका छन् –निर्मल सेन्चुरी । जो ‘हिफाजत’स्टार रेखासँगै अपकमिङ एक प्रोजेक्ट ‘आइ लभ यू टु’मा प्रमुख पात्रका रुपमा देखापर्दैछन् । सेन्चुरी फिल्म कम्पनीले निर्माण गर्ने सिनेमामा अभिनेत्री रेखा निर्मलको अपोजिटमा हुनेछिन् । यही सिनेमामार्फत उनले रजतपट डेब्यु गर्दैछन् ।
साथै यही चलचित्रमार्फत निर्देशकका रुपमा अभिनेता कमलकृष्णले डेब्यु गर्दैछन् । रेखा फिल्मसले निर्माण गरेका थुप्रै चलचित्रमा द्वन्द्वनिर्देशन गरिसकेका र दर्जन चलचित्रमा संगीत भरेका यी डरलाग्दा खलनायक पहिलोपटक ‘आइ लभ यू टु’मा निर्देशक हुनेछन् । यसै चलचित्रको लोकेसन खोजी गर्न अर्को साता उनी भारतको सिक्किम जाँदैछन् जहाँ सिनेमाको पूर्ण छायांकन हुनेछ । 

सामाजिक कथामा आधारित हुने चलचित्रको लेखन, संवाद र पटकथा प्रकाश पुरीको हुनेछ । प्रकाश र हिरोइन रेखा मिलेर सिनेमाको गीत पनि लेखेका छन् । संगीत स्वयम कमलकृष्ण, द्वन्द्व देव महर्जनको छ ।

0 comments:

Post a Comment