Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, May 2, 2011

मोरङमा भिषण संकट,हावाहुरीले दुईको मृत्यु, सयौ परिवारको बिचल्ली

On : 10:07 AM
In :
हावाहुरीले क्षत–विक्षत पारेको मोरङ वनिगामाको घर।  तस्विर: खिलानाथ

आइतबार साँझ आएको हावाहुरीले सुनसरी र मोरङका अलगअलग स्थानमा दुई जनाको मृत्यु भएको छ। हावाहुरीले कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी७ मा बिजुलीको पोल ढाल्दा साइकल यात्री मोरङ् सुन्दरपुर७ का १९ बर्षीय मन्तोष भन्ने अशोक पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । पासवानको घटनास्थलमै मृत्यु भएको थियो ।

साँझ अचानक आएको हावाहुरीले घर नजिकैको रुख लडेर किच्दा मोरङ बनीगामा पनि एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बनिगामा– ५ का ६५ वर्षीय भीमबहादुर राई  छन् ।

घर नजिकै रहेको रुख हावाहुरीले लडाएर घरलाई किच्दा घरभित्र बसेका राईको घटनास्थलमै मृत्यु भएको थियो । हावाहुरीले वनिगाम वडा नं. ९ कै ३५ वर्षीय सत्यनारायण चौधरी गम्भीर घाइते छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि सिलिगुडी लगिएको छ।

 झन्डै दुई घन्टासम्म आएको हावाहुरीले घरको पर्खाल भत्काउँदा सुन्दरपुर९ का गिरीराज ढकालको घरमा डेरा गरी बस्दै आएकी झापाकी ३० बर्षीया कुमारी आचार्य घाइते भएकी छन्।

 यसैगरीबाहुनी४ का गोविन्द बस्नेतको घर भत्काउँदा दुईवटा गोरु मरेका छन्। बस्नेतसमेत घाइते भएका छन् । हावाहुरीले वविर्याविर्ताबाहुनीहरैचालेटाङकेराबारी लगायत सर्वसाधारणको दर्जनौ घर भत्काएको छ ।

दुई साताअघि आएको हावाहुरीले सुनसरी र मोरङका दर्जनौ सर्वसाधारणको घरको छाना उडाएर क्षति पुर्‍याएको थियो।

हावाहुरीले सुनसरी सिमरिया२ का योगनारायण गच्छदारको टिनको छाना उडाएर घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हावाहुरीले कसेनीबनिगामाबाहुनी र हरैचा गाविसका करिब पाँच सय घरको छाना उडाएको छ। स्थानीयका अनुसार साँझ साढे पाँच बजेदेखि सुरु भएको हावाहुरी करिब २ घण्टा चलेको थियो। हावाहुरीले कसेनी गाविसमा मात्र १ सय ६८ घरको छाना उडाएपछि स्थानीयको बिचल्ली भएको छ।

हावाहुरीले मोरङ्को दुलारीसुन्दरपुरमृगौलिया लगायतका क्षेत्रमा बिजुलीका पुरै पोल लडाएको छ। पोल लडाएकाले गर्दा बिजुली अवरुद्ध भएको छ । हावाहुरीले असर पुर्‍याएकाले रेडियो परिर्वतन इटहरीको प्रसारण रोकिएको छ ।

यस्तैचट्याङ्ले लागेर सुनसरी बिष्णुपादुका९ का ३५ बर्षीय महाशेर राई गम्भीर घाइते भएका छन् । राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

म ४६ वर्षको भएँ तर यति ठूलो हावाहुरी आएको थाहा थिएन ।'बनिगामा६ का सुर्यनारायण माझीले भने । माझीले पालेका एउटा गाईबाछो र एउटा बाख्रो गरी तीन चौपाया पनि मरेका छन्। स्थानीयका अनुसार उत्तर पूर्वबाट भूमरीजस्तो भएर आएको हावाहुरीले केही क्षणमै ठूलो संख्यामा गाउँभरिका घरका छाना उडाएको थियो। घरका छाना उडाएपछि स्थानीय पाल टाँगेर बसेका छन्।

हुरीले बनिगामा गाविस भवनको छाना पूर्ण रुपमा उडाएको छ। स्थानीय पब्लिक क्यामपस भवननेपाल टेलिकमको टावरनेपाल विद्युत प्राधिकरणका दर्जनौं पोलहरु लडेका छन्। हावाले पोलहरु लडेपछि ती गाविसमा बिजुली अबरुद्व भएको छ भने टेलिफोन अबरुद्व छ।
मौसम सफा थियोअचानक बिजुली चम्केपछि हावाहुरी सुरु भयो', बनिगामा१ का नवीनकुमार विश्वासले नागरिकसँग भने, …लगातार डेढ घण्टा हावा चल्दा गाउँका प्रायः सबै घर क्षतविक्षत पार्‍यो।'
स्थानीय नेता चोकमा औषधी पसल सञ्चालन गर्नै आएका विश्वास एक्कासि वायुमण्डलमा कालो बादल आएपछि तीब्र हावाहुण्डरी आएको बताउँछन्। कतिबेला छाना उडायो पत्तै भएन', उनले भने, …यति छिटो र यति धेरै क्षति भएको पहिलोपटक होसम्झँदा सपनाजस्तो त्यही दृश्य घरिघरि घुमिरहन्छ । अघिल्ला वर्षमा पनि हावाहुरी आएको तर यति ठूलो मात्रामा क्षति गरेको थाहा नभएको स्थानीय बताउँछन्। 
हावाहुरीले लगालग छाना उडाउन सुरु गरेपछि स्थानीय लत्ताकपडा र खाद्यान्न सुरक्षित गर्नेभन्दा पनि ज्यान जोगाउनतिर लागेका थिए। ०३६ सालमा यस्तै प्रकारको हावाहुण्डरी चलेको थियोतर यति ठूलो थिएन र क्षति पनि ठूलो भएको थिएन। माझीले भने।
प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले हावाहुरीबाट पीडित परिवारको लगत संकलन भइरहेको बताउँदै मंगलबारदेखि राहत वितरण सुरु गरिने बताए। खाद्यान्न र लत्ताकपडामा त्यति ठूलो क्षति भएको छैन', अधिकारीले भने, …जिल्ला विकास समिति र प्रशासन मिलेर मंगलबारदेखि राहतक्षतिपूर्ति बाँड्ने निर्णय भएको छ। हावाहुरीले ठूलो संख्यामा स्थानीयको क्षति गरेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। 

श्रोत : नागरिक दैनिक

0 comments:

Post a Comment